ललितपुर महानगर प्रमुखमा फराकिलो मतसहित चिरीबाबुको अग्रता
ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन नौ हजार २१६ मतसहित अग्र स्थानमा हुनुहुन्छ। नेकपा (एमाले) का हरिकृष्ण महर्जनले चार हजार २९ मत ल्याउनुभएको छ।
साँगाचोकगढी नगरमा माओवादीका देशबन्धु र समाजवादीकी थापा बिजयी
चित्र मिजारसिन्धुपाल्चोक, जेठ ३ गते । सिन्धुपाल्चोक–चौतारा सा“गाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्ण सापकोटा ‘देशबन्ध’ र उपमेयरमा समाजबादीकी सीता थापा बिजयी हुनुभएको छ । सापकोटाले ११ हजार ७२ र उपमेयरमा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७२६ मत ल्याएर निर्वाचित हुनुभएको हो । सो नगरमा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन थियो । सापकोटाका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार इन्द्र नेपालले ६ हजार ७११ मत र थापाकी निकटतम प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले ९ हजार ७२६ मत ल्याउनुभयो । नेपाली कांग्रेसका केशवराज गिरीले ६ हजार २४५ र तुलसी प्रधानले ५ हजार ७६० मत ल्याउनुभयो । माओवादी केन्द्रको गढक्षेत्र चौतारा सा“गाचोकगढी नगर अघिल्लो २०७४ निर्वाचनमा पनि माओवादीकै अमानसिं तामाङ र जानुका पराजुलीले जित्नुभएको थियो ।
तानसेनको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी उम्मेदवार विजयी
रेखीराम रानापाल्पा, जेठ ३ गते । पाल्पाको सदरमुकाम तानसेनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबट तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी हुनुभएको हो । श्रेष्ठले ११ हजार २ सय ७३ र सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएर विजयी हुनुभएको हो । एमालेबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ र उपप्रमुखका उम्मेदवार शशी श्रेष्ठले १० हजार १ सय ५१ मत ल्याउनुभएको छ । तानसेनमा नेपाली काङ्ग्रेसले वडा नं. १, २, ३, ४, ६, ७, ११ र १२ वडामा जितेको छ । यस्तै माओवादीका उम्मेदवारले तानसेनको वडा नं. ५ र १३ वडा जितेको छ । एमालेले भने वडा नं. ८, ९, १० र १४ जितेको छ । बैशाख ३० गते रातिदेखि सुरु भएको मतगणनाको काम मङ्गलबार बेलुकी मात्रै सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रौतहटको २४ मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने
सञ्जय कुमार मिश्रगौर, जेठ ३ गते । स्थानिय तह निर्वाचन अन्तर्गत वैशाख ३० गते स्थगित भएको रौतहट जिल्लाको २४ वटा मतदान केन्द्रमा जेठ ४ गते बुधवार पुनः निर्वाचन हुनेभएको छ । रौतहटको ६ वटा पालिकाकोे १० वटा मतदान स्थलको २४ वटा मतदान केन्द्रमा मतदान गराउन निर्वाचन आयोगले आदेश दिइएअनुसार जेठ ४ गते बुधवार निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो ।फतुआविजयपुर नपाको स्वास्थ्यचौकी मतदान स्थलको २ वटा मतदान केन्द्र, देवाहीगोनाही नपाको जनप्रिय प्रावि मतदान स्थलको २ मतदान केन्द्र, यमुनामाई गाउँपालिकाको श्री मावि भेडियाहीको मतदान स्थलको २ वटा, श्रीमावि चिकना जेठरहिया मतदान स्थलको ३ मतदान केन्द्रमा मतदान हुँदैछ ।यसैगरी, गढीमाई नपाको आदर्श प्रावि मतदान स्थलको २ मतदान केन्द्र, प्रावि लक्ष्मीपुर मतदान स्थलको २ मतदान केन्द्र, बौद्धीमाई नपाको कंकाली मतदान स्थलको २ मतदान केन्द्र, अजगैवी मतदान स्थलको ३ मतदान केन्द्र, इनरवा प्रावि मतदान स्थलको ३ मतदान केन्द्र र गरुडा नपाको शिवशंकर प्रावि मतदान स्थलको १ वटा मतदान केन्द्र गरी २४ वटा मतदान केन्द्रमा निर्वाचन हुँदैछ ।
धनुषाको १८ मध्ये पाँच पालिकाको मतपरिणाम सार्वजनिक
धर्बेन्द्र झा जनकपुरधाम, जेठ ३ गते । स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाको १८ वटा पालिकामध्ये मंगलबार दिउँसो सम्ममा चार वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम सार्वजनिक भएको पाँच पालिकामध्ये दुईमा नेपाली काँग्रेस, दुईमा नेकपा (एमाले) र एक पालिकामा जनता समाजवादी पार्टीले जित हाँसिल गर्न सफल भएको छ । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भोगेन्द्र मिश्रले तीन हजार ७६५ मत ल्याएर निर्वाचित हुनुभएको छ । आफनो निकटतम प्रतिद्धन्दीभन्दा २६८ मत बढी ल्याएर उहाँ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका शत्रुधन यादवले तीन हजार ४९७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, उपाध्यक्षमा काँग्रेसकै फुलकुमारी यादव तीन हजार ६२८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका विमलाकुमारी यादवले तीन हजार ४६० मत प्राप्त गर्नुभएको छ ।धनुषाकै धनौजी गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार साह दुई हजार २६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले दुई हजार १६३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै रामवती देवीले दुई हजार ४३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका रंजितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभयो । धनुषाको विदेह नगरपालिकाको प्रमुखमा एमालेका बेचन दास चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । आफनो प्रतिद्धन्दी नेकपा एकृकित समाजवादीका राजकिशोर रोहिता यादव भन्दा ९८५ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी एकृकित समाजवादीका यादवले तीन हजार ४२७ मत ल्याउनुभएको छ । त्यसैगरी उपप्रमुखमा एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका सीमादेवी महतोले दुई हजार ७८६ मत प्राप्त गर्नुभयो । धनुषाकै औरही गाँउपालिकाको अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साहले तीन हजार ३२६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँ आफनो निकटतम प्रतिद्धन्दी काँग्रेसका उम्मेदवार व्रहमदेव यादवभन्दा ४०३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्धवन्दी यादवले दुई हजार ९२३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा एमालेकै पुनमकुमारी साहले दुई हजार ९९४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी काँग्रेसका रिंकुकुमारी मण्डलले दुई हजार ७९० मत प्राप्त गर्नुभएको छ । धनुषाको जनकनन्दनी गाँउपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपिनदेव यादव तीन हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी काँग्रेसका सुरेश चौधरीले दुई हजार ७६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा काँग्रेसका कमला सहगलले दुई हजार ९९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी जनता समाजवादीका गीता सुढीले दुई हजार ८४० मत प्राप्त गर्नुभएको छ । घोषणा भएका बाहेकका पालिकामा मतगणना जारी रहेको र छिटै मतगणना सम्पन्न गर्ने पक्षमा निर्वाचन आयोग रहेको मधेश प्रदेश निर्वाचन कार्यलयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
अमरराज नहर्की तनहुँ, जेठ ३ गते । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुवै नेकपा (एमाले) ले जितेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो । एमालेका होमबहादुर थापाले ७९७ मतान्तरणले नेपाली काँग्रेसका गङ्गा कुमाललाई पराजित गर्नुभयो । थापाले चार हजार ३३१ मत प्राप्त गर्नुभयो भने कुमालले तीन हजार ५५४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार चारसय ८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । काङग्रेस र एकीकृत समाजवादीको गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले दुई हजार सातसय ४७ मत प्राप्त गर्नुभएको थियो । घिरिङ गाउँपालिकाको ५ वटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसबाट १ को वडाध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गर्नुभएको छ । एमालेबाट २ को वडाध्यक्षमा नरबहादुर थापा, ३ को वडाध्यक्षमा तहलसिं थापा र ४ को वडाध्यक्षमा भिमबहादुर कुमालले विजय हासिल गर्नुभएको छ । यसअघि २०७४ को स्थानीय तहमा पनि एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।
दक्षिणकाली नगरप्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
काठमाडौं, जेठ ३ गते। काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत सात हजार २०१ मतसहित विजयी हुनुभएको छ। बस्नेतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का श्रीराम आचार्य दुई हजार नौ मतान्तरले पराजित गर्नुभएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान भक्त आचार्यले ७९४, जनता समाजवादी पार्टी, नेपालका चण्डे राज तामाङले १२७, उन्नत लोकतन्त्र पार्टीका उज्वल श्रेष्ठले ४८ र रामप्रसाद तिमिल्सिना जैसीले १७ मत प्राप्त गर्नुभयो।निर्वाचन अधिकृतको कार्यालय अनुसार नगर उपप्रमुखमा पनि कांग्रेसकी बसन्ती तामाङ सात हजार ६२३ मतसहित विजयी हुनुभयो। तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेकी इन्दिरा न्यौपानेले चार हजार ८३० मत ल्याउनुभयो। उपप्रमुखमा राप्रपाका उर्मिला केसीले ७४२ र जसपाकी सन्जु माया तामाङले ११८ मत प्राप्त गर्नुभयो।दक्षिणकाली नगरपालिका-१ को वडाअध्यक्षमा एमालेका जय थापा मगर, २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, ४ मा कांग्रेसका पुष्कर खड्का, ५ मा कांग्रेसका श्याम बहादुर खत्री, ६ मा कांग्रेसका शैलेशमान मानन्धर, ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, ८ मा कांग्रेसका योसकुमार वाईबा र वडा नं. ९ मा कांग्रेसका अमृका बलामी निर्वाचित हुनुभएको छ। दक्षिणकालीमा नौ वडामध्ये छ वडामा कांग्रेस र बाँकी तीनमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ।
सप्तकोशी नगर प्रमुखमा कांग्रेस र अग्निसाइरको अध्यक्षमा एमाले विजयी
सप्तरीको एक नगरपालिका र एक गाउँपालिकाको मतगणना सम्पन्न भएको छ।
सिन्धुलीमा गठबन्धनका उम्मेदवार विजय
सिन्धुली जिल्लामा स्थानीय तह निर्वाचनमा पालिका प्रमुख तथा उप–प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले विजयको सुरुवात गरेका छन् ।
ललितपुर महालक्ष्मीको वडा नं १ मा एमाले र ९ मा कांग्रेस विजयी
काठमाडौं, जेठ ३ गते। ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं. १ र वडा नं. ९ को मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा १ मा नेकपा (एमाले) का छिरिङ लामा विजयी हुनुभएको छ। लामाले ७८९ मत प्राप्त गर्नुभएको हो। उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुसुदन केसीले ४६२ मत ल्याउनुभएको हो। नेकपा (माओवादी केन्द्र) का अभिषेक खत्रीले ४३९ मत प्राप्त गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका देशबहादुर राईले ११५ र नेकपा (एकीकृत समाजवादी) का प्रकाश दाहालले १०७ मत प्राप्त गर्नुभएको हो। सो वडाको एमालेबाट महिला सदस्यमा लक्ष्मी दाहाल ७४४ मतसहित, दलित महिला सदस्यमा शान्ती विसुन्के (मिजार) ७५८ मतसहित निर्वाचित हुनुभएको छ। यसैगरी, सदस्यद्वयमा ७१९ मतसहित एमालेका ज्ञानु खड्का र ७१४ मतसहित दाता राम कार्की विजयी हुनुभयो। महालक्ष्मी नगरपालिका वडा नं. ९ मा नेपाली कांग्रेसका जय कृष्ण बोगटी १६ सय २० मतसहित विजयी हुनुभयो। उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका देवेन्द्रप्रसाद पौडेलले ९९७ मत प्राप्त गर्नुभयो। राप्रपाका रामनाथ पाठकले ४९७, नेकपा (एकीकृत समाजवादी) का नवीन तण्डुकारले २७४ र स्वतन्त्र उम्मेदवारद्वय निरोज राना मगरले २६ र गणेश चौलागाईले २३ मत प्राप्त गर्नुभयो। सो वडाको महिला सदस्यमा ७४४ मतसहित एमालेकी लक्ष्मी दाहाल, दलित महिला सदस्यमा ११ सय ३३ मतसहित कांग्रेसकी वेली सुरखेती निर्वाचित हुनुभयो। सदस्यद्वयमा एक हजार ६६ मतसहित कांग्रेसका शशीधर पोखरेल र एक हजार ६५ मतसहित एमालेका रामकेशर थापा विजयी हुनुभयो।
मेलुङको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
नेकपा (एमाले) ले मेलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको छ ।
बडिमालिका नगरपालिकामा एमालेको जित
शेरबहादुर सार्कीबाजुरा, जेठ ३ गते । बाजुराको बडिमालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । बडिमालिकाको मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी हुनुभएको हो ।खडकाले नेपाली काँग्रेसका उम्मेदवार पण्डितलाई ४६७ मतले पराजित गुर्नभएको छ । खड्काले चार हजार १९ मत ल्याउनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनराज पण्डितले तीन हजार ५५२ मत रहेको छ । त्यस्तै उपमेयरमा विजयी नन्दाकुमारी थापाले उहाँकी प्रतिद्वन्द्वी राधिका सिहलाई ८८२ मतले पराजित गर्नुभयो । थापाको चार हजार २ सय ३३ मत रहेको छ भने राधिकाकुमारी सिंहले तीन हजार ३ सय ५१ मत ल्याउनुभयो । नौ वटा वडा भएको बडिमालिका नगरपालिकामा एमाले ७ र नेपाली काँग्रेसले २ ठाउँमा जित हात पारेको छ । वडा नम्बर १ मा काँग्रेसका कृष्णबहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबलबहादुर रोकाया र ४ मा काँग्रेसका अर्जुन नाथले वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्णबहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्रबहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । यसभन्दा पहिला २०७४ सालको स्थानीय चुनावमा नगरप्रमुख नेपाली काँग्रेसका पदम बडुवाल र उपप्रमुख नेपाली काँग्रेसकै कविता विष्ट विजयी हुनुभएको थियो ।
सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी
नवीन सुवेदीसुर्खेत, जेठ ३ गते। सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा (एमाले) ले विजयी भएको छ। चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी हुनुभएको हो। मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित हुनुभएको हो। जिसीले तीन हजार ५९१ मत पाउनु भयो भने शर्माले तीन हजार ५५० मत प्राप्त गर्नु भएको हो। यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित हुनुभएको हो। यस पालिकामा वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ।
भगवानपुर र विष्णुपुर गाउँपालिकामा एमाले विजयी
सन्तोष सुवेदीसिरहा, जेठ ३ गते । सिरहाको भगवानपुर र विष्णुपुर गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवारहरु उग्रनारायण यादव र सत्यनारायण यादव निर्वाचित हुनुभएको छ । उहाँहरुले निवर्तमान गाउँपालिका अध्यक्ष रहनुभएका वेचनप्रसाद यादव र जागेश्वर यादवलाई पराजित गरी निर्वाचित हुनुभएको हो । भगवानपुर गाउँपालिका एमालेका उग्रनारायण यादवले चार हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका वेचनप्रसाद यादवले तीन हजार २३९ मत प्राप्त गर्नुभएको थियो ।भगवानपुर गाउँपालिकाको उपाध्यक्षमा एमालेका रेखाकुमारी यादव तीन हजार ९६० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका जिवछीदेवी यादवले तीन हजार २१० मत प्राप्त गर्नुभएको भगवानपुर गाउँपालिकाका निर्वाचन अधिकृत विकासकुमार रजकले जानकारी दिनुभयो । यसैगरी, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमालेका सत्यनारायण यादवले निकटतम प्रतिद्वन्दीलाई ४१ मतले पछि पार्दै निर्वाचित हुनुभएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले दुई हजार १५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गर्नुभयो । विष्णुपुर गाउँपालिकाका उपाध्यक्षमा भने जसपाकी गीताकुमारी सिंह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सिंहले दुई हजार २७२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार १६९ मत प्राप्त गर्नुभयो ।
अछामका पालिका प्रमुखमा काँग्रेस, वडामा एमाले अगाडि
स्थानीय तह निर्वाचन अन्तर्गत अछामका सात स्थानीय तहमा मतगणाना सम्पन्न भएको छ ।
२५ वर्षपछि कांग्रेसले फर्कायो दिपायल सिलगढीमा गुमेको विरासत
डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर/उपमेयरसहित भारी मतले विजयी भएको हो।
माडी नगरपालिकामा एमालेकी ताराकाजी महतो निर्वाचित
माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की ताराकुमारी काजी महतो निर्वाचित हुनुभएको छ ।
भिमाद नगरपालिका प्रमुख तथा उपप्रमुखमा एमाले विजयी
अमरराज नहर्की तनहुँ, जेठ ३ गते । नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजबादी) को गठबन्धनलाई पाराजित गर्दै भिमादमा नगरपालिका प्रमुख तथा उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको छ । सो नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी हुनुभयो । सुवेदीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत पाउनुभयो । यस्तै, उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी हुनुभयो । खनाल यसअघि पनि यस नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । खनालको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले ७ हजार २०५ मत पाउनुभयो । भिमाद नगरपालिकाको वडा २, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ । नेपाली काँग्र्रेसले भिमाद–१, ४, ५, ६ जितेको छ । तनहुँको कूल जम्मा २४ हजार ८८४ मतदाता रहेको भिमाद नगरपालिकामा १६ हजार १४९ मत खसेको थियो । भिमादमा काँग्रेस, नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । काँगेसले उपप्रमुख र समाजवादीले प्रमुख पदमा उम्मेदवारी दिएको थियो । भिमाद नगरपालिका यसअघिको २०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रमुख तथा उपप्रमुख दुवै एमालेले जितेको थियो ।
चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी
मुना हमालसुर्खेत, जेठ ३ गते । चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा एमालेका बोधविक्रम जिसी र उपाध्यक्षमा मिनाकुमारी रोकाय विजयी हुनुभएको हो । अध्यक्षमा जिसिले तीन हजार ५९१ मत ल्याउनु भएको छ । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसका डोरप्रसाद शर्माले तीन हजार ५३० मत ल्याउनुभयो । यस्तै उपाध्यक्ष रोकायले तीन हजार ५८१ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी काँग्रेसका मनमाया आचार्यले तीन हजार ४६९ मत ल्याएर पराजित हुनुभयो । छ वटा पालिका रहेको सो गाउँपालिकामा एमाले र काँग्रेसले तीन तीन वटामा जित हासिल गरेका छन् । वडा नं १ मा एमालेका टेकबहादुर रजाली विजयी हुनुभएको छ । उहाँले ६८२ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । वडा नं ४ मा एमालेका टेकबहादुर रानाले ६०१ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनु भएको छ । वडा नं ५ मा एमालेकै लालबहादुर जिसीले ५३० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनु भएको छ । यस्तै, वडा नं २ मा काँग्रेसका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ६९५ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । वडा नं ३ मा काँग्रेसकै वीरबहादुर जिसीले ७२१ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । यस्तै, वडा नं ६ मा काँग्रेसका भिमबहादुर बुढाले ५१४ मत ल्याएर वडा अध्यक्ष विजयी हुनुभयो ।
इन्द्रावती गाउँपालिकामा एमालेका झम्कनाथ निर्वाचित
इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५१३ विजयी हुनुभएको छ।
काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै
काठमाडौं महानगर प्रमुखमा दश हजार ३४ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ। यसैगरी, दश हजार ३१५ मतसहित उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डंगोलले समेत अग्रता कायमै राख्नुभएको छ।
भरतपुर महानगरमा रेनु दाहाल २०७ मतले अगाडि
भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार रेनु दाहालले अग्रता लिनुभएको छ।
नुवाकोटको ५ स्थानीय तहको परिणाम सार्वजनिक, काँग्रेस अग्रस्थानमा
वैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनअन्तर्गत नुवाकोटमा ५ वटा स्थानीय तहको मतगणना सकिएको छ । तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र सूर्यगढी गाउँपालिकामा मतगणना सकिएको हो ।
पूर्वमन्त्री रामजनम चौधरीको वडामा नयाँ रामजनम निर्वाचित
नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ रामजनमको उदय भएको देखिएको छ ।