बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
वन फडानीको आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ
रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक वडा अध्यक्ष सहित चारजना पक्राउ परेका छन् ।
गोली लागेर युवकको मृत्यु
अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी नजराज सापकोटाले बताउनुभयो ।
सुन किन्ने बहानामा चोरी गर्ने चार पक्राउ
काठमाडौं उपत्यकाको विभिन्न सातभन्दा बढी स्थानमा सुन किन्ने बहानामा चोरी गरी फरार रहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
चामलको बोरामा ब्राउनसुगर लुकाउने पक्राउ
चामलको बोरामा लुकाएर झापाबाट काठमाडौँ पठाउन लागेको झण्डै १० ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
५० लाख मूल्य बराबरको मदिरा नियन्त्रणमा
नेपाल प्रहरीले विभिन्न मितिमा गरी ५० लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद गर्न सफल भएको छ ।
अख्तियारद्वारा मीनबहादुर विष्टको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
प्रहरीको हत्यामा संलग्न दुई भारतीय नागरिक सहित चार पक्राउ
बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा सोमबार बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर
विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। दोस्रो संविधान सभा निर्वाचन प्रयोजनका लागि गठित गैरदलीय सरकारमा मन्त्री रहनुभएका श्रेष्ठलाई विशेष अदालतले सोमबार भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले श्रेष्ठलाई भ्रष्टाचारमा कसुर ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको हो।
बैंकिङ कसूर गरी फरार रहेका तीन पक्राउ
बैकिङ कसूर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार तीन दिन कैद, सात लाख ७७ हजार ८९० रुपियाँ बिगो जरिवाना र क्षतिपुर्ति बापत पीडितलाई ३१ हजार हजार ११५ रुपियाँ जम्मा गराउने ठहर भएको प्रतिवादी बागलुङका ५४ वर्षीय भिमनाथ उपाध्याय पक्राउ परेका छन् ।
काठमाडौं र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी
चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् ।
तीन अभियुक्त २५ वर्षपछि पक्राउ
एकसिंगे गैैंडा मारेर खाग चोरी गरेकोे मुद्दामा २५ वर्ष अगाडि अदालतले दोषी ठहर गरेपछि फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । पक्राउ पर्नेमा गोगन बानिया क्षेत्री, यामबहादुर बानिया र हरि कार्की छन् ।
दोलखामा ७२ वर्षीय वृद्धद्वारा श्रीमती र नातिनीलाई खुकुरी प्रहार
दोलखाको तामाकोसी गाउँपालिमा एक वृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ झुलेको ७२ वर्षीय मोहन बहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
बढ्दो साइबर अपराध
चितवनको नारायणगढ घर भएका सुधीर न्यौपाने हतारिँदै जिल्ला प्रहरी कार्यालय भरतपुरमा पुग्नुभयो । आफन्तलाई साथ लिएर जानुभएका न्यौपाने आफ्नो फेसबुक पेजमा अरू कसैले अश्लील तस्बिर
चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् ।
हिंसापीडित महिलाको रहस्यमय मृत्यु
घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ । श्रीमानबाट पीडित सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसा माइती घर भएकी गीता जैसीको संरक्षण गरिएको ठाउँमै रहस्यमय मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई घाइते
दाङमा खुकुरी प्रहार हुँदा महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुराका स्थानीय टेकबहादुर मल्लले आफुलाई देउता चढेको भन्दै खुकुरी प्रहार गरेका हुन् ।
बिष्फोटक पदार्थसहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिले अवैध भरुवा बन्दुक र बिष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मुसीकोट नगरपालिका वडा ६ मैलचौरका ३६ वर्षीय झकेन्द्र भण्डारीलाई बिहीबार बेलुका पक्राउ गरेको जनाएको छ ।
हत्या आराेपमा दुई जना पक्राउ
उत्तरी गोरखाको मान्बुमा महिलाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।
१५ लाख नक्कली नोटसहित दुई पक्राउ
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
फरार रहेका प्रतिवादी प्रकाउ
दाङमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ
‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु. ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बाल सुधार गृहमा झडप : एकको निधन, १० घाइते
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिनुभयो ।
आमाछोरीको हत्या आरोपमा एक पक्राउ
सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ । शव एउटै घरका आमाछोरीको भएको प्रहरीको भनाइ छ ।