• १६ भदौ २०८१, आइतबार

टर्कीमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

blog

टर्की, भदौ ११ गते । टर्कीमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्कीमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) पुगेको छ ।

एक ग्राम सुनको मूल्य दुई हजार ७५०–लिरा दायरामा थियो । साताको पहिलो कारोबार दिनमा एक ग्राम सुनको मूल्यमा नयाँ रेकर्ड बनाएको छ ।

मध्यपूर्वमा जारी सङ्कटले टर्कीलगायत राष्ट्रिय बजारमा महत्त्वपूर्ण अवरोधहरू निम्त्याइरहेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल