आङ खस्ने समस्या लुकाउँदा उपचारमा ढिलाइ
कचनाकबल गाउँपालिका-३ की ४६ वर्षीया मनसरी राजवंशी चिकित्सकले चुराजस्तो वस्तु पाठेघरमा राखिदिएपछि आङ खस्ने समस्याबाट मुक्त हुनुभएको छ । अहिले उहाँ सहजरुपमा आफ्नो दैनिकीमा फर्कनुभएको छ ।
शिशु मृत्युदर २१ मा झर्यो
अर्थमन्त्री वर्षमान पुनले शिशु मृत्युदर २१ मा झरेको बताउनुभएको छ । सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
श्रमिकहरूको समस्या समाधान हुन्छ : उपकुलपति डा.गिरी
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बिपी प्रतिष्ठानमा कार्यरत श्रमिकहरूले आन्दोलन गर्न नपर्नेगरी तत्काल श्रमिकहरूको समस्याहरूको समाधान गर्ने बताउनुभयो ।
ऐन कार्यान्वयनका विषयमा स्थानीय स्तरमा पुग्दै चिकित्सक
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन जारी भएको १६ वर्ष पुग्यो । स्वास्थ्यकर्मी र संस्थामाथि पटक-पटक दुर्व्यवहार आक्रमणका घटना बढ्दै गएपछि २०७९ सालमा पहिलो पटक संशोधन भएको छ । पहिलो पटक संशोधन भएपछि एक जनालाई मात्रै कारबाही भएको छ ।
एक वर्षमा १५ सय जनामा एचआइभी पुष्टि
चालु आर्थिक वर्षको फागुनसम्म एक हजार पाँच सय ३६ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ ।
बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै
बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो ।
मातृ मृत्युदर प्रतिलाख जीवित जन्म ८५ मा झार्ने
सरकारले आर्थिक वर्ष २०८५–८६ मा मातृ मृत्युदर प्रतिलाख जीवित जन्म ८५ मा झार्ने परिमाणात्मक लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको १६ औँ पञ्चवर्षीय योजनामा (२०८१–८२ देखि २०८५–८६) मा यस्तो लक्ष्य लिएको हो । हाल एक लाख जीवित जन्ममा १५१ जना रहेको छ ।
शल्यक्रिया गर्न एक हप्तादेखि दुई वर्षसम्म पालो कुर्न बाध्य बिरामी
नेपालका ठुला सरकारी अस्पतालमा सानोदेखि ठुलो शल्यक्रिया गर्नुपर्दा बिरामी एक हप्तादेखि दुई वर्षसम्म लाइन बस्न बाध्य छन् ।
स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी मौज्दात शून्य
सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधीको मौज्दात नहुँदा निःशुल्क औषधी वितरण सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ ।
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जिल्लाको ऐँसेलुखर्क गाउँपालिका-३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ ।
पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो ।
बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ १३ गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ४७५ पुगेको हो ।
खोप अभियान स्थगित
गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
कपिलवस्तुमा 'आईपिभि' खोप अभियान
कपिलवस्तुको दश स्थानीय तहमध्ये सात स्थानीय तहमा पोलियो रोग विरुद्धको आईपिभि खोप अभियानको शुभारम्भ गरिएको छ ।
सिन्धुपाल्चोकका १४ हजार बालबालिकालाई 'आईपिभी' खोप लगाईंदै
सिन्धुपाल्चोकका १४ हजार ९७४ बालबालिकालाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन सुरु गरिएको छ ।
बाँकेमा पोलियो विरुद्धको 'आईपिभी' खोप अभियान सुरु
बाँकेमा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको 'आईपिभी' खोप दिने अभियान जिल्लाका आठ वटै पालिकामा सुरु गरिएको छ।
'प्लाष्टिक सर्जरी'मा नयाँ मापदण्ड निर्माण हुँदै
नयाँ दिल्लीस्थित प्रसिद्ध अस्पताल इन्द्रप्रस्थ एपोलो अस्पतालले 'प्लाष्टिक सर्जरी'सँग सम्बन्धित प्रविधिमा भएको उल्लेखनीय प्रगतिबारे जानकारी गराएको छ ।
पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु
पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।
गाईघाटमा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुरको गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्ने बताउनु भएको छ । मेडिकल कलेज स्थापनाको माग सहित राजधानी पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधि मण्डलसँग शनिवार भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारमा उक्त कुरा बताउनु भएको हो ।
विषादीको प्रयोगले दूषित बन्दै पानी
सूर्यविनायक नगरपालिका-७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।
साढे छ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
ताप्लेजुङमा साढे छ हजार बढी बालबालिकालाई आइपिभी खोप लगाइने भएको छ । नौ स्थानीय तह रहेको जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने र साढे छ हजार बढी लक्षित बालबालिकालाई खोप लगाइने भएको हो ।
पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइने
जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ ।
असारभित्र नगर अस्पताल सञ्चालन हुने
शिवसताक्षी नगरपालिकामा चालु आर्थिक वर्षभित्र नगर अस्पताल सञ्चालन हुने भएको छ । सुविधा सम्पन्न भवन निर्माण भएसँगै १५ श्ययाको नगर अस्पताल चालु आवभित्रै सञ्चालनको तयारी गरिएको हो ।