विस्फाेटले ढकेरी–सम्शेरगन्ज सडकखण्डमा खाल्डो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका ८, नयाँगाउँ नजिकै ढकेरी–सम्शेरगन्ज सडकखण्डमा एक्कासी ठूलो खाल्डो (ढ्वाङ) परेको पाइएको छ ।
अमेरिकाबाट हुलाकमार्फत लागू औषध पठाइयो, १० जना पक्राउ
अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय हुँदै पठाइएको लागू औषध गाँजासहित कन्ट्रोल डेलिभरी (हुलाकी)गर्ने व्यक्तिसहित १० जना पक्राउ परेका छन् ।
जबरजस्ती करणीको अभियोगमा शिक्षक पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गोरखामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका –४ अमराईमा बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षका रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तिनकुने हत्या प्रकरणः चारमध्ये तीनजना एकै परिवारका, सबैको सनाखत
काठमाडौँ महानगरपालिका-३२ तीनकुनेस्थित काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ ।
काठमाडौँको तीनकुनेमा चार जनाको हत्या
काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
छोराको कुटपिटले बाबुको मृत्यु
दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका –५ दलजितपुरमा २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए ।
दुर्घटनामा एकको मृत्यु, तीन घाइते
सर्लाहीको बागमती नगरपालिका–८, गाजल चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सुन तस्करी प्रकरण : पचास जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। सिनामङ्गलबाट बरामद भएको ६० केजी सुन तस्करी र त्यससँग जोडिएका अरू घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा त्यस्तो सिफारिस गरिएको हो।
६१ किलो सुन तस्करी प्रकरण : केन्द्रीय अनुसन्धान ब्युरोले बुझायो प्रतिवेदन
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।
सरकारी छाप र दस्तखत किर्ते गर्ने तीन पक्राउ
सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तीन जनालाई पक्राउ गरेको छ ।
घुस रकमसहित प्रधानाध्यापक पक्राउ
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय १४ हजार पाँच सय घुस रकमसहित पक्राउ परेका छन् ।
धम्की दिएर अपराधिक लाभ लिने एक पक्राउ
ज्यान लिनेसम्मको धम्की दिएर आपराधिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ
अवैध रूपमा नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ भेसेटारस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरी प्रभाग बुढानीलकण्ठ काठमाडौँमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वरिष्ठ हवल्दार सिंहविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
चरेससहित दुई जना पक्राउ
दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरू पक्राउ परेका हुन् ।
बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले बैङ्किङ कसुरका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले घोडाघोडी नगरपालिका –४ महितुवा टोलका ३६ वर्षीय ज्ञानबहादुर चौधरीलाई पक्राउ गरेको हो ।
फरार रहेका चार प्रतिवादी पक्राउ
कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बिपी स्वास्थ्य प्रतिष्ठानका अधिकृतविरुद्ध ३३ लाख बढीको भ्रष्टाचार मुद्दा
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आत्महत्या दुरुत्साहन आरोपमा विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ
आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।