क्यान्सर रोगीलाई सकस, रेडियोथेरापीको पालो पाउन मुस्किल
ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो। चार महिनासम्मको पालो कुर्नुभन्दा अन्य क्यान्सरका बिरामीको सल्लाहमा बलबहादुर तत्काल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो। अहिले त्यहीँ उहाँको उपचार हुँदै छ। नेपालमै तत्काल रेडियोथेरापीको पालो पाएको भए उहाँ भारतमा गएर उपचार गर्नुहुन्नथ्यो।
अवैध भित्र्याइएको कुखुराको मासु बरामद
भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ।
आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड
झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् ।
मधेश प्रदेशमा फैलिँदै डेंगु सङ्क्रमण
मधेश प्रदेशमा डेंगु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ ।
निःशुल्क सेवा दिएका बिरामीको विवरण सार्वजनिक गर्न मन्त्रालयको निर्देशन
सरकारले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
डेंगुको उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न इडिसिडीको निर्देशन
सरकारले रोगको निदान, उपचार तथा व्यवस्थापन राष्ट्रिय डेंगु रोग रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न निर्देशन दिएको छ ।
ताप्लेजुङमा ६ जनामा डेङ्गु सङ्क्रमण
शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो ।
रुकुमपूर्वमा डेङ्गु पोजेटिभ
रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आउनुभएको थियो ।
प्रसूति अस्पताल नहुँदा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको सङ्ख्या ११ हजारभन्दा बढी
लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यका अनुसार देशभरका केन्द्रबाट आर्थिक वर्ष २०७८÷७९ मा ११ हजार ४६ जनाले सेवा लिएका छन् ।
चितवनमा लम्पी स्किनविरुद्धको खोप अभियान
चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
आँखा पाक्ने समस्या बढेपछि विद्यालय बिदा
कैलालीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालयमा बिदा दिन थालिएको छ।
विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउदै सामुदायिक प्रहरी
सामुदायिक प्रहरी सेवा केन्द बाँकेले जिल्लामा रहेका विद्यालयमा पुगि विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउने अभियान सञ्चालनमा ल्याएको छ ।
महानगरले विद्यालयमा डेंगी रोकथाम सम्बन्धमा चित्रकला आयोजना गर्ने
काठमाडौं महानगरपालिकाले डेंगी रोग समयमै रोकथाम तथा नियन्त्रण सम्बन्धमा विद्यालयमा चित्रकला आयोजना गर्दैछ।
विश्व बैङ्कले सहयोगलाई निरन्तरता दिने
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैङ्कले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैङ्कका देशीय निर्देशक फारिस हादाद जेरभोसले मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गर्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको हो।
म्याग्दीमा बढ्दै डेंगु र स्क्रब टाइफस
हिमाली जिल्ला म्याग्दीमा पछिल्ला वर्षहरूमा डेंगु तथा स्क्रब टाइफसको बिरामीको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो ।
जनस्वास्थ्य प्रयोगशालाको अनुगमन र नियमन गर्ने छुट्टै निकाय आवश्यक : निर्देशक डा. झा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ । प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अप्ठ्यारो भएको बताउनुभएको हो ।
आजबाट स्तनपान सप्ताह सुरु
बच्चा जन्मेको १ घण्टा भित्र स्तनपान गराउन आग्रह गरिएको छ ।
सम्झौता पालना नगरे सत्याग्रह गर्ने चेतावनी
डा. गोविन्द केसीले सरकारले आफूसँग विगतमा भएका सम्झौता पालना नगरेको आरोप लगाउनुभएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै डा. केसीले सम्झौता कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले आफूले राखेका माग पूरा नभए २९ साउनदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभयो । डा. केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले चिकित्सा शिक्षा ऐनविपरीतका निर्णय गरेको भन्दै त्यसलाई सच्याउन माग गर्नुभएको छ । उहाँले चिकित्सा आयोगको नयाँ नेतृत्व चयनको प्रक्रिया तत्काल अगाडि नबढाइए सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभयो ।
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताउनुभएको छ ।
चार दिनमा थपिए एक हजार बढी डेंगु सङ्क्रमित
पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लाबाट एक हजार २४ जना डेंगु सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य नीति लागू गराएरै छाड्छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्नुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज (सोमबार) आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उहाँले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रुत गतिमा काम आफ्नो प्रयास रहने बताउनुभयो ।
निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा आएन
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले निर्माण गरेको १५ शय्याको आधारभूत अस्पताल नगरपालिकाले सञ्चालन गर्न नसक्ने जनाएको छ । सङ्घीय सरकारको १२ करोड रुपियाँ लागतमा अस्पताल भवन निर्माण सम्पन्न गरेको हो ।
मौसमी फ्लुका बिरामी बढे
जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसममा आएको परिवर्तन र बर्खायाममा दूषित पानीको प्रयोगले गर्दा यस्ता खाले बिरामीको सङ्ख्या दैनिक वृद्धि भएको हो ।