काठमाडौं, चैत २७ गते । गोरखापत्रका नायब कार्यकारी सम्पादक भवानी सुवेदीलाई मातृशोक परेको छ । उहाँकी आमा माधवी दासी सुवेदीको ८४ वर्षको उमेरमा झापास्थित उहाँकै निवासमा निधन भएको छ ।
उहाँको मङ्गलबार मध्याह्न १२ः४० मा निधन भएको हो । उहाँको आजै बेलुका ७ बजे राजमार्ग–कन्काइमाईमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय सुवेदीका श्रीमान पुण्यप्रसाद सुवेदी, तीन छोरी र दुई छोरा हुनुहुन्छ । नायब कार्यकारी सम्पादक सुवेदी हाल युवामञ्चमा कार्यरत हुनुहुन्छ ।