कर्मचारीबाटै स्वास्थ्य बिमा रकम हिनामिना
इलाममा स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट ठगिएको खुलेको छ । इलामको सूर्योदय नगरपालिका–११ का स्थानीयको भदौ १ गतेबाट लागु हुनेगरी बुझाएको बिमा रकम सो वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले गायब बनाएपछि बिमित ठगिएको खुलेको हो ।
सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ ।
हतियार र गोली गट्ठासहित चार जना पक्राउ
कैलाली प्रहरीले हतियार र त्यसको गोली गट्ठासहित चार जनालाई पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरण : प्रहरी मुख्यालयले खटायो टोली
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई बाहिरिएको ६० केजी सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानमा सहयोग पु-याउने गरी विशेष अनुसन्धान टोली खटाउनुभएको हो।
प्रमुख प्रहरी नायब उपरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भेपमा सुन प्रकरण : राहुल महरा पक्राउ
भेपमा सुन लुकाएर भएको तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । राहुल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुन् ।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लील फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।
नगरप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेषकुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अनलाइन ठगीको पासो
फेसबुकमार्फत बनेको केटी साथीको अनुमतिबिना मोबाइल फोन लिएर उनको मोबाइल बैङ्किङ तथा खातामा पहुँच पुर्याई विभिन्न ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले सप्तरीको बोदेबरसाइन नगरपालिका–१४ स्थायी घर भई काठमाडौँको सुन्धारामा बस्ने २३ वर्षीय धर्मेन्द्रकुमार साहलाई गत जेठ १८ गते पक्राउ गरेको थियो।
जुवा खालबाट पक्राउ परेका पालिका अध्यक्ष धरौटीमा छुटे
जूवा खालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका छन् । जूवा खालबाट पक्राउ परेका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका हुन् ।
पोखरा विश्वविद्यालयका उपप्राध्यापक बरालविरुद्ध भ्रष्टाचार आरोप
पोखरा विश्वविद्यालयका उपप्राध्यापक रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको आरोप लागेको छ ।
२० केजी चाँदीसहित दुईजना पक्राउ
सिन्धुली जिल्लामा प्रहरीले मङ्गलबार अवैध २० केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
तत्कालीन नगरप्रमुखसहित १० जनाविरुद्ध एक करोड बढी भ्रष्टाचार मुद्दा
कञ्चनपुरको तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्टसहित १० जनाविरुद्ध एक करोड ३४ लाख ९७ हजार ४५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ ।
बैंकिङ कसुरका फरार व्यक्ति प्रक्राउ
बैँकिङ कसुरमा फरार एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का ३८ वर्षीय सन्तोष घलेलाई आज काठमाडौंको छाउनिबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
फिर्के खोलामाथि एक सय ६० संरचना
फिर्के खोला हो कि खोल्सो, बहस जारी छ । वर्षामा ढाडो खोला बनेर उर्लिने फिर्के हिउँदमा सुख्खा हुन्छ । पोखरा पोखरा महानगरको बीच भाग हुँदै बग्ने यो खोला कतै फराकिलो छ, कतै खोल्सो जस्तो मात्रै छ ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
रकम ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ
विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्यानडा पठाउने भन्दै पाँच लाख ४५ हजार रुपियाँ ठगी गर्ने नवलपरासी घर भइ हाल टोखा नगरपालिका ३ बस्ने ३० वर्षिय समिर आले मगर रहेका छन्।
ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
मान्छे लगाएर हत्या गरेको नेता शाहीको स्वीकार
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो।
एउटै व्यक्तिले ८० करोड ठगेको उजुरी
झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै यता झापाको बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका भारत पश्चिम बङ्गालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पङ्कज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको ८० करोड रकम ठगेर फरार भएका छन्।
प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा तीनजना पक्राउ
शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै काममा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुद्रासहित विदेशी नागरिक पक्राउ
पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।