• १६ भदौ २०८१, आइतबार

पाकिस्तानको बलुचिस्तान प्रान्तमा स्ट्रिङ आक्रमणमा परी ५३ जनाको मृत्यु

blog

काठमाडौँ, भदौ ११ गते । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । 

आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित सङ्गठन बलुचिस्तान लिबरेशन आर्मी [बीएलए] ले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु गरेको थियो । ठूलो आक्रमण मुसाखेल जिल्लामा गरिएको थियो । जसमा २३ यात्रु मारिएका थिए । लास बेला जिल्लामा छुट्टै आक्रमणमा, आतंकवादीहरूले आफ्नो विस्फोटकले भरिएको गाडीलाई सेनाको क्याम्पको मुख्य गेटमा ठक्कर दिँदा करिव पाँच सैनिकको मृत्यु भएको थियो । 

शिविर नजिकै दुई आत्मघाती हमलाकारीले आफूलाई विस्फोट गराउँदा शिविरभित्र बस्ने एक सैनिकको परिवारका आठ सदस्यको पनि मृत्यु भएको थियो । एउटा छुट्टै घटनामा, बलुचिस्तान प्रान्तको कलात जिल्लामा एक टोल प्लाजा, एउटा अस्पताल र एक जनजाति अगुवाको घरमा आतङ्ककारीहरूले आक्रमण गर्दा पाँच सुरक्षाकर्मीसहित १० जनाको मृत्यु भएको थियो ।

सिन्ह्वाको सहयोगमा