बङ्गलादेशमा अध्ययनरत विद्यार्थीले सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने
सरकारले बङ्गलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई सोही कलेजले तोकेको मेडिकल कलेजबाटै आफ्नो इन्टर्नसिप पूरा गर्न आग्रह गरेको छ
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।
‘पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न छिमेकीको सहयोग चाहियो’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।
केयर गिभरमा जानेको नाम तत्काल सार्वजनिक नगरिने
इजरायलले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत छनोटमा परेका दुई हजार दुई सयको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सार्वजनिक नगर्ने सूचनामार्फत जानकारी गराएको छ । इजरायलमा सहायक श्रमिक (केयर गिभर) मा जान आवेदन दिएकाले गोला प्रथामा परेकाको नाम सार्वजनिक गर्न दबाब परेपछि मन्त्रालयले मङ्गलबार सूचनामार्फत सोबारे जानकारी गराएको हो ।
मन्त्री पाण्डे भारत प्रस्थान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारत प्रस्थान गर्नुभएको छ । मन्त्री पाण्डे भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मङ्गलबार भारत प्रस्थान गर्नुभएको हो ।
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिनुभएको हो ।
उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट
उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियन कोअपरेशन डाइलगए (सिडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
श्रम काउन्सिलर र श्रम सहचारीका लागि आवेदन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन जना श्रम काउन्सिलर र चार श्रम सहचारी गरी सात पदमा आवेदन खुलाएको छ । रिक्त हुन लागेको काउन्सिलर र सहचारी पदमा कर्मचारी छनोट तथा नियुक्ति गर्नुपर्ने भएकाले आवेदन खुलाइएको श्रम मन्त्रालयले जनाएको छ ।
वरिष्ठ पत्रकार उपाध्यायको निधन
वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ८४ वर्षको उमेरमा आइतबार अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा निधन भएको हो ।
इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक
पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ ।
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ ।
स्वागत समारोहको आयोजना
स्वागत समारोहको आयोजना
मन्त्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भेटवार्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
इजरायली आक्रमणबाट वेस्ट बैङ्कमा ३३ प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैङ्कमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् । करिब १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनीहरू छन् ।
घरेलु श्रमिक पठाउन छलफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु श्रमिक थप सुरक्षित एवं मर्यादित किसिमले पठाउने गरी छलफल भइरहेको जनाएको छ । महिलामाथि राज्यको विभेदकारी नीतिमा अझै परिवर्तन हुन नसकेको भन्दै महिला अधिकारीकर्मी र सरोकारवालाबाट व्यापक गुनासोपछि श्रममन्त्री शरतसिंह भण्डारीले मङ्गलबार सङ्घीय संसद्मा घरेलु श्रमिकसम्बन्धी प्रोटोकलमा हस्ताक्षरका लागि दुई पक्षीय छलफल भइरहेको जानकारी दिनुभएको हो ।
बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित
एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।
पारालिम्पिकः पलेशालाई कांस्य पदक
पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।
वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ ।
मध्यपूर्वी देशमा सीमित रोजगारी युरोपतिर मोडिँदै
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा युरोपका क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइब्रेरियालगायतका देशमा जाने युवाको सङ्ख्या ६६ हजारभन्दा बढी छन् ।
बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता
सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या
टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएको नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो ।
ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशल
ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
राष्ट्रपतिसमक्ष ओमानका विदेशमन्त्रीको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमूद अल बुसाइदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच मङ्गलबार यहाँ द्विपक्षीय वार्ता भएको छ ।