सिक्टा सिँचाइ आयोजना: सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो, भौतिक प्रगति उन्नाइस वर्षमा ४१ प्रतिशत
आर्थिक वर्ष २०६१(६२ मा स्थापना भई काम सुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति १९ वर्ष पुग्दा समेत ४१ प्रतिशत मात्र भएको छ । यी आयोजनाको प्रगतिबारे सरकारले सोच्नै पर्ने समय भएको स्थानीयहरूको माग छ । बाँके, पुस १९ गते । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१-६२ मा स्थापना भई आव २०६२-६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१-८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९-९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उहाँले भन्नुभयो, “आव २०६१-६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै रू ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवका लागि रू एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म रू २३ करोड खर्च भएको छ ।इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “बयालीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ”, इञ्जिनियर पोखरेलले भन्नुभयो, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।
छयसट्ठी प्रतिशत माटोमा अम्लीयपन
खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ ।
पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम
दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ ।
अमेरिकी भोजमा नजर परेको त्यो ‘सारी’
नेपालको परराष्ट्र सेवा तथा कूटनीतिक क्षेत्रमा महिलाको बलियो उपस्थिति बन्न सकेको छैन तर जुन बेला महिला घरबाट बाहिर निस्कन र काम गर्न असहज थियो, त्यो बेला कूटनीतिक सेवामा प्रवेश गरेर नेपालको पहिलो महिला राजदूत बन्नुभएको थियो विन्देश्वरी शाह ।
चवालिस जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
जिल्ला प्रहरी परिसर काठमाडौँले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाबारे अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ ।
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ पुग्नुभएको हो।
समृद्ध नेपाल निर्माणमा संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुुभएको छ ।
ठेकेदारको बदमासीले स्वास्थ्य सेवा प्रभावित
जिल्ला अस्पताल पर्वतको निर्माणाधीन पक्की भवनको काम ठेकेदारले समयमा सम्पन्न नगरिदिँदा सर्वसाधारणले प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन् । ठेकेदारले भवन निर्माणमा ढिलासुस्ती गरिदिए पछि अस्पताललाई ५० शय्या बेड क्षमतामा रूपान्तरण गर्ने लक्ष्य पुरा नहुने पर्वतवासीलाई चिन्ता छ ।
डेढ लाख होटेल रेस्टुरेन्टमा दुई खर्ब लगानी
मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ ।
दस वर्षमा बयसट्ठी खर्ब एकतिस अर्ब लगानी गर्ने लक्ष्य
ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१ तर्जुमा गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको उक्त दस्ताबेज पुस १६ गते बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको हो ।
स्वर्णलक्ष्मी सहकारी हिनामिना : एक अर्ब बिस करोड बिगो माग
काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।
मनको चित्र मुखले कोर्ने आशिष
धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त राजदूतहरूलाई शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
छिटो हुर्कन थाले ब्रोइलर कुखुरा !
नेपालमा अहिले ब्रोइलर कुखुरा छिटो हुर्कन थालेका छन् । ९० दिनसम्म हुर्कन लाग्ने ब्रोइलर कुखुरा अहिले ४० देखि ४५ दिनमै तयारी भएको पाइन्छन् ।
विदेशी दाताको भरमा भूकम्पीय अनुगमन
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको कर्मचारी व्यवस्थापनबाहेक सबै प्राविधिक तथा प्रणालीगत व्यवस्थापनहरू विदेशी दाताको भरमा चलिरहेको छ ।
पर्यटन राजधानीमा उत्सवैउत्सव
दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ ।
कन्याम र अन्तुमा पर्यटकको चहलपहल (फोटो फिचर)
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा इलामका पर्यटकीयस्थल कन्याम र अन्तु पर्यटकले भरीभराउ भएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा अंग्रेजी नयाँ उत्सवका रुपमा मनाउन थालिएसँगै छिमेकी इलामका पर्यटकीयस्थल अन्तु र कन्याम भारतीय पर्यटकले भरीभराउ भएका हुन्।
श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताउनुभएको छ ।
गुफाडाँडामा जलवायु दिवस तयारी पूरा
सिन्धुपाल्चोक, पुस १६ गते । मेलम्ची नगरपालिका–९ स्थित प्रख्यात पर्यटकीय स्थल गुफाडाँडामा पर्यटकीय प्रवर्द्धन र जलवायु अनुकूलताका लागि पुस १७ गते आयोजना हुन लागेको पाँचौँ जलवायु दिवसको तयारी पूरा भएको छ ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार दिवस मनाउन सबै तयारी पुरा भएकाले यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । समुद्री सतहभन्दा २ हजार दुई सय ५० मिटर उचाइमा अवस्थित गुफाडाँडामा जलवायु विज्ञबाट जलवायु अनुकूलता र प्रतिकूलताबारे प्रस्तुतीकरण हुने मेयर तामाङले जानकारी दिनुभयो । गुफा डाँडाबाट विश्व समुदायलाई जलवायु परिवर्तनले नेपाल र नेपालीलाई पुर्याएको असरबारे सचेत रहन र त्यसबाट बच्ने उपाय दिनका लागि दिवस मनाउन लागेकाे उहाँले बताउनुभएको छ ।आयोजक मेलम्ची नगरपालिकाले गुफाडाँडामा ७७ वटै जिल्लाको नाममा राष्ट्रिय झन्डा फहराउने कार्य सम्पन्न भएको छ । कार्यक्रम स्थल, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन लगायतका काम पूरा भएको छ । टेन्ट र पार्किङ व्यवस्थापनका काम व्यवस्थित बनाइएको छ । २०७५ सालबाट जिल्ला समन्वय समितिले गुफाडाँडामा जलवायु सम्मेलन सुरु गरेको थियो । त्यस बेला राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सो समयमा ७७ जिल्लाका समन्वय प्रमुखहरू सहभागितामा जलवायु विज्ञहरूबाट प्रस्तुतीकरण भएको थियो । २०७९ बाट जिससले सो कार्यक्रमलाई निरन्तरता नदिएपछि मेलम्ची नगरपालिकाले जलवायु सम्मेलनलाई आयोजना गर्न थालेको हो ।
बाह्र सय जनाको बचत फिर्ता हुँदै
सरकारले सहकारीको बचत रकम अपचलन, दुरुपयोग र ठगी प्रकरणमा अनुसन्धान, छानबिन गरिरहँदा सहकारीपीडित नागरिकको बचत फिर्ताको काम पनि धमाधम भइरहेको छ ।
'सूचना पाउने अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ'
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।
पूर्व राष्ट्रपतिको कमब्याकलाई लिएर तरङ्गित राजनीति
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको विषयलाई लिएर अहिले नेपाली राजनीति तरङ्गित भइरहेको छ । पुस पहिलो साता पोखरा र स्याङ्जाको भ्रमणमा उहाँ निस्कनुहुँदा राजनीतिक बृत्तमा अनेकथरी अडकल काटिएको सुनियो ।
यसरी प्राप्त गर्न सकिन्छ भिटामिन ‘डी’
पछिल्लो समय व्यस्त जीवनशैली र भागदौडले गर्दा भिटामिन ‘डी’ को कमी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभित्र बसेर काम गर्ने, घाममा धेरै नबस्ने मानिसमा भिटामिन डि कमी हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार रगतमा ३० देखि ३५ भन्दा बढी युनिट भिटामिन डि आवश्यक पर्छ ।
१० वर्षमा पनि पुल नबनेपछि स्थानीयवासी आन्दोलित
गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दूरीको बुद्धसिंह मार्गमा १० वर्षदेखि पुल निर्माण नभएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।