चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण
चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडिलाई करिब २८ करोडको राहत हस्तान्तरण गरेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र फ्रिडम फन्ड टोलीबिच भेटवार्ता
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको सङ्गठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबिच आज गृह मन्त्रालय, सिंहदरबारमा भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
चीनबाट १० करोडका सामग्री नेपाल ल्याइँदै
जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल पठाएको छ ।
'नर्थल्ट १० के' दौड कार्यक्रम सम्पन्न
इंगल्याण्डमा रहेको नेपाल रन यूके क्लबले आइतबार लण्डनस्थित नर्थला पार्कमा “नर्थल्ट १० के” दौड कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा युरोप भ्रमण स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।
वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द
वायु प्रदूषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । भारतको राजधानी दिल्ली र वरपर वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गर्नुभयो ।
नेपाल अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिका आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको भ्रमण व्यस्त कार्यतालिकाका साथ सम्पन्न भएको छ । लामो समयपछि दुई देशबीच परराष्ट्र मन्त्रीस्तरमा द्विपक्षीय वार्ता सौहार्दपूर्ण रुपमा फलदायी भएको छ ।
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीलाई राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ ।
अशोक वर्ल्ड र्याङ्किङ जी फोरमा
विश्व तेक्वान्दो र दक्षिण कोरियाली खेल मन्त्रालयले आयोजना गरेको वर्ल्ड र्याङ्किङ जी फोर प्रतियोगिताअन्तर्गत दक्षिण कोरियाको मुजुमा आयोजना भएको विश्व तेक्वान्दो पुम्से ओपन च्यालेन्जमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।