त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबिच सम्झौता
त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबिच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विश्वविद्यालय पदाधिकारी नियुक्तिमा क्रमभङ्गता
भनिन्छ, कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन, बरु त्यस देशको शिक्षा क्षेत्रलाई गतिहीन र ध्वस्त बनाए पुग्छ ।
विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग सिरिजको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग टी–२० सिरिज खेल्ने घोषणा गरेको छ ।
गोरखापत्रका नायब कार्यकारी सम्पादक सुवेदीलाई मातृशोक
गोरखापत्रका नायब कार्यकारी सम्पादक भवानी सुवेदीलाई मातृशोक परेको छ । उहाँकी आमा माधवी दासी सुवेदीको ८४ वर्षको उमेरमा झापास्थित उहाँकै निवासमा निधन भएको छ ।
माटोले छाएको परम्परागत घर
सल्यान कालिमाटी गाउँपालिका–२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम–कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर ।
अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस
कावासोती नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरेको छ ।
कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिनुपर्छ : मन्त्री लेखी
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषि, पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
नातिपुस्तासँगै रिपोर्टिङमा ८० वर्षे पत्रकार छेत्री
काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन । “बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,” भद्रपुर नगरपालिका-६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन ।
मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट रिट दर्ता भएको हो।
दुई बुँदे सहमतिसँगै मजदुरहरुको आन्दोलन स्थगित
उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् ।
साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले दुई जना साहित्यकारलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरेको छ।
‘नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ ।
हात्तीको आक्रमणले टीकापुरमा एक जनाको मृत्यु
हात्तीको आक्रमणबाट टीकापुरमा एक महिलाको ज्यान गएको छ। मङ्गलबार बिहान १० बजेतिर खोटेना भुराखानी सामुदायिक वनमा घाँस काटन गएकी टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ४४ वर्षीया जसुदेवी बटालालाई हात्तीले आक्रमण गरेपछि ज्यान गएको हो।
म्यान्मामा प्रकोपबाट २५ हजार घर क्षतिग्रस्त
आर्थिक वर्ष २०२३–२४ मार्चको अन्त्यसम्म भएका प्रकोपले म्यान्मामा २५ हजार चार सय ६० घर क्षतिग्रस्त हुँदा ७६ हजार छ सय एक घरपरिवारलाई असर गरेको सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।
रत्न बान्तवाको ४५ औं स्मृति दिवस मनाइयो
सहिद रत्नकुमार बान्तवाको ४५ औं स्मृति दिवस र ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ। मंगलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद वान्तवाको स्मारकमा माल्र्यापण गरिएको हो।
टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने
गाजामा इजरायली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।
इलाम– २ उपनिर्वाचन : अन्तिम नामावली प्रकाशन
इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
लहानमा आठ करोड लागतमा ड्रेन बन्ने
सिराहाको लहान नगरपालिकाले आठ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । आज एक समारोहबिच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गर्नुभयो ।
गैँडाको आक्रमणबाट वृद्धाको मृत्यु
नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम कावासोती नगरपालिका वडा नं. १० रतवलकी ९० वर्षीया जगरीमाया महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
३५ वर्षमा चार करोड ३६ लाखको आँखा उपचार
नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूले स्थापनादेखि हालसम्म नेपाली र विदेशी गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको छ ।
पौडी खेल्ने क्रममा एक बालकको मृत्यु
स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । गल्याङ नगरपालिका–२ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।
महाकाली कोरिडोर बजेट अभावमा योजना सुस्त
नेपाल-भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली कोरिडोरको काम बजेट अभावले सुस्त भएको छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने कोरिडोर अन्तर्गत साना र ठुला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो ।