नेपाल भ्रमण दशककोे तयारी
कोभिड–१९ ले नेपालको पर्यटन व्यवसाय शिथिल भइरहेका बेला सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना आइतबार सार्वजनिक गर्दै पर्यटन व्यवसाय उत्थानसम्बन्धी महìवाकाङ्क्षी योजना घोषणा गरेको हो।
पैतृक सम्पत्तिमा छोरीको हक : कतिले पाए ? छैन तथ्याङ्क
पैतृक सम्पत्तिको अंशबन्डामा छोरीलाई समान व्यवस्था गर्न बनेको संवैधानिक प्रावधान कार्यान्वयन भए पनि यस्तो सुविधा के कतिले प्राप्त गरे भन्ने विवरण उपलब्ध हुन सकेको छैन। पैतृक सम्पत्तिको अंशबन्डा गर्दा छोरीलाई पनि समान रूपमा व्यवस्था गर्न गत मङ्सिरमा देशभरिका मालपोत कार्यालयलाई परिपत्र गरिएको थियो।
‘नेपालले नेतृत्व लिन सक्नुपर्छ’
विश्व तापमान वृद्धि र जलवायु परिवर्तनको असरले नेपालको हिमाली अर्थतन्त्र अत्यन्तै जोखिममा परिरहेका बेला हिमाली मुुलुकको एजेन्डालाई अन्तर्राष्ट्रियकरण गर्न नेपालले नेतृत्व लिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष घोषणा गरेको अवसरमा नेपालले पर्वतीय मुलुकका गम्भीर मुद्दालाई लिएर अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व लिनुपर्ने विज्ञहरूको भनाइ आएको हो ।
बीपी अग्रमनका ऊर्जा
बीपी कोइरालाका दुई वटा भनाइ, जो सधैँ चर्चामा पनि रहे र जसलाई सधैँ विवादित बनाउन एउटा पक्ष लागिरह्यो, ती भनाइ आज पनि अत्यन्त सान्दर्भिक रहेका छन् । ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने भनाइ र ‘पञ्चहरू काँग्रेससँग नतर्स, काँग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने बीपीको तत्कालीन समयलाई दिशाबोध गर्ने भनाइहरू अहिलेको अवस्थामा पनि मननीय छन् । समकालीन राजनीतिको विश्लेषणका आधारमा बीपीले व्यक्त गरेका यी भनाइहरूको मर्म बुझ्दै त्यसको गहनतामा पुगेर आत्मबोध गर्न सक्यौँ भने हामीलाई समाजको समकालीन अवस्थाको विश्लेषण गर्दै समस्याको पहिचान गर्न र ती समस्यालाई सम्बोधन गर्नका लागि राष्ट्रिय एकता निर्माण गर्न मद्दत पुग्ने छ ।
पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता
सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् ।
जर्जियाको ‘मिस्ड कल’ले नेपालीलाई तनाव
कहिले ह्वाट्सएपमा लाखौँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी । अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क’ । नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन् ।
सिंहदरबारका काम एकीकृत प्रणालीबाट
सरकारले साउनदेखि सिंहदबारभित्रका कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउने गरी एकै प्रकृतिका कार्य एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गर्न लागिएको हो ।
मानव–वन्यजन्तु द्वन्द्व न्यून गर्न विशेष कार्यक्रम
बाघको सङ्ख्या बढेसँगै बाघले मान्छे मार्न थालेपछि सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय बाघ संरक्षण समिति नेपालको बुधबार बसेको आठौँ बैठकले प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यक्रम सञ्चालन गर्न वार्षिक एक अर्ब रुपियाँ बजेट विनियोजनका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । अर्थले बजेट व्यवस्थापन गरेलगत्तै चालू आर्थिक वर्षबाट यो कार्यक्रम सञ्चालन हुनेछ ।
आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत
ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ । माथिल्लो सदनले संशोधन अस्वीकार गरेमा विधेयक संयुक्त सभामा पेस हुनेछ ।
सिंहदरबारभित्र पत्राचारको बेहाल
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुुग्न सकेको छैन । पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले उक्त मन्त्रालयमार्फत संसद् सचिवालयको दोस्रो तलामा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई २०७७ जेठ १९ गते लेखेको पत्र अझै समितिको टेबुुलमा पुुग्न सकेको छैन ।
शिक्षालयमा ‘डीआई’को दादागिरी
सामाजिक सञ्जालमा अहिले एउटा दर्दनाक भिडियो निकै चर्चामा छ । भिडियोमा विद्यार्थीलाई लस्करै घोप्टो पारेर हातखुट्टा टेक्न लगाइएको छ र एक व्यक्तिले फलामको पाताजस्तो देखिने वस्तुले पिठ्युँमा पालैपालो तीन पटक पिटेको देखिन्छ ।
पानी माग्दै जनप्रतिनिधिलाई बन्दी बनाएर थारु महिलाले गैया बेह्रे
बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा ‘गैया बेह्रने’ प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।
तरकारीलाई दैनिक पाँच रुपियाँ !
अब त पाँच रुपियाँमा एक मुठा हरियो धनियाँ पनि पाइँदैन । फोसामा खुर्सानी माग्दा तरकारी बिक्रेताले आँखा तरेर हेर्न थाल्छन् । अनि एक छाक तरकारी पाँच रुपियाँमा पाक्ला त ? तर तीनधारा पाकशालामा आवासीय रूपमा बस्दै आएका विद्यार्थीलाई अझै पनि तरकारीबापत दैनिक पाँच रुपियाँ खान्की तोकिएको छ ।
राजकुमारका डोला
तत्कालीन राजा पृथ्वीनारायण शाह १४ वर्ष पुगेपछि डोला (विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या) का सन्देश ह्वारह्वार्ती आउन थाले । तिनताक राजकुमार विवाहयोग्य भएपछि डोलाका सन्देश आउँथे । यस्ता सन्देश ल्याउने काम ब्राह्मण लमीले गर्थे । पुरस्कारको लोभमा पनि यो काम गरिन्थ्यो । सामान्य राजा–रजौटाका छोरी डोला ल्याएर पृथ्वीनारायणको बिहे गराउने पक्षमा महारानी चन्द्रप्रभा र कौशल्या थिएनन् । मकवानपुरे राजा माणिक्य सेनका छोरा हेमकर्णकी कन्या इन्द्रकुमारीसँग बिहे निश्चित भयो । डोलामैयाँसँग मकवानपुरमै बिहे भयो । डोलालाई आफ्नै राज्यमा झिकाएर बिहे गर्ने चलन हुन्थ्यो । तर पृथ्वीनारायण डोलामैयाँकै राज्यमा बिहे गर्न पुगे । उमेरको कारण देखाएर हेमकर्णले कन्यालाई गोर्खा पठाउन चाहेनन् र पृथ्वीनारायण डोलाबेगर गोर्खा फर्किनुप-यो । केही समयपछि वधु लिन पुनः मकवानपुर पुगे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी : बाबुराम आचार्य) । पृथ्वीनारायण शाहले दिव्य–उपदेशमा हेमकर्णका छोरा दिग्बन्धनलाई “डोला पनि लैयाउ, नेपाल पनि देषि आउ भनि मकवानपुर गँञु र पुग्यापछि दिकवन्दनसेनलाई यवटा कुराको करेउलि (करकाप वा अड्डी) लिएर भने यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला दिन्न भन्या काढि तरवारसित पनि लैजांला” भनेको कुरा उल्लेख छ । तर उनी डोला नलिई फर्किए ।
खेतीमा आकषर्ण घटेसँगै ‘बेठी’ परम्परा लोप
हिजोआज खेतबारी अधिकांस बाँझोनै देखिन्छ । धान रोपाइँ पहिलेको तुलनामा आधाजस्तै कमी भएको पाइन्छ, जसरी पहिले हुने गर्दथे । धनकुटाका सन्तोष कार्की सानै छदाँ गैरीखेत र सीमखेतमा बेठी लगाएर रोपाइँ गरेको सम्झन्छन् । तर बेठी लगाएर रोपाइँ नगरेको करिव दुई दसक भएको उहाँ बताउनुहुन्छ । घरका सबै जना राजगारीका लागि भन्दै विदेशिए कोही शहर पसे त्यसपछि खेती गर्न छाडेपछि बेठी परम्परा पनि सँगसँगै लोप भएर गएको उहाँले बताउनुभयो ।
नेपाल श्रीलङ्का हुनै सक्दैन : विज्ञ
आर्थिक रूपमा नेपाल श्रीलङ्काको बाटोमा हिँड्न थालेको भनेर टीकाटिप्पणी भइरहेका बेला आर्थिक र सामाजिक, अनुसन्धानमा सक्रिय विज्ञहरूले भने नेपालको अवस्था अहिले त्यस्तो आइनसकेको बताएका छन् । नेपालमा विदेशी मुद्राको सञ्चिति र ऋणको भार हेर्दा नेपाल कुनै पनि दृष्टिबाट श्रीलङ्काको आर्थिक दुर्गति बेहोर्ने अवस्थामा नरहेको उहाँको भनाइरहेको छ ।
आईजीपी नियुक्ति विरुद्धको रिट खारेज : अस्वभाविक चलखेलको बाटो बन्द
सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट खारेज गरेको छ।
प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध
प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ ।
खुले ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल
चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ ।
लिकमा राजनीति, लय समात्दै अर्थतन्त्र
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यसबीचमा मुलुकको राजनीति लिकमा आएको छ भने अर्थतन्त्रले लय समात्न थालेको छ । तत्कालीन प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा भङ्ग गरी देशलाई अनिश्चयको दिशातर्फ धकेलेपछि सर्वोच्च अदालतले दुई पटक नै प्रतिनिधि सभा ब्युँताइदिएको थियो । दोस्रो पटक ब्युताउँदा भने नयाँ सरकार गठनको मार्ग पनि प्रशस्त गरिदिएपछि २०७८ असार २९ गते देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले स्थानीय निर्वाचन गराई सफलता पनि हात पा¥यो ।
अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेख्नुभयो, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ ।”
नक्कल पार्ने फिर्ता हुन्छन् : सक्कली अनुहारमा आउन आग्रह
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।
छिट्टै आठ अर्बको विश्व
विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ । अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको हो । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो । सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको हो । नेपालमा पनि सोही वर्षदेखि मनाइँदै आएको छ ।
सय पुग्न लाग्दा सन्न्यासी !
एक सय वर्ष पुग्नै लाग्दा पूर्वन्यायाधीश योगनाथ उपाध्यायले घरबार त्यागी सन्न्यासी बन्नुभयो । गत वैशाख २० गते अक्षय तृतीयाका दिन गलेश्वर आश्रम देवघाटमा उहाँले सन्न्यास ग्रहण गर्नुभएको हो । उठबस गर्नसमेत छोराछोरीको सहारा लिनुपर्ने ९६ वर्षीय उपाध्यायले सन्न्यास दीक्षा लिएसँगै त्यसलाई पुनर्जन्म मानियो अनि परिचय फेरिँदै नयाँ नाम राखियो– स्वामी योगानन्द । पुरानै नामको सुरुको अक्षर प्रयोग गरेर नयाँ नाम राख्ने सन्न्यासी परम्पराअनुसार योगनाथको नाम योगानन्द भएको हो ।