म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
इजिप्टमा रेल ठोक्किँदा तीनको मृत्यु, ४९ जना घाइते
इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिवार दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।
दश लाखभन्दा बढी अफगानीलाई मानवीय सहायता
अफगान रेड क्रिसेन्ट सोसाइटीले गत वर्ष युद्धग्रस्त अफगानिस्तानमा दश लाखभन्दा बढी मानिसलाई मानवीय सहायता वितरण गरेको छ ।
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ ।
गाजामा पाँच लाख ६० हजार बालबालिकालाई पोलियो खोप लगाइयो : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ ।
कश्मीरमा विधान सभा निर्वाचन नजिकिँदै गर्दा झडपमा वृद्धि
विवादित हिमालय क्षेत्र जम्मु–कश्मीरमा एक दशकमा हुन लागेको विधान सभा निर्वाचनको केही दिनअघि कश्मीरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।
म्यानमारको जुन्टाद्वारा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको आह्वान
म्यानमारको जुन्टा प्रमुख मीन आङ ह्लाइङले शनिबार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताका लागि अनुरोध गर्नुभएको छ ।
पाकिस्तानी अदालतद्वारा खान दम्पती निर्दोष रहेको जाहेरी अस्वीकार
पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीको भ्रष्टाचारको मुद्दामा सन् १९९९ को संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशअन्तर्गत आरोपमुक्त माग गर्दै दायर गरेको जाहेरी अस्वीकार गरेको छ ।
युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह
चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाजा र युक्रेनमा जारी युद्धजस्ता द्वन्द्वको समाधान ‘वार्ता’ नै एकमात्र समाधान भएको बताउनुभएको छ ।
एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने
एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ ।
चीनमा अवकाशको उमेर बढाइने
चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णय लाई स्वीकार गर्ने यसको पक्षमा मतदान गरेका छन् ।
यागी चक्रवातको प्रभाव म्यानमारमा बढ्यो, भियतनाममा घट्यो
यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यानमारका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमार क्षेत्रहरूमा यागीका कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ ।
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा जमानत दिने आदेश
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा आम आदमी पार्टीका नेतासमेत रहेका केजरीवाललाई जमानत दिएको हो ।
भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीको निधन
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।
विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ
विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको छ ।
चीनको मन्दीका कारण विश्वव्यापी इन्धनको माग न्यून
चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) ले बिहीबार जनाएको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केन पोल्याण्डमा
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आगामी अमेरिकी निर्वाचन र रुसी आक्रमणले युक्रेनमा नयाँ उथलपुथल मच्चाइरहेका बेला युक्रेनबारे साझा धारणा बनाउन बिहीबार पोल्यान्डका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।
मणिपुरमा हिंसा वृद्धि भएपछि भारतीय प्रहरीद्वारा ३३ जना पक्राउ
जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन् ।
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।
पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन
पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ ।
पहिलो विदेश भ्रमणका क्रममा इरानी राष्ट्रपति इराकमा
इरानी राष्ट्रपति मसुद पेजेस्कियान जुलाईमा पदभार ग्रहण गर्नुभएपछि आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि बुधबार बगदाद पुग्नुभएको छ ।
जोर्डनको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक
जोर्डनको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष मुसा मायताहले देशको २० औं संसदीय निर्वाचनको प्रारम्भिक नतिजा घोषणा गर्नुभएको छ ।
राष्ट्रपति पदका लागि ह्यारिसलाई टेलर स्विफ्टको समर्थन
सङ्गीत उद्योगको सबैभन्दा ठूलो ‘स्टार’ मध्येका एक टेलर स्विफ्टले राष्ट्रपति पदको बहस समाप्त भएलगत्तै उक्त पदका लागि कमला ह्यारिसलाई समर्थन गर्नुभएको छ ।
गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुगेको छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको बताइएको छ ।