महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार
बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
स्टाफ नर्सको नेतृत्वमा जिल्ला अस्पताल
पुतलीबजार नगरपालिका –३ कुमालगाउँमा रहेको जिल्ला अस्पताल नौ महिनादेखि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विहीन बनेको छ । गत कात्तिक १५ गते मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको लमजुङ सरुवा भएसँगै अस्पतालका वरिष्ठ स्टाफ नर्स कृष्ण कार्कीको नेतृत्वमा चल्दैआएको छ ।
जानकी अस्पतालमा आँखाका बिरामी बढ्दै
जनकपुरधामको जानकी आँखा अस्पतालमा नयाँ प्रविधिको प्रयोगबाट आँखाको उपचार गर्न सुरु गरिएको छ ।
शल्यक्रियाभन्दा प्राकृतिक रुपमै बच्चा जन्माउनु आमा र बच्चाकाे हितमा हुने
पछिल्लो समय शल्यक्रिया (सिजेरियन) बाट बच्चा जन्माउनेको सङ्ख्या बढ्दै गएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट भएको देखाएको छ । निजी स्वास्थ्य संस्थामा आधाभन्दा बढी बच्चा शल्यक्रियाबाट जन्मिने उक्त अध्ययनले देखाएको छ ।
धरानमा डेंगुबाट चार जनाको मृत्यु, बी.पी. प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन भएको छ । हालसम्म बिपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलले जानकारी दिनुभयो ।
मिर्गौलाको क्यान्सर
मिर्गौलाभित्र पिसाबको मसिना गुजुल्टिएका नलीको सतही कोषबाट मिर्गौलाको क्यान्सर सुरु हुन्छ। मिर्गौला क्यान्सरको आशङ्का पिसाबको प्रारम्भिक जाँचबाट गर्न सकिन्छ। महिलाको दाँजोमा पुरुषमा मिर्गौलाको क्यान्सर हुने सम्भावना डेढ गुणा बढी देखिएको छ। मिर्गौलाको क्यान्सर मानिस ६० वर्ष पुगेपछि बढ्ता लाग्दछ। भौगोलिक, जनसाङ्ख्यिक र वंशाणुगत आधारमा मिर्गौलाको क्यान्सर प्रत्येक दशकमा दुईदेखि तीन प्रतिशतले वृद्धि हुने क्रममा छ। जोखिम तत्व मिर्गौलाको क्यान्सर जीवनशैलीसँग सम्बन्धित छ। धूमपान, मोटोपना, उच्च रक्तचाप यसका केही जोखिम तत्व हुन्। यसका साथै एस्बेस्टस, क्याड्मियम, सिसा (लिड), क्लोरिनयुक्त सोल्भेन्ट (घोलक), पेट्रोकेमिकल, पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बनलगायतका रसायनसँग सम्बन्धित उद्योगमा काम गर्ने मानिसमा मिर्गौलाको क्यान्सर हुन सक्ने व्यवसायजन्य जोखिम बढ्ता छ। त्यसै गरी ब्रुफेन, डिक्लोफेनाक, निम्स जस्ता पीडा कम गराउने औषधी लामो समय प्रयोग गर्ने व्यक्तिमा पनि मिर्गौलाको क्यान्सर देखिएको छ।
महामारी बन्दै डेङ्गु
नेपालमा डेङ्गु महामारीका रूपमा देखा परेको छ । दुई सातामै दुई हजार नौ सय डेङ्गुका बिरामी थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गु महामारी बढ्दै गएको बताउनुभयो । उहाँले शनिबार बेलुकीसम्म सुनसरीमा मात्रै दुई हजार पाँच सय जना डेङ्गुका बिरामी पुष्टि भएको जानकारी दिनुभयो । महाशाखाले गत असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत पुसदेखि एक हजार १९२ डेङ्गुका सङ्क्रमित थिए । त्यसयता सङ्क्रमितको सङ्ख्या चार हजार पुगेको बताउँदै उहाँले भन्नुभयो, “हामी डेङ्गु नियन्त्रणका लागि अहिले धरानमा छौँ ।”
काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो । आइतबार मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका सात जना कर्मचारीको मन्त्रालय प्रशासनले हाजिर काटिदिएको छ । उनीहरूले सोमबारदेखि मन्त्रालयमा हाजिर गर्न पाउने छैनन् । ती कर्मचारी पनि आफ्नो दरबन्दी भएकै स्थानमा जानुपर्ने छ ।
सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ।
सिर्दीबासका ७० बढी हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित
उत्तरी गोरखाको सिर्दीबासका ७० जना भन्दा बढीमा हेपाटाइटिस ‘बी’ फेला परेको छ । चुमनुब्री गाउँपालिका –३ सिद्धिबासका १ हजार ५५० जनामा गरिएको परीक्षणमा हेपाटाइटिस ‘बी’ को सङ्क्रमण उच्च भेटिएको हो ।
