बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट
भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेट्नुभएको छ । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहनुभएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिनुभएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
प्रधान सेनापति शर्माद्वारा लेवनानमा मिसन मुख्यालयको भ्रमण
लेवनान भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्मा लगायतको भ्रमणदलले सोमबार युनिफिल मिसन लेवनानमा तैनाथ नेपबाट मुख्यालको निरिक्षण भ्रमण गर्नुभएको छ ।
प्रधान सेनापति शर्माद्वारा लेवनानमा युनिफिल मिसनको भ्रमण
लेवनान भ्रमणमा रहनुभएका प्रधान सेनापति प्रभुराम शर्मासहित टोलीले आइतबार लेवनानस्थित युनिफिल मिसन सेक्टर इस्ट हेडक्वार्टरको भ्रमण गर्नुभएको छ ।
इमिरेट्सका राजकुमार झापामा
आइतवार संयुक्त अरब इमिरेट्स (युएइ) का राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउम पुर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान उद्घाटन गर्न झापा आइपुग्नुभएको छ ।
दुबईका राजकुमार नेपालमा
दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि शनिबार नेपाल आउनुभएको छ ।
प्रधान सेनापति शर्मा लेबनान प्रस्थान, १३ गते अमेरिका जानुहुँदै
प्रधान सेनापति महारथी प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि शनिबार लेवनानतर्फ प्रस्थान गर्नुभएको छ ।
अमेरिकी सैनिक जनरल नेपालमा
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ ।
श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग
वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीकरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
कोरियामा साकेला नाच
जीवन खत्रीसउल, जेठ २४ गते ।सोई ढोले सोई अर्को ढोले खोई... सोई सोई ला हो हुर्रा हा हा... चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए । सन्दर्भ थियो किराँतीको महान् पर्व उभौलीको अवसर । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका किराँती राईले हर्षोलासका साथ साकेला नाच नाचेका छन् । कोरियामा रहेका किराँतीको साझा संस्था किराँत राई यायोख्खा (किराया)ले राजधानी सउलको दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा आइतबार बिहान ११ देखि साँझ ६ बजेसम्म शुभकामना आदानप्रदान तथा साकेला नाच कार्यक्रम आयोजना गरेको थियो । ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रमले नेपाली, विशेषतः किराँती संस्कार र संस्कृतिलाई परदेशमा फैलाउन र कोरियालीमाझ चिनाउनसमेत सहयोगी भएको आयोजक संस्थाका महासचिव जीवन राईले बताउनुभयो । किरायाकी दीपा मेवाहाङ राईका अनुसार प्रत्येक वर्ष वैशाख पूर्णिमादेखि साकेला नाचिने भए पनि परदेशमा पूर्णिमाकै दिन छुट्टी नमिल्ने भएकाले अर्काे दिन पारेर कार्यक्रम गरिएको हो । किराँती रीतिअनुसार भूमिपूजा गरी उभौली मनाइने क्रममा साकेला शिली नाच नाचिन्छ । प्रकृतिपूजक किराँतीले प्रकृतिलाई खुशी पार्नका लागि नाच्ने सो नाचको विशेष अर्थ रहेको कवि शकुन आँसुले बताउनुभयो । किराँती परम्परानुसार उभौलीसँगै मङ्सिर पूर्णिमाका दिनदेखि उधौली पनि मान्ने गरिन्छ तर परदेशमा सम्भव नहुने भएकाले उभौलीलाई मात्र भए पनि निरन्तरता दिइएको कवि सुनिलदिप्त राईले स्पष्ट गर्नुभयो । अन्नबाली लगाइने समयमा बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनाका साथ उभौली मनाइन्छ । साकेला अर्थात् सान्केवा नाचमा हातखुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव–जनावरको नक्कल गरी ढोल–झ्याम्टाका तालमा सामूहिक नृत्य गरिन्छ । साकेलसाकेन्वा नाच्दा प्रस्तुत गरिने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिने आयोजक सुष्मारानाहमा राईले बताउनुभयो । यहाँ रहेका नेपाली किराँतीले हरेक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला दुई वर्ष कोरोनाका कारण रोकिएको थियो । कार्यक्रममा कोरियामा रहेका किराँती समुदायलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, व्यवसासी तथा मजदुरको सहभागिता थियोे ।