कपाल काटेको शुल्क वृद्धि गरेको भन्दै विरोध
ताप्लेजुङमा नाइँ सङ्घले सैलुन सेवाको शुल्क अस्वाभाविक वृद्धि गरेको भन्दै विद्यार्थीले विरोध गरेका छन् । सैलुन सेवाको शुल्क अस्वाभाविक अर्थात् एकै पटक ५० प्रतिशतले वृद्धि गरिएको भन्दै विद्यार्थीहरूले विरोध गरेका हुन् ।
पुल अलपत्र: ठेकेदार बेपत्ता
खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको छ । पुलको निर्माण जिम्मा पाएको ठेकेदार समेत बेपत्ता भएपछि पुल निर्माणले गति लिन सकेको छैन ।
धनकुटामा उद्योग दर्ता घट्दो क्रममा
धनकुटामा पछिल्लो समय उद्योग दर्ताको सङ्ख्या घट्दो अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।
स्याङ्जामा बाह्रै महिना सुन्तला
सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा १२ महिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ ।
केरा खेतीमा देखियो पानामा रोग
कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ ९पानामा० रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो ।
कैफियत देखिएका वस्तुको नमुना परीक्षण
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७९/८० मा बजार अनुगमनका क्रममा ५५ वटा वस्तुको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको जनाएको छ । विभागले सो अवधिमा तीन हजार ६९५ वटा व्यवसायी फर्मको अनुगमन गरेकामा कैफियत देखिएका ५५ उद्योगका वस्तुको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको हो ।
एचआइडिसिएलको पुनर्संरचनाबारे छलफल
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को पुनर्संरचना टुङ्गो लगाउन गृहकार्य थालेको छ । सोमबार मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमलगायतको सहभागितामा यस विषयमा छलफल भएको थियो ।
अर्थतन्त्र उकास्न सुझाव
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अर्थतन्त्रमा कठिनाइ आएका बेला मौद्रिक नीतिले मात्रै अर्थतन्त्र तङ्ग्रिन नसक्ने बताउनुभएको छ । भरतपुरमा मङ्गलबार पत्रकारसँग कुराकानी गर्दै उहाँले खस्कँदो अर्थतन्त्र उकास्न मौद्रिक नीतिसँगै अर्थ मन्त्रालयले वित्तीय नीति अगाडि सार्नुपर्ने सुझाव दिनुभयो । “मौद्रिक नीतिले केही सहयोग पु-याउन सक्छ तर यसैका आधारमा मात्रै अर्थतन्त्र तङ्ग्रिन सक्दैन । यदि देशको अर्थतन्त्र सुधार्ने हो भने वित्तीय नीतिलाई अर्थ मन्त्रालयले अगाडि सार्नु पर्छ,” उहाँको स्पष्ट भनाइ थियो ।
श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ (सेयर) निष्कासनका लागि प्रक्रिया अगाडि बढाउन आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्कासनसम्बन्धी कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी गर्ने जनाइएको छ ।
छ अर्ब लागतमा चाँदनी दोधारामा आइसिपी निर्माण
झन्डै छ अर्ब रुपियाँ लागतमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुने भएको छ । भारत सरकारको सहयोगमा सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुन लागेको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को मस्यौदा नेपाललाई पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
नेपाली श्रमिकका लागि असुरक्षित बन्दै साउदी
साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित बन्दै गएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार अगस्ट (साउन १६ देखि भदौ २९ सम्म) महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत २१५ जनाले ‘एक्जिट’ भिसा लगाएका छन् । दूतावासका अनुसार अगस्ट ३ मा ७९ जनाले, अगस्ट १० मा ४१ जनाले, अगस्ट २२ मा ५८ जनाले र अगस्ट २९ मा ३७ जना गरी २१५ जनाले साउदीबाट स्वदेश फर्कने अनुमति अर्थात् एक्जिट भिसा पाएका छन् ।
आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको पहिलो महिनाको लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
सुनको मूल्य प्रतितोला छ सयले बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो ।
अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी
व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।
हेटौँडा सिमेन्टको मूल्य घट्यो
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।
मदिरा बिक्रीमा रोक लगाउन माग
उपभोक्ता हकहित र अधिकारको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मीहरूले मदिराजन्य पदार्थको खुला रूपमा भइरहेको बिक्रीवितरणमा रोक लगाउन माग गरेका छन्। मदिराले नेपाली समाजलाई प्रत्यक्ष असर पु-याएको भन्दै खुला बिक्रीवितरणमा रोक लगाउन माग गरेका हुन्। मदिराको विज्ञापनमा समेत रोक लगाउन आग्रह गरेका छन्। उपभोक्ता अधिकारकर्मीहरूले मदिराकै कारण नेपाली समाज विसङ्गतितिर उन्मुख भइरहेको आरोप लगाएका छन्। उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशको आयोजनामा ‘उपभोक्ता हित र संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्ने उपभोक्ता अधिकारकर्मीहरूले सो माग गरेका हुन्। सबै उपभोग्य वस्तुको बिक्री खुला हुन नहुने भन्दै त्यसमा पनि मदिराको
महानगरपालिकाको पैँसट्ठी करोड राजस्व सङ्कलन
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको साउन महिनामा ६५ करोड ४२ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले विभिन्न शीर्षकमा ६५ करोड रुपियाँ राजस्व सङ्कलन गरेको हो । आव २०७७/७९ को साउन महिनामा ४३ करोड ५३ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत आवको तुलनामा २२ करोड रुपियाँ राजस्व बढी सङ्कलन भएको हो । यस्तै आव २०७७/७८ मा साउन महिनामा २६ करोड ३९ लाख ५३ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
‘भरतपुर भ्रमण वर्ष २०२४’ को तयारी
भरतपुर महानगरपालिका यति बेला भ्रमण वर्षको तयारीमा जुटेको छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउने घोषणालाई कार्यान्वयन गर्न महानगर तयारीमा जुटेको हो । महानगर प्रमुख रेनु दाहालसहितको टोली बुधबार भरतपुर–६, देवनगरमा चितवन निकुञ्जले निर्माण गर्न लागेको वन्यजन्तु उद्धार केन्द्र पुगेको थियो । सोही केन्द्र परिसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनसहित निकुञ्जका अधिकारीबिच अन्तर्क्रिया भयो । महानगर प्रमुख दाहालले उद्धार केन्द्रलाई पर्यापर्यटनसँग जोडेर चिडियाखाना जस्तै गरी पर्यटकलाई वन्यजन्तु देखाउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । निकुञ्जका अधिकारी पनि त्यस विषयमा सहमत भए । मात्र कसले कुन भूमिका निर्वाह गर्ने भन्नेमा निचोडमा पुग्न बाँकी छ ।
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
उत्पादनमूलक क्षेत्रले पाउँदै आएको दुई करोड रुपियाँको सुविधा बढेर चार करोड पुगेको छ । नेपाल राष्ट्र बैङ्कले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको प्रतिबद्धता अनुसार राष्ट्र बैङ्कले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको हो ।
सुनसान छन् बागलुङका घरबास
बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन्
बागमती प्रदेशको माटोमा अम्लीयपनको समस्या
बागमती प्रदेशमा खेती हुँदै आएको माटोमा अम्लीयपनको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा यस्तो पाएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो । प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, बर्सातको पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उहाँले बताउनुभयो ।
म्याग्दीमा तिस हजार पर्यटक
गत आर्थिक वर्षमा हिमाली जिल्ला म्याग्दीको झन्डै ३० हजार पर्यटकले अवलोकन गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । लामो समयसम्म विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिम पूर्ण अवस्था पछि गएको वर्ष उक्त सङ्ख्यामा विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको भ्रमण गर्नका लागि बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका, स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताइवानबाट पर्यटक आएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिनुभयो ।
संस्थापकद्वारा अप्पर तामाकोशीको हकप्रदमा लगानी
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम बुझाएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको कुल पाँच अर्ब ४० करोड नौ लाख रुपियाँ चुक्ता गरेका छन् ।
भैरहवाबाट यात्रुलाई काठमाडौँ हुँदै हङकङ र दिल्ली उडान
नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।