सामाजिक सेवा इकाईबाट नौ हजार बढी लाभान्वित
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट गत आर्थिक वर्ष २०७९-०८० मा नौ हजार बढी बिरामी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।
धनकुटाको दुई पालिकाको कित्ताकाट खुल्यो
धनकुटाका दुई पालिकामा कित्ताकाट खुलेको छ । जग्गा वर्गीकरण सम्बन्धी भू-उपयोग योजना स्थानीय राजपत्रमा प्रकाशन भएसँगै धनकुटाको महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकामा कित्ताकाट खुलेको हो ।
प्रादेशिक अस्पताललाई पीसीआर ल्याब हस्तान्तरण
देश कोरोना कहरमा भएको बेला नागरिकस्तरबाट सङ्कलित रकमबाट स्थापना गरिएको झापाको कनकाई-४ कोटीहोममा रहेको पीसीआर ल्याबका सम्पूर्ण सामग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।
एक वर्षमा एक हजार बढीले पाए नयाँ दृष्टि
उज्यालो अभियानअन्तर्गत एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको 'उज्यालो साझेदारी' कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो ।
छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा
गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ ।
उच्च रक्तचापको जोखिम सहरी क्षेत्रमा बढी
नेपालजस्ता विकासोन्मुख देशमा दुई तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपाल डेमोग्राफिक एण्ड सर्वे २०२२ ले नेपालमा १५ वर्षभन्दा माथिका १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा २३ उच्च रक्तचाप पाइएको थियो ।
नेपालगञ्जमा मिर्गौलाको 'बायोप्सी' सेवा सुरु
लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक नेपालगञ्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन यो सेवा सुरु गरिएको हो ।
‘लम्पी स्किन’बाट काभ्रेमा छ सय ८१ पशु मरे
लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
वीरका कार्यकारी निर्देशकको राजनीतिक आबद्धताबारे छानबिन
राजनीतिक दलको सदस्य रहेको आरोप प्रमाणित भएपछि चार जना प्राध्यापकलाई कारबाहीको सिफारिस गरेको निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल राजनीतिक दलको सदस्य रहेको उजुरीमा कारबाही अगाडि बढाएको छ। निर्देशक पौडेल नेकपा (एमाले) को सङ्गठित सदस्य तथा जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको महासचिव पदमा कार्यरत रहेको उजुरी परेको थियो।
लम्पीस्किन रोगबाट ३५ हजार बढी गाईभैँसी प्रभावित
बाँकेमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३५ हजारभन्दा बढी पशु चौपाया प्रभावित भएका छन् । जिल्लामा सो रोगको सङ्क्रमण तीव्र गतिमा फैलिनेक्रममा रहेको चिकित्सकको भनाइ छ ।
सङ्क्रमण फैलिएको नौ महिनापछि लम्पीविरुद्धको खोप
कपिलवस्तुमा १२ हजार गाईगोरु लम्पी स्किन रोगले सङ्क्रमित भएका छन् । जिल्लामा लम्पी रोगका कारण ३ सय ६० गाईगोरुको ज्यान गएको छ । जिल्लामा बुधवारबाट भ्याक्सिन लगाउन सुरु गरिएको हो ।
गाउँको एम्बुलेन्स
सिन्धुपाल्चोक, जुगल गाँउपालिका– ६ मा एम्बुलेन्स जाने बाटोको अभावमा स्थानीयवासीले बिरामीलाई बोकेर स्वास्थ्य केन्द्र तिर लैजाँदै ।
छ वर्षमा पनि पूरा भएन अस्पताल भवन
बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ ।
स्वास्थ्यमा सबैको पहुँच पुर्याउन ‘डिजिटल हेल्थ’
प्रविधिको विकाससँगै स्वास्थ्यमा सबैको पहुँच पु-याउन ‘डिजिटल हेल्थ’ को अवधारणा अघि सारिएको छ । सरकारले गत वर्ष नीति तथा कार्यक्रममा डिजिटल हेल्थ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नेपालमा राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाउन सुरु गरिएको छ ।