अमरगढी नगरपालिकामा काँग्रेस विजयी
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका प्रमुख उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा एमालेले जितेको अमरगढीमा काँग्रेस अत्यधिक बहुमतका साथ विजयी भएको छ ।
बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन मङ्गलबारदेखि प्रारम्भ हुँदैछ । चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिला गरी प्रारम्भ हुन लागेको हो । अघिल्ला वर्षहरूमा अधिवेशन वैशाख तेस्रो सातासम्म प्रारम्भ भइसक्थ्यो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ ।
रामारोशन गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी
रामारोशन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर साउँद र उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएका छन् । अध्यक्ष पदमा साउँदले तीनहजार १२७ मतले विजयी भएका हुनुभएको छ ।
भरतपुर महानगरमा दाहाल ३० मतले अगाडि
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा ९एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न। ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।
सल्यान शारदा नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा विजयी हुनु भएको हो । भण्डारीले ६ हजार २ सय १७ मत ल्याउनु भएको हो ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।
विकास साझेदारीमा नयाँ आयाम
नेपाल–भारतबीच दुई देशको सम्बन्धलाई अझ घनिष्ठ र फलदायी बनाउन बृहत् साझेदारी र सहकार्यसाथ अघि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच भएको द्विपक्षीय भेटवार्तामा दुई देशका सरकार प्रमुखले विकास साझेदारीको नयाँ आयाम थपेर अघि बढ्ने सहमति गर्नुभएको हो । दुई देशबीचको सम्बन्ध अकाट्य रहेको स्मरण गर्दै नेपालको औपचारिक भ्रमणमा सोमबार लुम्बिनी आउनुभएका भारतका प्रधानमन्त्री मोदीले द्विपक्षीय वार्ता फलदायी भएको स्मरण गर्नुभयो ।
डिजिटल प्रविधि र स्वस्थ बुढ्यौली
आज (मे १७) विश्व दूरसञ्चार तथा सूचना समाज दिवस । यो दिवसको प्रमुख उद्देश्य नै अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) स्थापना गर्न पेरिसमा आयोजित सम्मेलनमा संस्थापक सदस्य राष्ट्रका प्रतिनिधिले हस्ताक्षर गरी संस्था स्थापना गरेको दिनको सम्झना गर्नु नै हो ।
सम्बन्ध विस्तारमा सफल
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गर्नुभएको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिएको कूटनीतिज्ञहरूले बताउनुभएको छ । २५६६औँ बुद्ध जयन्तीको अवसर पारेर सोमबार लुम्बिनीमा भएको मोदीको भ्रमण पाँचौँ र उहाँ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएयताको पहिलो रहेको छ । यसरी मोदीबाट पटक पटक नेपा
मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर चिनाउन योगदान गर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर परिचित तुल्याउन योगदान पुर्याउने बताउनुभएको छ।
स्थगित भएको मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ २ गते । गत वैशाख ३० गते विभिन्न कारणले स्थगित निर्वाचन आज देशको विभिन्न ठाउँमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सो कुराको जानकारी गराउनुभयो । उहाँले दिएको जानकारीअनुसार अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज धनकुटाको शहिदभूमि गाउँपालिका वडा ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा ३ को भगवती माविको मतदान केन्द्रमा निर्वाचन भएको छ । सोहीअनुसार बझाङको केदारस्यूँ गाउँपालिका वडा ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी गराउनुभयो । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ केन्द्र, उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई र गोरखाको चुम्नुब्री गाउँपालिका बाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ । जसमध्ये आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा १३० वटा पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।सोहीअनुसार निर्वाचन आयोगको सोमबार अपरान्ह ३ः३० बजेसम्म प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाअध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७ गरी कूल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित हुनुभएको छ ।त्यस्तै, प्रवक्ता पौडेलका अनुसार मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये जेठ १ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा २ को गाविस भवन मतदान केन्द्र, जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ को शंकर मावि मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका वडा नम्बर ४ को रमालमस्टो मावि मतदान केन्द्र, कालिकोटको पचालझरना गाउँपालिका वडा नम्बर ३ को जनता मावि मतदान केन्द्र र बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को सुनिपीपल चौर मावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट पुनः मतदान सम्पन्न भएको छ । अवरुद्ध भएकामध्ये जेठ ३ गते मंगलबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ ।यसैगरी, जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्नेगरी सूचना प्रकाशन हुने प्रवक्ता पौडेलले बताउनुभयो । मतगणनाको परिणाम आयोगको बेवसाइट रिजल्ट डट इलेक्सन डट जिओभी डट एनपीमा हेर्न सकिने आयोगले जनाएको छ ।
धार्मिक र सांस्कृतिक अनुभूति लिन नेपाल आउने गर्छु : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको धार्मिक, सांस्कृतिक सम्पदाकै कारण बेग्लै अनुभूति लिन नेपाल आउने गरेको बताउनुभएको छ।
५९ स्थानीय तह प्रमुखमा विजयी हुँदै काँग्रेस पहिलो पार्टी बन्याे : एमाले दोस्रो, माओवादी तेस्रो
सोमबार दिउँसो ४ बजेसम्म स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ५९ स्थान जितेको छ।
नेपाल र भारतबीच पाँच समझदारीपत्रमा हस्ताक्षर
नेपाल र भारतका प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र नरेन्द्र दामोदार दास मोदीको उपस्थितिमा दुई देशबीच विभिन्न पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
भारतका प्रधानमन्त्री मोदी लुम्बिनीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुँदै (फोटो फिचर)
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थगौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुनुहुन्छ ।
भारतका प्रधानमन्त्री मोदी लुम्बिनीमा
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुग्नु भएको छ । प्रधानमन्त्री मोदी हेलिकप्टरबाट भर्खरै लुम्बिनी आइपुग्नु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ लुम्बिनी आइपुग्नु भएको हो ।
हेलम्बुमा कांग्रेसका निमाग्याल्जेन दोस्रो पटक विजयी
हेलम्बु गाउँपालिका नेपाली कांगे्रसका निमाग्याल्जेन शेर्पा अध्यक्ष र अप्सरा लामिछाने अपाध्यक्षमा विजयी हुनु भएको छ । अध्यक्ष शेर्पाले पाँच हजार ३८६ र उपाध्यक्ष लामिछानेले पाँच हजार २१४ मत ल्याउनु भई जित हाँसिल गर्नु भएको हो ।
ललितपुर महानगर प्रमुखमा काँग्रेसको अग्रता
ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, काँग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाउनुभएको छ ।
काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको ५६ सय ९२ मतसहित पहिलो स्थान कायमै छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित २९ सय ९२ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २६ सय ५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने
प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ ।
भरतपुरमा एमालेका सुवेदीको अग्रता
भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले तीन हजार ३४२ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।
मोदीको लुम्बिनी भ्रमण आज
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारतका प्रधानम
गाउँको सिंहदरबारका जनप्रतिनिधि
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत मतदाताले ७५३ पालिकामा आगामी पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व छानेका छन् । निर्वाचनको प्रारम्भिक परिणाम आइरहेका छन् । केही दिनमा सबै पालिकाको परिणाम सार्वजनिक भइसक्नेछ । आम बुझाइमा मन परेको दल वा उम्मेदवारलाई भोट दिएपछि मतदान सकियो । मतदान केन्द्रमा पाँच वर्षअघि स्थानीय नेतृत्वसँग उनीहरूको यसैगरी भेट भएको थियो र अब अर्को भेट सम्भवतः एकैचोटि पाँच वर्षपछि हुनेछ ।