प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गर्नुभएको छ ।
नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मन्त्री डा. राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराउनुभएको हो ।
भारत–नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतका उद्यमीसमक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ ।
वैदेशिक रोजगारीः पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो ।
परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार भारतको नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लाग्नुभएको हो।
रुसले बनायो क्यान्सरविरुद्धको खोप : कति प्रभावकारी
रुसले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको हो । सो खोप रुसले आफ्ना देशमा भएका क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।
कतारको राष्ट्रिय दिवस मनाइयो
कतारले विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाएको छ । कतारका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतार एकीकरणको स्मरण गरी राष्ट्रिय दिवस मनाइन्छ ।
राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बुधबार डा. शङ्करप्रसाद शर्मा भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूूत पदमा नियुक्त गर्नुभएको हो ।
समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिनुभएको छ ।
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ ।
श्रमिक सधैँ पीडामा
वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् ।
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
काठमाडौँ, पुस ३ गते । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ । दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् ।वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन [आइओइम]द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्त्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति छ ।आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम सञ्चालन गरिने उल्लेख छ । श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिने नीति लिइएको छ ।आर्थिक वर्ष २०८०-८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०-८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति [पुनः श्रम स्वीकृतिसमेत] लिई ८० हजार एक सय ७२ महिलासहित कुल सात लाख ४१ हजार दुई ९७ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । ती श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरूको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग रहेको छ । विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस भव्यताका साथ मनाउन लागिएको बताउनुहुन्छ । श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकार निरन्तर प्रयत्नशील रहेको जनाउँदै उहाँले श्रमिकका अधिकार संरक्षण, सीप विकास तथा स्वदेश फर्किएका श्रमिकको पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखिएका बताउनुभयो । द्विपक्षीय श्रम सम्झौता, श्रम कानुनको पुनरवलोकन, अन्तर्राष्ट्रिय श्रम सम्बन्धित समूहमा सक्रिय सहभागिता था पूर्वप्रस्थानदेखि पुनःस्थापनासम्मका कार्यक्रमको कार्यान्वयनमा नेपालमा महत्त्वपूर्ण र अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको उहाँको भनाइ छ । सचिव निरौलाले श्रमिकको हकहित र मर्यादित आप्रवासन सुनिश्चित गर्न गन्तव्य देशसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अल्पसङ्ख्यकहरुको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लैङ्गिक एवं यौनिकलगायतका अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताउनु भएको छ ।
दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताउनुभएको छ ।
हिमाली क्षेत्रको जलवायु परिवर्तन अनुसन्धान गर्न विश्व संस्थासँग आग्रह
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छः उर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत आयात गर्न लागिएको बताउनुभएको छ । मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताउनुभएको हो ।
‘दि राइजिङ नेपाल’ छ दशकमा प्रवेश
वि.सं. २०२२ साल पुस १ गते बिहिवार (१६ डिसेम्बर १९६५) बाट प्रकाशन शुरु भएको ‘दि राइजिङ नेपाल’ गोरखापत्र संस्थानद्वारा प्रकाशन गरिने अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक अखबार हो ।
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । मन्त्री भण्डारी आइतबार औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
मन्त्री पाण्डेद्वारा कम्बोडिया–भैरहवा सिधा उडानको प्रस्ताव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन निलम्बित
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संसद्ले महाअभियोग लगाएको छ ।
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी
राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्णसम्बन्ध विस्तार गर्ने समझदारी भएको छ ।