कतारमा पानी निर्यातको अवसर
नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले बताउनुभएको छ ।
राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्ता सुरु
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबिच राष्ट्रपति भवन शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ ।
नेपाल र कतारबिचका महत्त्वपूर्ण द्विपक्षीय सम्झौता
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ ।
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ ।
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वावार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आउँदै हुनुहुन्छ ।
चरम सङ्कटमा हैटी
क्यारेबियन क्षेत्रको एक गरिब मुलुक हैटी चरम सङ्कटमा फसेको छ । तीन वर्षअघि सन् २०२१ को जुलाईमा बन्दुकधारी समूहले त्यहाँका राष्ट्रपति जोभेनेल मोइजको हत्या गरेपछि अहिलेसम्म निर्वाचित नेतृत्व आउन नसकेकाले हैटीमा अस्थिरता छ । अहिले निर्वाचित राष्ट्रपतिको माग गर्दै बन्दुकधारी समूहले राजधानी पोर्ट–अ–प्रिन्स कब्जा गरेका छन् । राजधानीमा कफ्र्यु र एक महिनाका लागि सङ्कटकाल लागू गरिएको छ । मुलुक सम्हाल्न नसकेपछि अन्तरिम प्रधानमन्त्री एरियल हेनरीले राजीनामा घोषणा गरेका छन् । कैयौँ सातादेखि चुलिँदो दबाब र बढ्दो हिंसापछि
कतारी अमिरको भ्रमणमा युवा तथा खेलकुद र शिक्षा क्षेत्रका समझदारीपत्रमा हस्ताक्षर हुने
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुई दिने भ्रमणका क्रममा उहाँ मङ्गलबार अपराह्न काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कतारका अमिर आज आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैँ त्रिभुवन विमानस्थल पुग्नुहुने छ । आफ्नै विमानमार्फत उहाँ मङ्गलबार साँझ करिब साढे ५ बजे नेपाल उत्रने कार्यसूची छ । त्यसका लागि उच्च तयारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो । तीनै तहको सुरक्षा व्यवस्थालाई सतर्क राखिएको छ । प्रवक्ता राईले भन्नुभयो, “भ्रमणलाई सफल बनाउन सबै खालको शिष्टाचारको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।”
चीनमा भिषण आँधी : ११ जना बेपत्ता
दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता भएका छन् । दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको चिनियाँ मिडियाले जनाएको छ ।
‘कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँ’
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ ।
‘कतारका अमिरको भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ’
पूर्वमन्त्री एवं परराष्ट्र मामिलाका जानकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ ।
प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गर्नुभएको छ । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
‘नेपाल डे’ मा नाचगान
नर्थ क्यारोलिनाको मोरिसभिलमा आठौँ नेपाल डे भव्य रूपमा सम्पन्न भएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसिएनसी) ले नेपाल डे औपचारिक रूपमा प्रत्येक वर्ष अप्रिल महिनाको तेस्रो शनिबार मनाउँदै आएको छ । नेपालीको घना बसोबास रहेको मोरिसभिलमा सो कार्यक्रम मनाइएको हो ।
कतारका अमिरको भ्रमणमा विपिन रिहाइ पनि मुद्दा उठाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेन्डामा राखिएको बताउनुभएको छ ।
कतारका अमिर औपचारिक भ्रमणमा मङ्गलबार नेपाल आउँदै
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ ।
केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु
केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमान्डरको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प
टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।
आठ महिनामै खारेज भयो कार्यविधि संशोधन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चलन कार्यविधि, २०७६ को पहिलो संशोधन खारेज गरेको छ । गत असोज ७ गते संशोधन बिहीबार बसेको मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको हो । गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक रोजगारी प्रवर्धन, वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षालगायतका विषयमा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिनुभएको थियो ।
नेपालको ऊर्जा क्षेत्रीयस्तरमै महत्वपूर्ण
अर्थमन्त्री वर्षमान पुनले नेपालले जलविद्युत्मा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्धनका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिकामा रहनुभएका अर्थमन्त्रीले ‘एसियामा नवीकरणीय ऊर्जा सङ्रक्रमण’ शीर्षक सत्रलाई सम्बोधन गर्दै नेपालको बिजुली आन्तरिक खपत मात्र नभई छिमेकी भारत र बङ्गलादेशसमेत निर्यात हुन लागेको जानकारी गराउनुभयो । सौर्य ऊर्जासँगै जलविद्युत्को क्षमतालाई पूर्ण रूपमा उपयोग गर्ने प्रयासमा नेपाल रहेको पनि उहाँले बताउनुभयो ।
बाढीका कारण ७० जनाको ज्यान गयो
अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताउनुभएको छ ।
समुद्रमा बेपत्ता युवाको शव भेटियो
सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।