आठबिसकोटमा माओवादीका रवि र धनकुमारी विजयी
जिल्लाको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले विजय हाँसिल गरेका छन् । नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका रवि केसी र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबिसकोटले जनाएको छ । प्रमुखमा रविले सात हजार ३७९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन प्रक्रियामा भ्रम उत्पन्न हुने समाचार सम्प्रेषण नगर्न आग्रह
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ४ गते । निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुनेखालका समाचार सम्प्रेषण नगर्न नगराउन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो ।“निर्वाचान सञ्चालनका सबै प्रक्रियामा आयोगको समग्र जिम्मेवारी रहेकोप्रति कुनै द्विविधा नरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ, ”निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुनेखालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गर्दछ । आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुनेगरी समाचार सम्प्रेषण नगर्न, नगराउन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ ।”यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई छिटो कार्य सम्पादन गर्न पनि आयोगले आग्रह गरेको छ । आज मध्यान्हसम्म चार सय ६० पालिकाको अन्तिम परिणाम प्राप्त भइसकेको पनि आयोगले प्रष्ट पारेको छ । अन्य ठाउँको मतपरिणाम आउनेक्रम जारी रहेको आयोगले बताएको छ । परिणाम आउन बाँकी पालिकामा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको जनाउँदै प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “धेरै मत गणना गर्नुपर्ने अवस्था रहेको महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्न यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छ ।” पाँच दिनभित्र मतगणना सक्न निर्देशनविभिन्न कारणबाट मतदान कार्य स्थगन भएका पालिकाहरुलाई पाँच दिनभित्र गणना कार्य सम्पन्न गर्न निर्देशन दिएको छ । आयोगको संवैधानिक जिम्मेवारी एवम् मितव्ययीरुपमा निर्वाचन सम्पन्न गराउने दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्न सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरीहार्य रहने आयोगले प्रष्ट पारेको छ ।विद्यमान कानूनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको र तत्पश्चात स्थानीय तह सरकारमा जनप्रतिनिधि विहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गर्न आयोगले भनेको छ । “मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्याहरु खडा गर्ने, गणना गर्दैजाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा शुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोग हार्दिक आग्रह गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।
सुनसरीको देवानगञ्जमा जसपाका मेहता, भोक्राहा नरसिंहमा काँग्रेसका आजाद
सुनसरीको १२ स्थानीय तह मध्ये देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार बेचन प्रसाद मेहता र उपाध्यक्षमा नेपाली काँग्रंसका उम्मेदवार कुमारी विभा यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेदवार मेहताले ६ हजार ८७४ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी विभा यादवले ६ हजार ११२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ चार हजार ४८५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार शेखर लामालाई एक हजार ३२९ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले तीन हजार १५६ मत ल्याउनु भएको हो ।
मेलम्ची नगर प्रमुखमा आइतमान र उपप्रमुखमा उमा विजयी
मेलम्ची नगरपालिकाको प्रमुखमा काँगे्रसका आइतमान तामाङ र उपप्रमुखमा एमालेकी उमा प्रधान निर्वाचित भएका छन् । मेयर तामाङले ११ हजार २५८ मत ल्याउनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेको बालकृष्ण देउजाले ११ हजार १६५ मत ल्याउनु भएको छ ।
प्रधानमन्त्री देउवालाई चीनका राष्ट्रपतिबाट बधाई
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो ।
मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा छ : सांसद भट्टराई
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा रहेको आरोप लगाउनुभएको छ ।
गोदावरीको प्रमुखमा काँग्रेसका भट्ट र उपप्रमुखमा एमालेका रोकया विजयी
कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई चार हजार २८५ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
मलङ्गवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी
सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा चार हजार ६३९ बढी मत ल्याएर कांग्रेसका नागेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएको हो ।
सुनसरीको भोक्राहा नरसिंहमा आजाद विजयी
सुनसरीका १२ स्थानीय तहमध्ये भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छ । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा चार हजार ६०६ मतसहित नेपाली कांग्रेस अजमल अख्तर आजाद विजयी हुनुभएको छ । आजादले गत निर्वाचनको बदला लिँदै नेकपा एमालेका महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै जित हात पार्नुभएको हो । आजादका निकटतम प्रतिद्वन्द्वी यादवले ३२७१ मत ल्याएर पराजित हुनुभयो ।
४७ लाख नेपालीमा उच्च रक्तचाप, युवा र पुरुषको सङ्ख्या बढी
पछिल्लो समय युवा अवस्थामा उच्च रक्तचापको समस्या बढी देखिको एक अध्ययनले देखाएको छ । नेपालमा सन् २०१९ मा गरिएको स्टेप सर्भेमा कुल जनसङ्ख्याको २४.४ प्रतिशत अर्थात् ४७ लाख नेपालीमा उच्च रक्तचापको समस्या भएको देखाएको थियो । जसमा, १५ देखि २४ वर्षका झण्डै १० प्रतिशत युवामा उच्च रक्तचापको समस्या देखिएको उक्त अध्ययनले देखाएको हो ।
फिक्कलमा एमाले, मरिणमा गठबन्धन विजयी
सिन्धुली जिल्लामा बुधबार थप फिक्कल गाउँपालिका र मरिण गाउँपालिकाको अन्तिम मतगणना परिणाम आएको छ । फिक्कल गाँउपालिकामा सत्तारुढ गठबन्धन (नेपाली काँग्रस र नेकपा माओवादी केन्द्र)का उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार पार्वती सुनुवार गाउँपालिकामा अध्यक्षमा निर्वाचित बन्नु भएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै राजु बराल जित्नुभएको छ ।
पाल्पाको बगनासकालीमा एमालेबाट चिदी विजयी
पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ६ हजार ४ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरेर उपविजेता हुनुभयो ।
दुल्लुको नगर प्रमखमा काँग्रेसका रिजाल विजयी
दुल्लु नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका भरतप्रसाद रिजाल निर्वाचित हुनुभएको छ रिजालले एमालेका रुद्धबहादुर शाहीलाई एक सय ३३ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । मेयरमा निर्वाचित रिजालले सात हजार ७२५ मत पाउँदा एमालेका शाहीले सात हजार ५९२ मत प्राप्त गर्नुभएको छ ।
रुपन्देहीको शुद्धोदनमा काँग्रेसका बस्याल र उपाध्यक्षमा एमालेकी ज्ञवाली विजयी
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी हुनुभएको छ । १६ स्थानीय तह रहेको रुपन्देहीमा मतगणना सकिएको यो दोस्रो पालिका हो ।
चन्दननाथ नगरमा स्वतन्त्र उम्मेदवार कठायत र उपमेयरमा काँग्रेसका खड्का विजयी
जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका हुन् । उहाँले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुईहजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् ।
डोटीका ७ पालिकामा काँग्रेस, माओवादी र एमाले एक एकमा विजयी
डोटीका ९ वटै पालिकाहरुमो मत परिणाम सार्वजनिक भएको छ । दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटी जिल्लामा नेपाली कांग्रेस सात वटा पालिकामा विजयी भएको हो । नेपाली कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा जित हासिल गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक एक पालिकामा मात्रै विजयी भएका छन् ।
भक्तपुर चाँगुनारायण प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी
भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखमा नेपाली कांँग्रेसका जीवन खत्री नौ हजार ५५० मतसहित विजयी हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा एमालेका रमेश बुढाथोकी ११ हजार १०७ मतसहित निर्वाचित हुनुभयो ।
अदानचुुलीमा गठबन्धनबाट सिंह र रोकाया विजयी
अदानचुली गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका कर्ण रोकाया निर्वाचित हुनुुभएको छ । उहाँहरु दुुवै गठबन्धन दलका तर्फबाट विजयी हुनुु भएको हो ।
गठबन्धनलाई पराजित गर्दै दोस्राे पटक एमाले विजयी
कालिमाटी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका दानबहादुर केसी अध्यक्ष र सहनशिलता वली उपाध्यक्ष विजयी हुनुभएको छ । एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका केसी निर्वाचित हुनुभएको हो ।
जैमिनी नगरपालिकामा जनमोर्चा विजयी
बागलुङको जैमिनी नगरपालिकामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका उम्मेदवार नरबहादुर थापा विजयी हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्मा विजयी हुनुभएको छ ।
सल्यानको दार्मा गाउँपालिकामा माओवादीको 'क्लिन स्वीप'
सल्यान जिल्लाको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले 'क्लिन स्वीप' गरेको छ । अध्यक्ष, उपाध्यक्ष र छ वटै वडा जितेर माओवादीले दार्मामा जित दर्ता गर्दै पहिलो पटक क्लिन स्वीपको इतिहास रच्न सफल भएको हो ।
आत्मनिर्भर अर्थतन्त्र प्राथमिकतामा
आगामी आर्थिक वर्षको बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने भएको छ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन मङ्गलबार अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसद्को दुवै सदनमा छुट्टाछुट्टै पेस गर्नुहुँदै आगामी बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने जानकारी दिनुभएको हो ।
भरतपुरमा मतान्तर बढाउँदै दाहाल
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ । दाहाल नौ हजार ४४७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले छ हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।