कोभिडको तुलनामा एमपक्स महामारीको सामना गर्न विश्व तयार : गाभी
कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ ।
जम्मू–कश्मीर विधान सभा चुनावमा ५९.१९ प्रतिशत मतदान
जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।
सिन्धु जल सन्धिमा संशोधन गर्न भारतद्वारा पाकिस्तानलाई सूचित
भारतले छ दशक पुरानो सिन्धु जल सन्धिमा संशोधनका लागि पाकिस्तानलाई औपचारिकरुपमा सूचित गरेको छ ।
इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन
सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको बुधबार ५९ वर्षको उमेरमा निधन भएको छ ।
गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा
लेबनानमा भएको ’पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुग्नुभएको छ ।
हेजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट : नौ जनाको मृत्यु, २८ सय घाइते
लेबनानमा इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २ हजार ८०० जना घाइते भएका छन् ।
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधबार बताउनुभएको छ ।
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई देशभित्र आन्तरिक सुरक्षा सुनिश्चित गर्न विस्तारित अधिकार प्रयोग गर्न सक्षम बनाउँछ ।
चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित
चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।
जम्मू-कश्मीरमा विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु
भारत प्रशासित जम्मू–कश्मीरमा दश वर्षपछि बुधबार विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ ।
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबिच सघन छलफल
बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबिचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ ।
‘अस्ट्रेलियाली राज्यमा १० प्रतिशत पुरुष घरेलु हिंसामा कारबाहीमा पर्छन्’
अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको सरकारी अध्ययनले मङ्गलबार जनाएको छ ।
चिकित्सक हत्या प्रकरण : कोलकातामा प्रहरी प्रमुख बर्खास्त
कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् ।
कोप–२९ को प्रमुख लक्ष्य निष्कर्षमा पुग्न नसकेको आयोजक अजरबैजानको दाबी
संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व शान्तिसम्म सबै कुरामा राष्ट्रको स्वैच्छिक प्रतिज्ञामा केन्द्रित रहने जनाएको छ ।
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
मेटाद्वारा विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाध्यम प्रतिबन्धित
टेक जायन्ट कम्पनी मेटाले सोमबार विदेशी हस्तक्षेप गतिविधि बढाएका कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ ।
सुनखानी नजिकै आदिवासीको लडाइँमा २० जनाको मृत्यु
पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने
अफगानिस्तानको तालिबान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् ।
साङ्घाईमा बेबिन्का आँधी
चीनमा आएको यस वर्षको १३ औं आँधी ‘बेबिन्का’ सोमबार बिहान ७ः३० बजे साङ्घाईमा अवतरण गरेको छ ।
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा
दुई वर्षअघि दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधीको अभाव भएपछि चलेको आन्दोलनपछि हुन लागेको पहिलो आम निर्वाचनमा अनुरा कुमारा दिसानायका र उहाँको जेभीपी भनिने पिपुल्स लिबरेशन फ्रन्टको लोकप्रियता बढेको छ ।
हिरासतमा रहेका पाकिस्तानका १० सांसदलाई जमानत दिइयो
पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १० जना सांसदलाई सोमबार जमानत दिएको छ।
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
मोदी ३.० द्वारा विज्ञान, प्रविधि र सुरक्षालाई प्राथमिकता
मोदी ३.० नामले परिचित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले भारतलाई प्रतिस्पर्धी अर्थतन्त्रका रूपमा स्थापित गर्न विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षामा महत्त्वपूर्ण प्रगतिलाई प्राथमिकता दिएको छ ।
म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ बेपत्ता
म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् ।