• १६ भदौ २०८१, आइतबार

इजरायली सेनाद्वारा गाजामा भूमिगत सुरुङबाट बन्धकको उद्धार

blog

इजरायल, भदौ १२ गते । इजरायली सेनाले दक्षिणी गाजापट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको छ ।

सन् २०१३ अक्टोबर ७ देखि हमास विद्रोहीहरूको कब्जामा रहेको र अलकादी सैन्य अपरेशनमार्फत मुक्त गरिएको आठौं बन्धक र जीवित उद्धार गरिएको पहिलो इजरायली अरब बन्धक हुनुहुन्छ । उहाँ भूमिगतबाट उद्धार गरिएका पहिलो बन्धक पनि हुनुहुन्छ ।

सेनाले अल्कादी दक्षिणी इजरायलको राहात शहरको दक्षिणमा रहेको बेदुइन गाउँ कर्कुरका हुनुहुन्थ्यो । किबुत्जमा हमासको आक्रमणको क्रममा उहाँको कार्यस्थल मागेनमा रहेको प्याकिङ हाउसबाट अपहरण गरिएको थियो ।

अक्टोबर ७ हमासको हमलामा करिव्ब २५० बन्धक बनाइएका थिए । जसमा १०८ जना अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये धेरैको मृत्यु भएको विश्वास गरिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल