पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग
पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गर्नुभएको छ ।
पुरस्कार र पदक वितरणमा बदमासी
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ । विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको छ ।
युडब्लुएसद्वारा १८ विद्यालय भवन निर्माण
युडब्लुएस नेपालले गुल्मीका ६ स्थानीय तहमा १८ वटा विद्यालय भवन निर्माण गरेको छ ।
'भर्ना प्रक्रिया जारी छ : विद्यार्थी घटेको भन्न मिल्दैन'
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान एकीकृत प्रवेश प्रणालीका अनुसार त्रि. वि. विश्वविद्यालय इन्जिनियरिङ संस्थान अन्तर्गत इन्जिनियरिङ कलेजहरुमा ६५ प्रतिशत भन्दा बढी इन्जिनियरिङका विद्यार्थी भर्ना भइसकेका छन् ।
शिक्षक अभावले पठनपाठनमा समस्या
नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ ।
वीरमा स्नातक तह अध्यापन सुरु हुँदै
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले स्नातक तहको अध्यापन सुरु गर्न लागेको हो । हाल न्याम्समा स्नातकोत्तर तह (एमडी) को अध्यापन हुँदै आएको छ।
विद्यालयमा संसद् अभ्यास
तुलसीपुर उपमहानगरपालिका-६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भन्नुभयो, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसदमा शिक्षामन्त्री बन्नुभएका शङ्कर थापाले दिनुभयो ।
इन्जिनियरिङमा पैँसठ्ठी प्रतिशत भर्ना
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् ।
शिक्षाको बेथिति अन्त्य गर्न माग
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कँदै गएको र विद्यार्थीमाथि खेलबाड भइरहेको भन्दै सरोकारवालाहरूले सुधारको माग गरेका छन् ।
एक सय तेइस विद्यार्थीहरूलाई न्यानो कपडा
पूर्व विद्यार्थी मञ्चले श्रवण माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपट वितरण गरेको छ । पुतली बजार–१४, लामागेमा रहेको श्रवण मावि अध्ययनरत १२३ जना विद्यार्थीहरूलाई एक लाख २५ हजार रुपियाँ बराबरको न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेको हो ।
नेपालको शिक्षा मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शिक्षा युग सुहाउँदो मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
बेनी सामुदायिक देशभरिमा सातौँ उत्कृष्ट विद्यालय घोषित
म्याग्दीको बेनी बजारस्थित बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको छ ।
काठमाडौं महानगरपालिका र केयूबिच नीतिगत सम्झौता
काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबिच सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न नीतिगत सम्झौता भएको छ ।
गल्कोटलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
गल्याङ नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव २०८० को समापन भएको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्कोट माविले हात पारेको छ ।
स्रोत शिक्षक पठाउँदै महानगरपालिका
सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा गुणस्तर उकास्न काठमाडौँ महानगरपालिकाले स्रोत शिक्षक परिचालन गर्ने भएको छ । महानगरभित्रका सामुदायिक विद्यालयमा स्थायी रूपमा कार्यरत शिक्षकलाई खुला प्रतिस्पर्धाबाट छानेर स्रोत शिक्षकका रूपमा विद्यालयमा पठाउन लागेको हो । जसका लागि महानगरले ११ जना स्रोत शिक्षक छनोट गरिसकेको छ ।
शिक्षकलाई अनिवार्य प्रविधि कक्षा
इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकका लागि प्रविधि कक्षा लिन अनिवार्य गरेको छ । प्रविधिको सिकाइ नहुँदा विद्यार्थीले पनि प्रविधि सिक्न नपाएको भन्दै गाउँपालिकाले पहिला शिक्षकलाई प्रविधिमा दक्ष बनाउन पहल थालेको हो ।
कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून
भेरीगङ्गा (सुर्खेत), मङ्सिर २५ गते । बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा एक प्रतिशत मात्रै बजेट विनियोजन भएको देखिएको छ । प्रदेश सरकारले विनियोजन आव २०७८/०७९ देखि आव २०८०/८१ सम्मको बजेटलाई विश्लेषण गरिएको थियो । यसअन्तर्गत आव २०७८/७९ मा प्रदेश सरकारले छुट्याएको रु ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार कूल बजेटमध्य १४ करोड ९० लाख १७ हजार सात सय ७३ अर्थात् १ दशमलव २८ प्रतिशत मात्रै बालबालिकाको क्षेत्रमा बजेट विनियोजन भएको थियो ।त्यसैगरी, आव २०७९/०८० मा बालबालिकाको क्षेत्रमा बजेट घटेको देखिएको छ । कूल बजेट रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेटमध्ये बालबालिकाको क्षेत्रमा रु २८ करोड १४ लाख २८ हजार आठ सय आठ अर्थात् ० दशमलव ८६ प्रतिशत मात्रै बजेट विनियोजन भएको छ । यस्तै, चालु आवमा समेत बालबालिकाको क्षेत्रमा बजेट १ दशमलव ०७ प्रतिशत मात्रै विनियोजन भएको छ । यस वर्ष सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन गरेकोमा बालबालिकाको क्षेत्रमा रु ३५ करोड ५८ लाख २५ हजार ५२ मात्रै विनियोजन भएको सिसीआर कर्णाली प्रदेशका अध्यक्ष टेकराज आचार्यले जानकारी दिनुभयो । बजेट विश्लेषण गर्दा बाल अधिकारका चार क्षेत्रलाई समावेश गरिएको थियो भने विद्यालय पूर्वाधार निर्माणलाई समेत बालबालिको क्षेत्रमा बजेट मानिएको छ । यसैबीच बजेट विश्लेषण समीक्षा कार्यक्रममा सरोकारवालाले बालबालिकाको क्षेत्रमा लगानी बढाउन तिनै तहका सरकारले प्राथमिकता दिन आग्रह गरिएको छ । उनीहरुले बालबालिकामा लगानी गरे मात्रै समृद्धि हासिल हुने जनाउँदै तिनै तहका सरकारले त्यहीअनुसारको योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन् । सिसीआर कर्णाली प्रदेशका अध्यक्ष आचार्यले प्रदेश सरकारले बालबालिकामा लगानी गर्न नसकेको जनाउँदै यस्तो अभ्यासले समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घका सुर्खेतका अध्यक्ष प्रकाश सारु मगरले पनि बालबालिकामा लगानी बढाउन सरकारलाई सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न सरोकारवालाले बजेट विश्लेषण नतिजाले बालबालिकाप्रति सरकार संवेदनशील नदेखिएको गुनासो गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बालबालिकामा लगानी बढाउन आवश्यक रहेको जनाउँदै त्यसको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बालअधिकार महासन्धि १९८९ मा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको अधिकारको व्यवस्था गरेको, नेपालको संविधान धारा ३४ मा बालबालिकाको मौलिक हकको व्यवस्था गरिएको छ । बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार राज्यको दायित्वको व्यवस्थासमेत गरिएको छ । तर सरकारले भने बालबालिकाका सवाललाई खासै चासो नदिएको सरोकारवालाले बताएका छन् । रासस
के यूका एक हजार आठ सय विद्यार्थी दीक्षित हुँदै
काभ्रेपलान्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (के यू) को २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा एक हजार आठ सय विद्यार्थी दीक्षित हुने भएका छन् । बुधवार हुने २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज, साइन्सका एक हजार ८३८ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।
देववाणीलाई नमुना बनाउन सुझाव
पाल्पाको तानसेन नगरपालिका–२ नारायणस्थानस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयको पठनपाठनलाई देशकै नमुना बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरूप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।
प्रधानाध्यापक नियुक्ति नगर्न अदालतको आदेश
कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक नियुक्ति गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत जुम्ला इजलासले आदेश गरेको छ । गाउँपालिकाले परीक्षा लिएर विद्यालयका प्र अ नियुक्ति गरेको विषयमा घुसपैठ भएको भन्दै शिक्षकहरूले उच्च अदालत जुम्लामा रिट दर्ता गरेपछि अदालतले अन्तरिम आदेश दिँदै निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
विद्यार्थीद्वारा गुरु अभिनन्दित
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नंं ९ आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पुरुषोत्तमप्रसाद ढुङ्गानालाई अभिनन्दन गरिएको छ ।
कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा-२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो ।
शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला
समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ ।