चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् ।
नगर अस्पताल लालबन्दीमा ब्लड बैंक सञ्चालन
सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । फागुन २१ गतेबाट शल्यक्रिया (सिएस) माध्यमबाट प्रसुति सेवा सुरु गरेको नगर अस्पतालले ब्लड बैंक समेत स्थापना गरेको हो ।
जसपानिकट समाजवादी भोलेन्टियर्स केन्द्रीय समिति गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसको केन्द्रीय समिति गठन भएको छ ।
गुल्मीमा घरगोठमा आगलागी
गुल्मीको रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा आगलागीबाट घरगोठ जलेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर– १० का ६२ वर्षीय नमकला बलालको दुई तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल
हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।
१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा
पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता
संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गर्नुभएको छ ।
काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दमकमा आगलागी : लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट
झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ ।
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन नगरपालिकाको निर्देशन
गोरखाको पहिलो नगरपालिका गोरखाले आफु मातहातका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।
जङ्गलमा लागेको आगो गाउँमा पस्यो, एक घर जलेर नष्ट
स्याङ्जाको वालिङ नगरपालिका–१२ ढिकिडाँडामा आगोलागीका कारण चार गोठ र एक घर जलेको छ । तीन दिनदेखि जङ्गलमा लागेको आगो मङ्गलबार साँझ गाउँ पस्दा घरगोठमा क्षति पुगेको हो ।
वन उपभोक्ता समितिमा आर्थिक सुशासन कमजोर
वन उपभोक्ता समितिमा आर्थिक सुशासनको पाटो निकै कमजोर देखिएको छ । सामुदायिक वन उपभोक्ता समितिहरुमा लेखा व्यवस्थापन र संस्थागत क्षमता कमजोर देखिएको बताइएको छ ।
सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ६ जना बाँकेका
सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएकामध्ये छ जना बाँकेको रहेको खुलेको छ ।
न्यायको अनुभूति बिना कानुनी राज्य स्थापना हुन सक्दैन : प्रधानन्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायको अनुभूति बिना राज्यमा कानुनी राज्य र जबाफदेहिता स्थापना हुन नसक्ने बताउनुभएको छ।
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै पर्व मनाउन अनुरोध
विभिन्न धर्म तथा समुदायका विभिन्न चाडपर्व सुरु हुन लागेसँगै बाँके प्रशासनले सजगता अपनाउन सुरु गरेको छ। जिल्लाको समग्र सुरक्षा अवस्था कायम बनाई राख्न प्रशासनले जिल्लास्थित विभिन्न धार्मिक गुरु तथा सुरक्षा समितिसँग छलफल तथा बैठक गरेको छ।
कोहलपुर शिक्षा शाखामा तालाबन्दी
बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखामा विद्यार्थी सङ्गठनले तालाबन्दी गरिएको छ।
राप्रपाको प्रदर्शनमा झडप : २५ घाइते, तीन जना पक्राउ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपेशलाई पछि पार्दै भारतका सुधिरकुमार च्याम्पियन
कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका १९६८ रेटेड सुधिरकुमार सिन्हाले जित्नुभएको छ ।
हेपाटाइटिस भाइरसबाट दैनिक तीन हजार पाँच सयको ज्यान जाने
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ ।
आरोपको स्पष्टीकरण दिने कुरामा गृहमन्त्रीलाई कांग्रेसले रोक्न मिल्दैन : एमाले
सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा काँग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ।
सडकको रेलिङ काट्नेलाई कारबाही
नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न स्थानको सडकका रेलिङ आफू खुसी काट्नेलाई कारबाही गर्ने भएको छ ।
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रूपमा देख्ने सपना लगभग उस्तै हुन्छ । आफूलाई बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान ।
‘अग्निपीडितको पुनः स्थापनाका लागि सिप विकास आवश्यक’
सरोकारवालाहरूले अग्निजन्य दुर्घटना तथा हिंसापीडितको पुनः स्थापनाका लागि उनीहरूको सिप विकासमा जोड दिएका छन् ।
साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मङ्गलबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो ।