जापानमा वर्षाका कारण छ जनाको मृत्यु
जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति दिसानायकेद्वारा शपथ ग्रहण
श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो ।
बङ्गलादेशका विश्वविद्यालयमा कक्षाहरू पुनः सुरु
निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण एक हप्ता लामो बन्दपछि बङ्गलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरू आइतबारदेखि कक्षामा फर्किएका छन् ।
श्रीलङ्काको राष्ट्रपतिमा दिसानायके
श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ उहाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटक मतगणना गरिएको हो ।
अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु, १८ जना घाइते
अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन) क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
पाकिस्तानमा भिडन्त : ६ सैनिक र १२ आतङ्ककारी मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादी र सुरक्षा बलहरूबिचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतङ्ककारी मारिएका छन् ।
मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ
मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको प्रकोप
रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेष गरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् ।
श्रीलङ्काको राष्ट्रपति चयनका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न
श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न भएको हो ।
जापानमा बाढीपहिरोका कारण एकको मृत्यु, सात बेपत्ता
जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
सयभन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी
रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।
बेरुतमा भएको इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाउँदै आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायलले जनाएको छ ।
श्रीलङ्कामा मतदान सुरु
श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा प्रभावकारी जनमत सङ्ग्रहमा शनिबार राष्ट्रपतिका लागि मतदान सुरु भएको छ ।
लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।
अल्जाइमरको नयाँ औषधीको आविष्कार सफलता कि मृगतृष्णा ?
अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् ।
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
गाजापट्टीका विभिन्न स्थानमा बिहीबार राती इजरायलले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।
बाइडेनद्वारा बिदाइ सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत
अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस साताको अन्त्यमा आफ्नो डेलावेयरस्थित घरमा अस्ट्रेलिया, जापान र भारतका नेताहरूलाई स्वागत गर्दै हुनुहुन्छ ।
अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग
अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग लगाइएको छ ।
दोस्रो आँधीको चपेटामा साङ्घाई
पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ ।
लेबनान उपकरण विस्फोट : घातक आक्रमणबारे केही जानकारी
यो साता लेबनानभर भएको अभूतपूर्व आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी-टाकी विस्फोट हुँदा ३७ जनाको मृत्यु भयो भने दुई हजार नौ सयभन्दा बढी घाइते भएका छन् ।
मालीको राजधानीमा भएको जिहादी आक्रमणमा ७७ को मृत्यु
मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् ।
फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी, बिहीबार रिहा गरियो
फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहीको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उहाँ बिहीबार नै रिहा हुनुभएको छ ।
श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै
श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुन लागेको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौँसम्मको खाद्यान्न, इन्धन र औषधीको अभावको अन्त्य गर्ने श्रेय दाबी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको हो ।
कोभिडको तुलनामा एमपक्स महामारीको सामना गर्न विश्व तयार : गाभी
कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ ।