त्रिविको दीक्षान्त समारोहमा कर्मचारी सङ्घ सहभागी नहुने
त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिले विगतमा भएका सम्झौता कार्यान्वयन नभए दीक्षान्त समारोहमा सहभागी नहुने जनाएको छ । त्रिवि कर्मचारी सङ्घले मंसिर १८ गते पदाधिकारी समक्ष त्रिविमा कार्यरत प्राविधिक, नर्सिङ्ग तथा प्रशासनिक कर्मचारीको पेशागत हक हितको पक्षमा ज्ञापनपत्र पेश गरेको थियो ।
शिक्षामा आधुनिकीकरण आवश्यक छ : पूर्व शिक्षा मन्त्री जोशी
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा आधुनिकीकरणसहित आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।
त्रिविमा शीतकालीन कक्षा सञ्चालन
त्रिभुवन विश्वविद्यालयले शीतकालीन कक्षा सञ्चालन गरेको छ । त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा शीतकालीन कक्षा सञ्चालन २०२३ आरम्भ गरेको हो
समायोजन भएका विद्यालयका ७५ जना शिक्षकको दरबन्दी मिलान
धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजनको कामपछि शिक्षक दरबन्दी मिलानको काम पनि सम्पन्न भएको छ ।
भूकम्पपीडित बालबालिकालाई छात्रवृत्ति
जाजरकोट भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई बाँकेको एक निजी विद्यालयले माध्यमिक तहसम्म निःशुल्क पढाउने घोषणा गरेको छ ।
उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पुरस्कृत
रिडी राम्दी पाल्पाली समाज (रिरास) ले एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मानित गरेको छ । सो संस्थाले यहाँ आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मानित गरेको हो ।
विद्यार्थीलाई पढाउँदै बाँकेका सिडिओ र एसपी
बाँकेको एक सरकारी विद्यालयका विद्यार्थीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पढाउनुभएको छ । उहाँहरूले विद्यार्थीलाई पुस्तकको पाठ्यक्रमको पाठ नपढाएर लागूऔषध दुर्व्यवहार विरुद्धको सचेतनाको पाठ पढाउनुभएको हो।
ताप्लेजुङ सिफारिस भएका शिक्षकलाई नियुक्तिपत्र प्रदान
खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।
प्राविधिक शिक्षालयमा एक वर्षदेखि पढाइ ठप्प
शिक्षक अभावमा २०७९ माघ महिनादेखि बालीविज्ञान प्राविधिक धारका सम्पूर्ण पठनपाठन ठप्प रहेको विद्यार्थीको भनाइ छ ।
गुणस्तरीय शिक्षाका लागि लगानी गर्दै युडब्लुएस नेपाल
ताप्लेजुङमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपाल नामक संस्थाले गुणस्तरीय शिक्षा लक्षित परियोजनामा लगानी गर्ने भएको छ।
बेलायतमा अध्यागमनमा कडाइ : अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गर्नु भएको छ ।
गोरखापत्र र त्रिवि पुस्तकालयबिच १० बुँदे समझदारी
नेपालको जेठो प्रकाशन गृह गोरखापत्र संस्थान र देशकै पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबिच १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सञ्चालनमा आएन ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’
कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र पढ्दै कमाउँदै मोडेलमा सञ्चालन हुन लागेको ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’ वर्षाैसम्म अलपत्र परेको छ ।
चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको (दर्ता प्रमाणपत्र) लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन्।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विद्यार्थीलाई सहयोग
३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएको विद्यार्थीहरूलाई स्टेस्नरी सहयोग गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय अनुगमन गरिने
जिल्लामा शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको प्रभावकारी अनुगमन गरिने भएको छ । जिल्ला शिक्षा समिति ओखलढुङ्गाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।
‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’
गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिँदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो ।
६ सय छात्रालाई छात्रवृत्तिमा ५० प्रतिशत अनुदान
बाँकेको एक पालिकाले बालिकालाई विद्यालयमा ल्याउनका लागि छोरी पढाऊ अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
भूकम्पप्रभावित बालबालिकालाई नेविसंघको सहयोग
जाजरकोटका भूकम्पप्रभावितलाई नेपाल विद्यार्थी सङ्घ कैलालीले सहयोग गरेको छ । कात्तिक १७ गते गएको भूकम्पबाट धेरै जनधनसहित विद्यालयको भवन ढलेपछि विद्यार्थीहरूलाई समस्या परेको र पठनपाठन ठप्प भएको भन्दै भवन निर्माणका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले बताउनुभयो ।
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
अर्घाखाँचीको सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन भएका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिरमा चढाएको भेटी (रुपियाँ) सङ्कलन गरेर जिल्लाका चारवटा विद्यालयका आठ जना शिक्षक शिक्षिकालाई तलब उपलब्ध गराउँदै आएको छ ।
‘प्लस टु’ सञ्चालनका लागि चन्दा सङ्कलन
गुल्मीको एक सामुदायिक विद्यालयमा प्लस टु कक्षा सञ्चालनका लागि चन्दा सङ्कलन अभियान थालिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२, पीपलधारास्थित गणेश माध्यमिक विद्यालयले प्लस टु अर्थात् कक्षा ११ र १२ सञ्चालनका लागि चन्दा सङ्कलन अभियान सुरु गरेको हो ।
समृद्ध मुलुकको लागि सूचना प्रविधिमा लगानी अपरिहार्य
विश्व बजारमा निकै लोकप्रिय बनेको सूचना प्रविधि सम्बन्धी व्यवसायलाई उच्चतम प्रयोग गर्न सकिएमा नेपालले पनि मनग्य फाइदा लिन सक्ने यस क्षेत्रका जानकारहरूले बताउनुभएको छ ।
बालविकासका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक
बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयहरूमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ ।