उखु किसानले पाएनन् अनुदान
सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रोता किसान चिन्तित छन् । आर्थिक वर्ष २०७९/८० मा प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने भनिएको रकम हालसम्म पनि नपाएपछि उखु बिक्रोता किसान चिन्तित बनेका हुन् ।
बेरोजगार बढ्दै रोजगारी घट्दै
मुलुकका बेरोजगार युवालाई रोजगारी प्रदान गर्न भन्दै सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) मा सूचीकृत हुुने बेरोजगार युुवाको सङ्ख्या बढ्दै जाने तर रोजगारी सिर्जना गर्ने बजे
पहिलो साधारण सभाअघि नै सेयर बाँडफाँट गर्नुपर्ने
कम्पनीहरूमा विभिन्न चरणमा हुने पुँजी लगानीको विश्वसनीयता कायम गर्ने उद्देश्यसहित कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ व्यवस्था लागु गरेको छ । कम्पनी प्रशासनको सिलसिलामा गरिने सुरु सेयर बाँडफाँ
जनकपुरमा व्यापारः सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्
जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो ।
नेपालले कोदो उत्पादन बढाउनुपर्छ: कृषि मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
प्रक्रियागत झन्झटले लगानीमा समस्या
पाँच वर्षको अवधिमा मुलुकमा झन्डै दुुई खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएकामा ७६ अर्ब रुपियाँ लगानी भित्रिएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव
चाडपर्व नजिकिएसँगै बजार अनुगमनको तयारी
सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुुगमनका लागि तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला चाडपर्वलक्षित अनुुगमन गर्नका लागि कर्मचारीको माग गरेको छ ।
खाली जग्गा सदुपयोग गरी कागती खेती
धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो ।
सहकारीको समस्या समाधानमा सरकार प्रतिबद्ध
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी अभियान सही बाटोमा नलागे राज्य चुप लागेर नबस्ने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यव्रmममा उहाँले भन्नुभयो, “अहिलेसम्म स्वनियमन र स्वअनुगमनका रूपमा सहकारीलाई छाडियो, अभियानले बाटो बिरायो भने राज्य चुप लागेर बस्दैन, कानुनी कारबाही अगाडि बढाउँछ ।”
‘तिज विशेष उद्यमशील एक्स्पो’
नेपाली महिलाको महान् चाडको अवसर पारेर चितवनको भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा ‘तिज विशेष उद्यमशील एक्स्पो २०८०’ गरिने भएको छ । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग सङ्घ युवा उद्यमी मञ्च र महिला सृजनशील केन्द्रको संयुक्त आयोजनामा चितवनमै पहिलो पटक भदौ २२ देखि २४ सम्म एक्स्पो गर्न लागेको मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
टिपर चढेर धुलाम्मे हुँदै हिल्सा यात्रा गर्नुपर्ने बाध्यता
चीनको ताक्लाकोटमा कामका लागि हिल्सासम्म जानका लागि हुम्लावासीलाई टिपर चढेर हिल्सासम्म जानु पर्ने बाध्यता रहेको छ । बोलेरो जिप भन्दा भाडा दर कम पर्ने भएको कारण जोखिम उठाएरै भए पनि यात्रुहरू टिपर चढ्नु पर्ने बाध्यता रहेको हो ।
तिप्ल्याङ कालीगण्डकी जलविद्युत्को पिपिए
आइएमई समूहको प्रवर्धनमा बन्ने तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् ख
भारतद्वारा १० हजार मेगावाट विद्युत् खरिद सम्झौता स्वीकृत
भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालसँग खरिद गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । यससँगै नेपालको विद्युत् खरिदमा भारत अनुदार रहेको आशङ्कालाई चिरिएको विचार ऊर्जाविद्हरूको छ ।
मौरी–भँवराको कमीले अलैँचीमा समस्या
सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ ।
भुटान एयरलाइन्सले काठमाडौँ उडान गर्दै
भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।
भ्रष्टाचारमा संलग्न कसैलाई छोड्नु हुँदैन : नेता पुन
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोड्न नहुने बताउनुभएको छ।
नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन
भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ। नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले जानकारी दिनुभएको छ।
टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ ।
विद्युतीय सवारीप्रति बढ्दै आकर्षण
घोराही निवासी वसन्त जोशी करिब एक वर्षदेखि विद्युतीय गाडी चढ्दै आउनुभएको छ । निजी प्रयोजनका लागि विद्युतीय कार किन्नुभएका जोशीलाई विद्युतीय गाडी किनेपछि तेल सकिएला र मूल्य बढ्ला भन्ने चिन्ता छैन ।
खाद्यान्न र दूधमा आत्मनिर्भरताका लागि प्राथमिकता
सरकारले खाद्यान्न र दूधजन्य पदार्थमा अत्मनिर्भरका लागि सिँचाइ, सामूहिक खेती, पशुस्वाथ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम
चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो ।
गबारो र फौजी कीराले धानबाली सखाप
झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।
सुनको मूल्य प्रतितोला एक लाख १३ हजार
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू चार सयले बढेको हो ।
वार्षिक तिस हजार मेट्रिक टन विषादी प्रयोग
खाद्यान्न र तरकारी बाली उत्पादनका लागि उर्वर भूमि मानिने सुनसरी जिल्लामा पछिल्लो समय तरकारी, धान, मकै, गहुँलगायतका अन्नबालीमा विषादीको प्रयोग बढी हुने गरेको छ ।