एनआरएनए अमेरिकाको साधारणसभा सम्पन्न
प्रवासी नेपालीको साझा सङ्गठन गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको एघारौँ साधारणसभा तथा विज्ञ भेला नर्थ क्यारोलिनाको र्यालेमा जुलाई ३ र ४ तारिखमा सम्पन्न भएको छ।
उपराष्ट्रपतिसँग भारतीय राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपराह्न उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।
गैरआवासीयको मताधिकार- संविधानमा सुनिश्चित, संसदमा कानुनको अड्को
विदेशमा रहेका नेपाली नागरिकको मतदाधिकारको विषयले चर्चा पाएको लामो समय भएको छ। गैरआवासीय नेपाली नागरिकको मतदान गर्ने अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले २०७४ सालमा छ बुँदे निर्देशनात्मक आदेश दिएको थियो।
दोहोरो नागरिकताको व्यवस्था चाँडो समाधान गर्नुपर्छ : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको संविधानमा गैर आवासीय नेपालीलाई दिने भनिएको दोहोरो नागरिकतासम्बन्धी व्यवस्था चाँडोभन्दा चाँडो समाधान गर्नुपर्छ भन्नुभएको छ ।
दोहोरो नागरिकताको व्यवस्था चाँडो हल गर्नुपर्छ : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको संविधानमा गैर आवाशीय नेपालीलाई दिने भनिएको दोहोरो नागरिकता सम्बन्धी व्यवस्था चाँडोभन्दा चाँडो हल गर्नुपर्छ भन्नुभएको छ । उहाँले यसलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउनुपर्छ भन्नुभयो ।
परदेश परिचय इरान
पहिले पहिले पर्सिया भनेर चिनिने इरान मध्यएसिया, दक्षिण एसिया र मध्यपूर्वका अरब राज्यहरूको चौबाटोमा अवस्थित छ । अत्यन्तै सामरिक ठाउँमा रहेको र पर्सियन खाडीमा पहुँचका कारण इरान इतिहासदेखि नै महत्त्वपूर्ण मुलुकका रूपमा छ । १६ लाख ४८ हजार १०५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो मुलुकको जनसङ्ख्या आठ करोड ५० लाख हाराहारी छ । इरानको राजधानी तेहरान हो । इरानको राष्ट्रिय भाषा फार्सी हो । इरानको मुद्रालाई रियाल भनिन्छ ।
खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध
नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ ।
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
मलेसियाले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली जाँदै
मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ।