• १९ वैशाख २०८१, बुधबार

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

blog

दुर्घटनामा परेका दुई गाडीमध्ये एक । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, चैत ६ गते ।
बिहीबार बिहान ९ः४३ बजे पोखरा महानगरपालिका वडा नम्बर ७, राष्ट्रबैंक चोकमा दुर्घटना हुँदा आठ चिनियाँ पर्यटक घाइते भएका छन् । सबै घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा ६३ वर्षीय झियाङ चिमिङ, ५१ वर्षीय ह्यान युमेइ, ६२ वर्षीय सेन जिनपिङ, ५१ वर्षीय जेन जिनपिङ, ४० वर्षीया उङजाउदिन, ६१ वर्षीय छुजिआओपिङ, वर्ष ४० की वाङ छियायोजेन र ६४ वर्षीय वाङ वाउहु घाइते हुनुभएको छ ।

राष्ट्र बैंक चोकमा बा१च ८५१ नम्बरको माइक्रो र विपरीत दिशातर्फ जाँदै गरेको बा१३च ५१३७ नम्बरको जिप आपसमा ठोक्किएका थिए । माइक्रो बसमा ११ जना चिनियाँ नागरिक सवार थिए । दुई गाडीमा गरी १४ जना सवार रहेकोमा आठ जना घाइते भएका हुन् । दुवै गाडीका चालक र गाडी वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छन् ।