गुर्जामा स्याउखेतीको परीक्षण सफल
म्याग्दी, भदौ१५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिनुुभयो । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उहाँले भन्नुुभयो, “सबै बोटमा फल लागेको छ ।” गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार सात सय मिटर छ ।गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर घेराबार गरी स्याउको बगैँचा बनाएको थियो । नाइलीबाङमा २६ कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका हुन् । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती गरिएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८÷७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियोे ।आव २०७७÷७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पाँच सय ९२ बिरुवा रोपिएका थिए । कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुुर्मीले गुर्जामा जिल्लामै पहिलोपटक स्याउखेतीको परीक्षण सफल भएको बताउनुुभयो । “हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउखेती थालिएको थियो”, उहाँले भन्नुुभयो, “छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउखेती विस्तारको सम्भावना बढेको छ ।”यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “उच्च घनत्वको स्याउखेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौँ ।” रासस
प्रतिजैविक औषधीमा रातो धर्का राख्न निर्देशन
औषधी व्यवस्था विभागले प्रतिजैविक औषधीमा अनिवार्य रूपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ । औषधी सल्लाहकार समितिको ५५ औँ बैठकबाट विभागलाई सो व्यवस्था लागु गर्न सिफारिस आएसँगै विभागले बुधबार विज्ञप्तिमार्फत औषधी उत्पादन तथा आयातकर्तालाई अनिवार्य औषधीको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो ।
वैदेशिक रोजगार बोर्डद्वारा स्वास्थ्य उपचार खर्च
वैदेशिक रोजगार बोर्डले पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विदेशमा गएका श्रमिकका ११२ परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले आर्थिक वर्ष २०७९/८० मा ११२ परिवारका सदस्यलाई ५६ लाख रुपियाँ आर्थिक सहायता प्रदान गरेको हो ।
तातोपानी नाकामा आउजाउ खुल्दै
आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका भदौ १५ गतेबाट मानिसका लागि दुईतर्फी आउजाउ खुल्ने भएको छ । आयात निर्यात खुले पनि मानिसका लागि आठ वर्षसम्म नाका आउजाउका लागि खुलेको थिएन । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार चिनियाँ अधिकारीले शुक्रबार अर्थात् सेप्टेम्बर १ बाट मानिसका लागि दुवैतर्फी नाका खुल्ने जानकारी दिएको छ । पहिलो चरणमा सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पास उपलब्ध गराई आउजाउ खुल्ने भएको छ ।
१३ लाख मेट्रिक टन धान अपुग अभाव पूरा गर्न चैते धानमा जोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको छ । अगामी आर्थिक वर्षमै धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादन कार्यक्रममा जोड दिइएको छ । कृषिमन्त्री डा. वेदुराम भुसालले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड नदिई नहुने बताउनुभयो । “जति गरे पनि वर्षे धान योभन्दा बढी उत्पादन गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “एक त कृषियोग्य जमिन घट्दै गइरहेको छ, भएको जमिन पनि बाँझो हुन थालेको छ, त्यसले गर्दा वर्षे धान उत्पादनले मात्र लक्ष्यलाई भेट्टाउन सकिँदैन, त्यसका लागि चैते धान उत्पादनमा जोड दिनु पर्छ ।”
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।
जनै धागो बेचेरै वार्षिक ४० लाख आम्दानी
बुटवलका बुद्धिप्रसाद शर्माले वैदिक जनै, रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरोलगायतका सामग्री उत्पादन गरेरै वार्षिक ४० लाख रूपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । राधा जनै धागो उद्योग स्थापना गरेर शर्माले उत्पादन गर्दै आएको जनैलगायतका सामान नेपाल तथा विदेशमा समेत निर्यात गर्न सफल हुनुभएको छ । वैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौँ कमाउन सकिन्छ भन्ने उदाहरण बनेका बुद्धिप्रसाद शर्मा सबैका लागि प्रेरणाका स्रोत पनि बन्नुभएको छ ।
करिब डेढ लाखलाई सहुलियतपूर्ण कर्जा प्रवाह
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपाल सरकारको ब्याज अनुदानमा बैङ्क तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तमा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको हो । समीक्षा अवधिमा एक खर्ब ९७ अर्ब छ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३५० ऋणीलाई प्रवाह भएको एक खर्ब ३५ अर्ब ७६ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई प्रवाह भएको ५८ अर्ब ३८ करोड कर्जा रहेको छ ।
सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्दै
सामाजिक सुरक्षा कोषमा योगदानसहित आबद्ध हुनेमा वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा नै स्वरोजगारको आकर्षण उच्च देखिएको छ। २०७९ चैत ८ गते वैदेशिक रोजगारका लागि कोषमा आबद्ध गराउन थालिएकोमा हालसम्म कोषमा आबद्ध हुनेको झन्डै आधा सङ्ख्या पुग्न लागेको छ। सरकारले २०७५ मङ्सिर ११ गते सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकको आबद्धता थालेको हो।
विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्नु आवश्यक छ : मन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ।
उन्नाइस रोपनी जमिनमा सयपत्री फूल
तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो ।
स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान
एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् ।
सुनको मूल्य बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ ।
राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो
खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।
उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट
पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ ।
साहसिक पर्यटनको गन्तव्यको रूपमा नेपाललाई विश्वभर प्रचार गर्नु पर्छ : निमानुरु शेर्पा
नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ ।
“खप्तड” लाई विश्वभर चिनाउन सफल आध्यात्मिक सम्मेलन
खप्तड ३२ सय मिटरको उचाइमा रहेको, खप्तड बाबाले ५० वर्ष तपस्या र साधना गरेको पवित्र भूमि हो । यसलाई भू स्वर्ग र अलौकिक भर्जिन ल्याण्डका रूपमा पनि चिनिन्छ ।
नार्कको पुनर्संरचना गर्ने प्रतिवेदन तयार
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचनाका लागि अध्ययन गर्न बनेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा नार्कमा बुधबार आयोजित कार्यक्रममा उपसमितिका संयोजक डा. टेकबहादुर गुरुङले आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभयो । नार्कलाई कसरी सुधार गर्न सकिन्छ, त्यसलाई पुनर्संरचना गर्नका लागि के के गर्नु पर्छ, त्यसका बारेमा अध्ययन गर्नका लागि कृषिमन्त्री भुसालले तीन सदस्यीय उपसमिति गठन गर्नुभएको थियो ।
बेसार खेतीमा रमाउँदै चुरे क्षेत्रका किसान
वराहक्षेत्रको चुरे क्षेत्रका स्थानीय वर्षौंदेखि बेसार खेती गरेरै जीविका चलाउँदै आएका छन् । चुरे क्षेत्रका अर्चले, सूर्यकुण्ड, धापा गाउँ, चियाबारीलगायत गाउँका स्थानीय चार दशकदेखि बेसार खेती गर्दै आएका छन् । भौगोलिक विकटताले गर्दा पछि परेको वराहक्षेत्र नगरपालिका–१ को चुरे क्षेत्रका स्थानीयले प्रमुख बालीका रूपमा बेसार खेती गर्दै आएका छन् । धरानबाट दुई घण्टाको यात्रा र चतराबाट डेढ घण्टाको पैदल यात्रापछि पुगिन्छ चुरेका गाउँ । सूर्यकुण्ड र चियाबारी क्षेत्र पुग्ने कच्ची सडक भए पनि वर्षायाममा गाडी चल्दैनन् । हिउँदमा भने अटो, टेम्पो र साना गाडी चल्ने गर्छन् ।
बाँझो जमिनमा खेती लगाउन पहल
ग्रामीण भेगबाट बजार झर्नेको सङ्ख्या वृद्धि भएसँगै गाउँपाखामा रहेका उर्वर भूमि बाँझो हुने क्रम बढिरहेको छ । पुराना कलाले भरिएका ढुङ्गाको छानो भएका परम्परागत शैलीका घर जीर्ण अवस्थामा पुगेका छन् । गाउँमा बसेका गाउँले पनि किसानीप्रति त्यति लगाव भएका पाइँदैन । दुःखसुख गरेर उत्पादन गरेको अन्नबाली बाँदर र बँदेलले खाँदा किसानमा झन् निराशा पैदा भएको छ । खेतीयोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजी गरेको छ । नगरभित्रका खेतीयोग्य बाँझो जमिनमा नगरले नै कागती खेती, आलु खेती, कफी खेती, सुन्तला खेतीलगायतका आयआर्जन दिने बिरुवाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
दुई म्यानपावर कम्पनी निलम्बित
वैदेशिक रोजगार विभागले गैरकानुनी गतिविधि गरेका दुई वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर) लाई निलम्बन गरेको छ । विभागसँग स्वीकृति नलिई व्यक्तिगत रूपमा दक्ष र सिपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेसनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालि र ओमेगा इन्टरनेसनल प्रालि निलम्बनमा परेका हुन् ।
किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै
लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरूलाई केही राहत मिलेको हो ।
विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
आठ सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो ।