आशिषलाई नवप्रतिभा पुरस्कार
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण गर्नुभएको छ। उहाँले सो अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, विके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान प्रदान गनुभएको हो।
नेवारी संस्कृति पुस्तान्तरण अभ्यास
छ वसन्त काटेका दुई बालबालिका नागनागिनीको भेषमा नाच्दै थिए। नेवारी पोसाकमा सजिएका १० देखि १२ वर्ष उमेर समूहकाले वाद्यवादन मृदङ्गा र झ्याली बजाउँदै गीत गाइरहेका थिए। नजिकै उभिएका पाका पुस्ताले नाच्न सिकाइरहेका थिए। नेवारी समुदायको करिब तीन सय वर्ष पुरानो नागनागिनी नृत्य पहिलो पुस्ताबाट पुस्तान्तरण हुँदै नयाँ पुस्तामा आइपुगेको यो एउटा नमुना उदाहरण हो। म्याग्दीमा जारी महोत्सवका अवसरमा उनीहरूले बजारमा पुरानो नागनागिनी नृत्य देखाएका हुन्। साना–साना बालबालिका मिलेर देखाइएको नृत्यले सबैलाई आकर्षित त ग-यो नै, यसले नेवारी समुदायको परम्परागत संस्कृति जोगाइराख्ने विश्वास गरिएको छ।
अनुको ल्होछार गीत सार्वजनिक
अनु लामाको ल्होछार गीत ‘डम्फु ह्राब्सी’ सार्वजनिक भएको छ । गीतमा अनु स्वयंको अभिनय छ भने उहाँलाई जेरी सोल्टीले अभिनयमा साथ दिनुभएको छ । अन्य कलाकार सागर घिसिङ, रमिता दोङको पनि गीतमा अभिनय रहेको छ । गीतको शब्द स्वयं अनु लामाले लेख्नुभएको हो भने ल्होछार वरिपरि गीतको परिवेश घुमेको छ ।
नायिका केकी अभिनीत 'जिउने चाहना'
डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।
राष्ट्रपतिद्वारा नेपाली मौलिक गीत, सङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड
नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई २०७८ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवम् विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ ।
मनकारी नेपथ्य
तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन, समयानुकूल सामाजिक अभियान पनि अगाडि बढाउँदै लग्यो । जतिबेला स–साना बालबालिका पढ्ने विद्यालयमा अशान्ति छायो, नेपथ्यले ‘शान्तिका लागि शिक्षा’ नाराको साथ आफूलाई अगाडि बढायो । ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउमा सङ्गीतको मलम दल्ने प्रयत्न ग¥यो । अहिले ‘मानवता प्रवद्र्धन अभियान’मार्फत मानवीय आयामलाई अगाडि बढाइरहेको छ । यसलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ । आफ्ना कार्यक्रममार्फत मानव सेवा आश्रमको अभियान प्रवद्र्धन गरी मानवीय आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने काम ग¥यो । अभियानअन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि सङ्गीत भनेर राख्यो ।
‘झिलमिल सितारा’ सार्वजनिक
गायिका दीपा झाको एकल गीतिसङ्ग्रह ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ। सङ्गीतकार शम्भुजित बास्कोटा, गीतकार एसपी कोइराला, सङ्गीतकार आलोकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका दीपा झाले संयुक्त रूपमा एल्बम सार्वजनिक गर्नुभयो।
गीतकार अधिकारीको गजल ‘जिउने चाहना’मा केकी
गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको जिउने चाहना बोलको गजलको भिडियो सार्वजनिक भएको छ।