उपत्यकामा सुरक्षा चेकजाँच (फोटो फिचर)
स्थानीय तहको चुनावको दिन शुक्रबार बिना अनुमतिपत्र चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे मतदान केन्द्रमा
शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौंका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । शुक्रबारदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो ।
पूर्वराष्ट्रपति डा. यादवद्वारा धनुषामा मतदान
स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गर्नुभएको छ ।
शुक्रबार साँझबाट मतगणना सुरु हुने
शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
मतदाता बोकेको जीप दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ । वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो । जीप पर्वत जोड्ने माथिल्लो सडकबाट ५ सय मिटर तल्लो सडकमा झरेको हो ।
मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो : आयोग
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३५ प्रतशित मतदान भएको छ । आयोगले शुक्रबार बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म त्यति मत खसेको जनाएको हो ।
चितवनमा किरिया पुत्रीद्वारा मतदान
स्थानीय तह निर्वाचनमा किरियापुत्री तीन दाजुभाइले मतदान गर्नुभएको छ । शुक्रबार बिहान चितवनको रत्ननगर नगरपालिका १५ माधवपुर केन्द्रबाट किरिया पुत्रि तीन दाजुभाई र दुई बुहारीले मतदान गर्नुभएको हो ।
प्रधानमन्त्रीद्वारा असिग्राम केन्द्रमा मतदान
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भनेर हल्ला फिजाइएको थियो तर आज देशभर निर्वाचन भइरहेको बताउनु भएको छ ।
निर्वाचन आयुक्तहरूबाट मतदान
स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तहरूले मतदान गर्नुभएको छ । प्रमुख आयुक्त थपलियाले भक्तपुर जिल्लाको मध्यपुरठिमी वडा नं. १ को लोकन्थली उपस्वास्थ्य चौकीस्थित निष्ट स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मतदानमा उत्साहजनक सहभागिता (फोटो फिचर)
देशैभर शुक्रबार विहान ७ बजे देखि मतदान प्रकृया सुरु भएको छ
सभामुख सापकोटा र प्रचण्डद्वारा मतदान
स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहजनक रुपमा मतदाताको सहभागिता रहेको छ ।
आज मतदाताको परीक्षा
नेपाल र नेपालीका लागि लामो प्रतीक्षाको दिन अन्त्य भएको छ । सङ्घीय शासन व्यवस्थाअन्तर्गत स्थानीय तहका लागि दोस्रो निर्वाचनको दिन हो आज । नेपालीका लागि ठूलो पर्व, ठूलो महोत्सव र एक किसिमको ठूलो मेला पनि हो ।
सकियो प्रतीक्षा, आज मतदान
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो ।
निर्वाचनको सम्पूर्ण व्यवस्थापन चुस्त बनाएका छौँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (वैशाख ३० गते) हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण देशबासीमा अपील गर्नुभएको छ।
निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ।
भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमण आउने तय
प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गतेदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ।
सुनसान बने उपत्यकाका सडक
शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् ।
उपत्यकामा मतदानस्थल र केन्द्रको निर्माण धमाधम हुँदै
शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उपत्यकाका विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्माण गर्ने कार्य धमाधन भइरहेको छ । बिहीबार साँझसम्म सबै मतदानस्थल र मतदान केन्द्रको निर्माण पूरा गरी शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको तयारी गरिएको छ ।
काठमाडौं महानगरमा १५६ मतदान स्थल र ३६३ केन्द्र
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरमा १५६ मतदान स्थल र ३६३ मतदान केन्द्रबाट जनप्रतिनिधि चुनिँदै छन् । तीन लाख २४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् ।
मतदाता बाेकेकाे बस दुर्घटना हुँदा ३० जना घाइते
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
ल्होत्से हिमालमा पहिलो आरोहण सफल
यस बसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो ।
निस्किए उत्साही मतदाता
स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली रहेको आफ्नो थलोमा जानेको लर्को बढेको छ । कतिपय मतदाता स्वेच्छाले र कतिपय आग्रह टार्न नसकी अस्थायी बासस्थानबाट मतदानका लागि निस्केका हुन् ।यसअघिका निर्वाचनमा झैँ गा
लोकतन्त्रमा जवाफदेहिता
लोकतन्त्रको विस्तार बीसौँ शताब्दीमा सीमा विहीन रूपमा भयो । लोकतन्त्र जीवन पद्धति र सबैले मिलेर काम गर्ने प्रक्रिया हो । यसको प्रभाव बढेको छ । र, यही कारणले गर्दा लोकतन्त्रले अभिछिन्न इतिहास रच्न सिद्ध भएको छ । मानव इतिहासमै लोकतन्त्रको बढी प्रगति यही शताब्दीमा भयो । नेपालले पनि लोकतान्त्रिक यात्राबाटै गणतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई प्राप्त ग-यो ।
भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण तयारी तीव्र
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउनुहुने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लाग्नुुभएको हो । भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुुम्बिनी आइपुुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुुम्बिनी पुुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुुभयो ।