कारबाहीमा परे मल नल्याउने कम्पनी
ठेक्का सम्झौताअनुसार रासायनिक मल नल्याउने पाँच कम्पनी कारबाहीमा परेका छन् । मल ढुवानीको जिम्मा पाएर पनि समयमा नल्याउने त्यस्ता कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गर्ने भएको हो ।
विद्युतकाे अनियमित आपूर्तिले उद्योग सङ्कटमा
गत एक महिनाभन्दा बढी समयदेखि बाँके जिल्लामा विद्युतकाे आपूर्ति अनियमित भएपछि यहाँका उद्योग कलकारखाना सञ्चालनमा समस्या भएको छ । विद्युत्को अनियमित आपूर्तिका कारण बाँकेमा रहेका उद्योग गम्भीर समस्या भोग्न बाध्य भएका छन् ।
बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु
स्वदेशी चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि दुईदिने नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया पिउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभयो ।
धुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी
र्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ ।
धुलिखेलको पर्यटन विकासमा ध्यान दिन आग्रह
काभ्रेको धुलिखेलमा रहेका होटल तथा पर्यटन व्यवसायीले धुलिखेललाई पर्यटकीय गन्तव्य बनाउन तथा धुलिखेलमा पर्यटकलाई आकर्षित गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा शुक्रबारदेखि दुईदिने राष्ट्रिय चिया प्रदर्शनी गर्ने भएको छ । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र चियाका फाइदाको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
साना तथा मझौला उद्योगहरुको संरक्षण गर्नुपर्छ : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरुको संरक्षण गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रादेशिक उद्योग उत्पादनलाई प्रबर्द्धन गर्न निजीकरण गरिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
आम्दानीको स्रोत बन्दैछ वन लसुन
खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश बासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ ।