पाण्डेको हत्या अभियोगमा शाह पक्राउ
प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
रुसद्वारा करिब १०० अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध
रुसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ नेता सीबिच वार्ताको तयारी
अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको ह्वाइट हाउसका शीर्ष सहयोगी जेक सुलिभानले बताउनुभएको छ ।
भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण
श्रीलङ्काका डेल्फ्ट, नैनातिवु र अनालाइतिवु टापुमा ऊर्जा आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्यले हाइब्रिड पावर प्रोजेक्टका लागि पहिलो भुक्तानी हस्तान्तरण गरेको बिहीबार श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झाले बताउनुभएको छ ।
ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई देशव्यापी रूपमा निलम्बन गर्ने धम्की
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलोन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल एक्सको तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ ।
गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु
भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।
कङ्गोमा मङ्कीपक्सका कारण ६१० जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा चलिरहेको मङ्कीपक्स सङ्क्रमणबाट १७ हजार ८०१ भन्दा बढी सङ्क्रमित भएका छन् । सङ्क्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताउनुभयो ।
बङ्गलादेशमा जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा
बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध तत्काल लागू हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो ।
इन्डोनेसियामा सामाजिक सञ्जालको प्रयोग गरी गैँडाको सिङ बेच्न खोज्ने व्यक्ति पक्राउ
हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ ।
वायु प्रदूषणले बङ्गलादेशमा औसत आयु ४.८ वर्ष घटाउँछ : रिपोर्ट
विश्वको सबैभन्दा प्रदूषित मुलुक बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पिएम२.५) ले बङ्गलादेशीहरूको औसत आयु चार दशमलव आठ वर्षले घटाउने बुधबार सार्वजनिक गरिएको नयाँ विश्वव्यापी प्रतिवेदनले बताएको छ।
नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपियाँ भन्दाबढी अनुदान सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर
नेपाल सरकार र बेलायत सरकारबिच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
थाइल्याण्डमा विषाक्त मदिरा सेवन गरी छ जनाको मृत्यु
थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।
जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता
जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु
गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
इजरायली सेनाद्वारा गाजामा भूमिगत सुरुङबाट बन्धकको उद्धार
इजरायली सेनाले दक्षिणी गाजापट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको छ ।
गाजाको अवस्था दयनीय
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का अधिकारीहरूले गाजाको अवस्था “विनाशकारी’’ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ “धेरै सानो’’ र साँगुरो भएको पनि दोहोर्याएका छन् ।
अस्ट्रेलिया सरकार अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै
अस्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।
भियतनामले अक्टोबरमा नयाँ राष्ट्रपति पाउने
भियतनामको राष्ट्रिय सभाले अक्टोबरमा देशको नयाँ राष्ट्रपति चयन गर्ने राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।
जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
टुङ्गाको नुकुआलोफामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन हजार वर्षमा नदेखेको विश्वव्यापी समुद्री सतहमा अभूतपूर्व वृद्धिलाई उल्लेख गर्दै जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न विश्व नेताहरूलाई आह्वान गर्नुभएको छ ।
युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा
अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ ।
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् ।
टर्कीमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम
टर्कीमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्कीमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) पुगेको छ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा स्ट्रिङ आक्रमणमा परी ५३ जनाको मृत्यु
पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।
डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ ।