नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द
जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका छन् ।
अर्थमन्त्री पुन र विश्व बैङ्कका दुई उपाध्यक्षबिच भेटवार्ता
अर्थमन्त्री वर्षमान पुनले विश्व बैङ्कका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ । आकिहिको निसिओ विश्व बैङ्कका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ ।
लगानी सम्मेलनबारे कतारको चासो
नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्त गर्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मङ्गलबार सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत अन्सारीले लगानी सम्मेलनका विषयमा व्यक्त गर्नुभएको हो । भेटमा श्रममन्त्री अर्यालले नेपालले गर्न लागेको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई लक्षित गरेर गरिएकाले कतारबाट पनि सहयोग आउनेमा विश्वास व्यक्त गर्नुभयो ।
उच्च जोखिमका क्षेत्रमा श्रमिक नपठाउन आग्रह
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्चालन (एनएनएसएम) ले द्वन्द्व प्रभावित क्षेत्रमा जोखिमपूर्ण वा उच्च जोखिमको कामका लागि नेपाली श्रमिक पठाउन रोक्न सरकारसँग आग्रह गरेका छन् । जेटियुसिसी र एनएनएसएमले मङ्गलबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जोखिमपूर्ण देशमा नेपाली श्रमिकको भर्तीलाई रोक्न माथिल्लो तहबाट तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् ।
रासायनिक मल उद्योग स्थापनामा लगानी गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
इजरायली आक्रमणबाट ३३ हजार ७९७ प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ३३ हजार ७९७ पुगेको छ ।
भारतीय नाका आजदेखि तीन दिन बन्द
भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।
इजरायलमा रहेका नेपालीको सुरक्षा चासो
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गर्नुभएको छ । आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अभिभलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गर्नुभएको हो ।
अमेरिकामा नेपाली चेम्बर गठन
अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् ।
अर्थमन्त्री पुन अमेरिका प्रस्थान
अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ ।
वैदेशिक रोजगारी एक वर्ष : सात लाखभन्दा बढीले श्रम स्वीकृति लिए
पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसो त अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए ।
इरानद्वारा इजरायलमाथि आक्रमण : नेपाली नागरिक सुरक्षित
इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा कार्यरत नेपाली नागरिक सुरक्षित रहेको प्रस्ट पारेको छ । द्वितीय सचिव कुमारबहादुर श्रेष्ठले इरानले इजरायलका विभिन्न क्षेत्रमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरे पनि नेपाली नागरिकलाई कुनै किसिमको क्षति नभएको जानकारी दिनुभएको हो ।
इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह
इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आइतबार अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ ।
प्रवासमा नेपाल पढाउने टेक्सास पाठशाला
अमेरिकाको टेक्सास स्टेटमा नेपाली समाज टेक्सासले ग्लोबल नेपाली भाषा पाठशाला सञ्चालन गरेर प्रवासमा रहेका नेपाली युवालाई नेपाली भाषा संस्कृतिको ज्ञान प्रदान गरी नेपाल फर्काउने अभियान सञ्चालन गरेको छ ।
उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
‘विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ’
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ ।
विकास सहायता वृद्धि गर्ने बेलायती सांसद्को प्रतिबद्धता
संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ ।
डलर ठगी मुद्दामा अर्बपति त्रुओङलाई भियतनाममा मृत्युदण्ड
रियल स्टेट व्यवसायी त्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले जनाएको छ ।
चिनियाँ विश्वविद्यालयको संस्कृत मोह
विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ ।
जाजरकोटका विद्यालय पुनः निर्माण गर्न बेल्जियममा कार्यक्रम
गैर आवासीय नेपाली सङ्घ बेल्जियमले जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ ।
धर्म संरक्षण गर्न लाखौँ दान
अमेरिका आए पनि नेपालीलाई आफ्नो धर्म र संस्कृति कति प्यारो छ भन्ने कुरा अमेरिकाका विभिन्न राज्य र स्थानमा खुलेका धार्मिक अनुष्ठान, सांस्कृतिक केन्द्र र बुद्ध गुम्बा, हिन्दु मन्दिरको निर्माणबाट प्रस्ट हुन्छ ।
सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ६ जना बाँकेका
सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएकामध्ये छ जना बाँकेको रहेको खुलेको छ ।
भारतमा सवारी दुर्घटना : सात नेपालीको मृत्यु
सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।
प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी
प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ ।