• २१ वैशाख २०८१, शुक्रबार

सल्यान बस दुर्घटना : १४ जना घाइते

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख  ५ गते ।
 सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।  राप्ती राजमार्गको दाङ रुकुम सडक खण्डमाको बागचौर नगरपालिका–२ थारमारे ठिङबाङमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले बिहान ११ बजे रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको बताउनु भयो । उहाँका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् ।

गम्भीर घाइते ४ जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घटनामा घाइतेको थप विवरण आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस

दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना