राष्ट्रसंघका उपमहासचिव जिन पियरे लुम्बिनी भ्रमणमा
संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ । चार दिवसीय भ्रमणका लागि नेपाल आउनुभएका उपमहासचिव पियरेलाई आज लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।
वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ ।
१९औँ एसियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी
नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका २३३ नेपाली खेलाडीले चीनको हाङझाउ सहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सरकार एनआरएनहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैर आवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल र मङ्गोलियाबिच सहमति
ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्धनमा सहकार्य गर्न नेपाल र मङ्गोलियाबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण, यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान गर्न नेपाली व्यवसायी र मङ्गोलियाली अधिकारी सहमत भएका छन् । नेपाल पस्मिना उद्योग सङ्घ तथा मङ्गोलियाली सरकारको रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबिच यस विषयमा बुधबार समझदारी भएको हो ।
सिक्किमका विद्यार्थीलाई काठमाडौंमा स्वागत
मित्रराष्ट्र भारतको सिक्किम राज्य स्थित राष्ट्रिय भाषा एवं संस्कृति विद्यालय, गान्तोकका विद्यार्थीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ ।
सीमा नाकाहरूमा आवातजावत सहज बनाउन चीन सकारात्मक
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिवको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गर्नुभएको छ ।
अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पुरातात्त्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै
अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ ।