यूएईमा आदिवासी महोत्सव हुने
वैदेशिक रोजगारको सिलासिलामा युएईमा रहेका आदिवासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ यूएईले २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा ‘आदिबासी महोत्सव–२०२२’ कार्यक्रम गर्ने भएको छ ।
कङ्गो मिसनमा तैनाथ नेपाली सैनिक सुरक्षित
संयुक्त राष्ट्र सङ्घ शान्ति मिसन अन्तर्गत कङ्गो मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीय जनताहरुले विभिन्न माग राख्दै आन्दोलन गरेका छन् ।
भिजिट भिसाको प्रयोग पर्यटकका लागि मात्रै : गृह मन्त्रालय
गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरुले भ्रमण भिसाको प्रयोग पर्यटकको रुपमा मात्र गर्न अनुरोध गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गरेको हो ।
ऊर्जामन्त्री भुसालसँग बङ्गलादेशका जलस्रोत सचिवको शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आउनुभएका बङ्गालदेशका जलस्रोत सचिव कविर बीन अन्वरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भक्तपुर क्यान्सर अस्पताललाई पाँच हजार पाउण्ड सहयोग
हेल्थ एक्सचेन्ज नेपाल (यूके)ले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग स्वरुप पाँच हजार पाउण्ड (सात लाख ६५ हजार रुपियाँ) प्रदान गरेको छ । हेल्थ एक्सचेन्ज नेपालको तर्फबाट इञ्जिनियर सञ्जिवमान राजभण्डारीले मङ्गलबार भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णु दत्त पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीद्वारा चार देशका आवासीय राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
सुदूरपश्चिम र बानालाई भलिबल उपाधि
बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजनक बाना च्याम्पियन बनेका छन् । आइतबार राति भएको फाइनलमा पुरुषतर्फ सुदूरपश्चिमले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा हरायो ।
चापागाई काउन्टी सदस्यमा निर्वाचित
अमेरिका नर्थ क्यारोलिनामा नेपाली मुलका अमेरिका बस्दै आउनुभएका सतीस चापागाई डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको काउन्टी सदस्यमा निर्वाचित हुनु भएको छ ।
राष्ट्रपतिद्वारा डा. सुवेदीलाई जापानका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।