ज्येष्ठ नागरिकको निःशुल्क उपचार
घोराहीमा रहेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट गत आठ महिनामा एक हजार बढी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
सिफारिसबमोजिम कर्मचारीको तलब वृद्धिको सम्भावना न्यून
सरकारले निजामती कर्मचारीको तलब सुविधामा देखिएको अन्योल हटाई तलब सुविधा वृद्धि गर्ने गरी उच्चस्तरीय तलब सुविधा आयोगले दिएको प्रतिवेदन अनुसार कर्मचारीको तबल वृद्धि यस आर्थिक वर्ष २०८१/८२ को बजेटबाट हुनुपर्ने हो । तर आयोगले दिएको उक्त प्रतिवेदन कार्यान्वयन नभएकाले आयोगको सुझाव अनुसारै कर्मचारीको तलब वृद्धिको सम्भावना भने न्यून रहेको छ । कर्मचारीको नयाँ तलब वृद्वि गर्दा निश्चित मापदण्ड तयार गर्ने र कर्मचारीलाई तलबबाहेक अन्य सुविधा दिन सकिने गरी आयोगले सरकारलाई सुझाव दिएको थियो । त्यसबारे गृहकार्य भएको छैन । सरकारले आर्थिक वर्ष २०७९/८० मा दुई वर्षअघि कर्मचारीको तलब वृद्धि गरेको थियो ।
लगानी सम्मेलनबारे परामर्श,१४८ आयोजना प्रस्तुतिको तयारी
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच समसामयिक सन्दर्भमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच बुधबार राजनीतिक, आर्थिकसहित देशको समसामयिक विषयमा परामर्श भएको हो । उहाँहरूबिच सरकारले वैशाख १६ र १७ गते आयोजना गर्ने लगानी सम्मेलनका सन्दर्भमा पनि छलफल भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, “राष्ट्रपति र प्रधानमन्त्रीबिच देशका समग्र विषयवस्तुमाथि विमर्श भएको छ ।”
अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा चार दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र अपि हिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीले चार दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
सल्यान बस दुर्घटना हुँदा २२ घाइते, चारको अवस्था गम्भीर (नामावलीसहित)
सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २२ पुगेको छ । बुधबार बिहान राप्ती राजमार्गअन्तर्गत दाङ रुकुम सडकखण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोला पुलबाट बस खोलामा खसेको थियो ।
सल्यान बस दुर्घटना : १४ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । राप्ती राजमार्गको दाङ रुकुम सडक खण्डमाको बागचौर नगरपालिका–२ थारमारे ठिङबाङमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विद्यार्थीका लागि पूरक परीक्षाको तयारी
अर्जुनचौपारी गाउँपालिकाले कक्षा ३, ५ र ८ को पूरक परीक्षा लिने तयारी गरेको छ । दुई विषय लागेका विद्यार्थीलाई पूरक परीक्षा लिने तयारी थालिएको हो ।
अब एक सातासम्मको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ ।
दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना
दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ ।
ई–रिक्सा चालक परिचयपत्र वितरण सुरु
नेपालगन्जको एक समस्याको रूपमा देखिएको ई–रिक्सा व्यवस्थापनको कामलाई चुस्त बनाउन नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको छ ।
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सोलार फेन्स वितरण
मानव–हात्ती द्वन्द्व न्यूनीकरण अन्र्तगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायमा हस्तान्तरण गरिएको छ ।डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्वन्धित पालिकाका वन समूहलाई हस्तान्तरण गरिएको हो ।
उत्कृष्ट विद्यार्थीले थेसिस लेखनमा आर्थिक सहयोग पाउने
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धान लेखनमा आर्थिक सहयोग पाउने भएका छन् ।
अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ।
रङ्गशाला निर्माणका लागि महायज्ञ
पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । जुरेली रङ्गशाला निर्माण समिति बकैया –४ ले रङ्गशाला निर्माणमा सहयोग जुटाएको हो ।
साहित्यकार पंगेनी अस्पताल भर्ना
गजलकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ अस्वस्थ हुनु भएपछि अस्पताल भर्ना हुनुभएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचार भइरहेको छ ।
पदस्थापन नहुँदा शिक्षक अलपत्र
शिक्षक सेवा आयोगको परीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्र्साबाट स्थायी नियुक्तपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगरपालिका पुगेका शिक्षकलाई महानगरपालिकाले पदस्थापना नगर्दा अलपत्र परेका छन् ।
आठ जना भारतीयविरुद्ध मुद्दा
अमेरिका पठाउने प्रलोभनमा पारी भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गर्ने सिफारिससहितको प्रतिवेदन दिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सिफारिससहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
वर्षाअघि भूकम्प प्रभावितलाई घर
सरकारले देशका विभिन्न भेगका घरबारविहीन भूकम्पपीडितलाई वर्षा अघि नै आफ्नै घरभित्र बस्ने वातावरण बनाउन थप अग्रसरता लिने भएको छ । जाजरकोट, रुकुमपश्चिम, बझाङलगायतका क्षेत्रका भूकम्प प्रभावित धेरै नागरिकले अस्थायी आवाससमेत नपाइरहेको अवस्थामा वर्षाअघि नै आफ्नै घरमा बस्न पाउने गरी अस्थायी अवास निर्माण सम्पन्न गर्न तदारुकता देखाएको हो । सोमबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा कसरी भूकम्प प्रभावितलाई सहज रूपमा छिटो भूकम्प प्रतिरोधी घर प्रदान गर्न सकिन्छ भनेर सरकारका सबै सरोकारवाला निकायका उच्चाधिकारीबिच बहसै चल्यो ।
इलामको फिक्कलमा सडक महोत्सव
इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौँ सूर्योदय सडक महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारबाट पाँचौँ संस्करणको सूर्योदय सडक महोत्सव सुरु भएको हो ।
स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न निःशुल्क शिविर सञ्चालन
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूका लागि शिविर सञ्चालन गर्ने भएको छ ।
प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’
नेपाललाई सुरुङ युगमा लैजाने महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।
कार्यवाहक वडाध्यक्षको विवाद : ३८ दिनदेखि कामकाज ठप्प
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको कामकाज ठप्प भएको ३८ दिन पुगेको छ । सो वडाका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परेसँगै वडाको काम ठप्प भएको हो ।
विकासका लागि राजनीतिक प्रतिबद्धता साकार हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताउनुभएको छ ।
एकलहरुको पीडा बिसाउने छहारी कृषि
“एक महिलाको चुनौती भनौं कि कमजोरी, बोल्न एकदम अक्मकाउनु हुन्छ, आफ्नो परिचय भन्न पनि लजाउनुहुन्छ । उहाँ हुनुहुन्छ मानव अधिकारका लागि एकल महिला समूहकी केन्द्रीय बोर्ड सदस्य सबिता महर्जन । “लाज भनेको महिलाको गहना हो भन्ने परम्परागत सिद्धान्त छ” उहाँले भन्नुभयो ।