सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु : राजदूत थम्पसन
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
नेमकिपालाई गठबन्धन र एमाले उम्मेदवारको चुनौती
भक्तपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे (बासु), नेकपा (एमाले) का नवराज गेलाल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
अनिवार्य लाइसेन्स व्यवस्थाले दक्ष इन्जिनियर उत्पादन हुने
इन्जिनियरको सरकारी मान्यता प्राप्त गर्नका लागि अनिवार्य लाइसेन्सको व्यवस्थापछि दक्ष इन्जिनियर उत्पादन हुने नेपाल इन्जिनियरिङ् परिषदले जनाएको छ ।
‘हेवी वेट’ उम्मेदवारले रोचक बन्दै बाँकेको निर्वाचन
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पश्चिम नेपालमै अत्यधिक महत्त्व राख्ने बाँके जिल्लाका तीन वटै क्षेत्रमा हेवी वेट उम्मेदवार मैदानमा उत्रिएपछि निर्वाचन रोचक बन्दै गएको छ ।
आकर्षक नारा, कार्यान्वयन फितलो
राजनीतिक दलले युवा मतदातालाई लक्षित गरी घोषणापत्रमा आकर्षक नारा समावेश गर्ने गरे पनि कार्यान्वयनमा खासै चासो दिने गरिएको पाइँदैन । अघिल्लो निर्वाचनमा दलहरूले घोषणापत्रमा निःशुल्क वाइफाई, स्मार्ट सिटी, प्रत्येक प्रदेशमा विज्ञान, प्रविधि र अन्वेषण केन्द्र स्थापना जस्ता चुनावी नारा लेखिएका थिए । विगतका स्थानीय तह, सङ्घ र प्रदेशका निर्वाचनमा यस्ता चुनावी नाराले प्राथमिकता पाएका थिए ।
नवौँ सम्पन्न, दसौँ कर्णालीमा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो। दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ। पोखरा रङ्गशालामा भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरेर नवौँ राष्ट्रिय खेलकुद समापन गर्नुभयो।
प्रतिस्पर्धी दलबाटै सुरक्षा चुनौती
आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आकलन गरिएको छ ।
मेटाले गर्दैछ निर्वाचन सामग्री अनुगमन
आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।
१२ वर्षे जात्रा : ‘ङतभुलु अजिमा’ देवीनाच (फोटो फिचर)
हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो। सो नाचअन्तर्गत विशेष देवी नाच पर्व मनाउने परम्परा छ।
मंगलबार लाग्ने सूर्यग्रहण नेपालको सबै भूभागबाट देख्न सकिने
आउने मंगलबार लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालको सबै भू–भागबाट पश्चिम–दक्षिण–पश्चिम भागमा देख्न सकिने विज्ञको भनाइ छ । बीपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका अनुसार नेपालबाट सूर्यास्तको समयमा क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाई कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न भने सकिने छैन ।
खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
ललितपुरमा पुष्प मेला सुरु (फोटो फिचर)
तिहारलाई लक्षित गरेर १५औँ गोदावरी पुष्प मेला ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको छ ।
एथलेटिक्समा आर्मीको दबदबा
प्रमुख खेल मेलामा एथलेटिक्स स्वर्ण पदक कुम्ल्याउने खेलको रुपमा लिइन्छ । नेपाल आर्मीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा १९ स्वर्ण, १३ रजत र १३ कांश्यसहित कूल ४५ पदक जितेर ट्रयाक एन्ड फिल्डमा आफ्नो वर्चश्व कायम गर्यो ।
प्रकृति संरक्षणमा अन्तरनिकायबीच समन्वय र सहजीकरण आवश्यक : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताउनुभएको छ ।
धनतेरसका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु (फोटो फिचर)
राष्ट्र बैंकले धनतेरसका अवसरमा आज (बिहीबार)देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ ।
व्यावहारिक शिक्षाका लागि ‘क्लोज क्याम्प’
घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी घोराहीमै जन्मिनुभयो, बजार मै हुर्किँदै हुनुहुन्छ । करिब १४ वर्षीय उहाँले अहिलेसम्म खाना पकाउनुभएको छैन, न त आफ्ना कपडा धुने काम गर्नुभयो ।
४० खेलाडीमा गरियो एन्टिडोपिङ परीक्षण
प्रमुख खेलकुद मेलामा डोपिङ पनि नचाहेरै जोडिन आएको अभिन्न अङ्ग बनिसकेको छ । खेलमा पहिलो हुने नाममा खेलाडीहरु गलत तरिका अपनाउन पनि पछि पर्दैनन् । जसमध्ये खेलाडीद्वारा शक्ति बढाउनका लागि प्रयोग गर्ने प्रतिबन्धित औषधिको प्रयोग सबभन्दा अगाडि छ । जसलाई डोपिङ भनिन्छ ।
तिहारका लागि किनमेल सुरु [फोटोफिचर]
काठमाडौं, कात्तिक ३ गते । नजिकिँदै आएको तिहारको किनमेलका लागि बजारमा भीडभाड देखिएको छ । विशेषतः लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक पूजाको सामान खरिद गर्ने ग्राहकहरु बजारमा पुगेका छन् ।
ढकिया बनाउन व्यस्त मल्लाह समुदाय
लहान नगरपालिकाको ग्रामीण भेगमा पर्ने वडा नम्बर–२३ मा मल्लाह समुदाय यति बेला छठ पर्वको लागि चाहिने बाँसजन्य ढकिया बनाउन व्यस्त रहेका छन् । ढकिया बनाएर राम्रो आम्दानी गर्ने सुरमा रहेका मल्लाह समुदायलाई निर्वाचनले छोएको छैन ।
मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन लागि भक्तपुरमा विकास र सुशासनलाई सङ्घीय संसद्मा उठाउन सक्ने उम्मेदवार छनोट हुनुपर्ने स्थानीय मतदाताले अपेक्षा गरेका छन् । विकास र सुशासनलाई प्राथमिकताका साथ संसद्मा आवाज उठाउँदै नीति निर्माण गर्न सक्ने उम्मेदवार निर्वाचित हुनुपर्ने अपेक्षा स्थानीय मतदाताको छ।
निर्यात वार्षिक अठार खर्ब पुर्याउने लक्ष्य
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा वस्तु तथा सेवाको निर्यात २० प्रतिशत पु¥याउने गरी नेपाल व्यापार एकीकृत रणनीतिको मस्यौदा २०२२ तयार गरिएको छ । सरोकारवालासँग छलफल तथा सुझावका लागि सार्वजनिक गरिएको मस्यौदामा रणनीति कार्यान्वयनमार्फत हालको ६.६१ प्रतिशतको अनुपातलाई २० प्रतिशत पु-याउने लक्ष्य राखिएको हो ।
बालुवामा धान खोज्दै किसान
पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्याएको छ ।
अमेरिकी टोलीले नेपालको हवाई सुरक्षा अध्ययन गर्दै
अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबार (आज)देखि अध्ययन थाल्दै छ । सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिनुभयो ।
रोजगारी सिर्जना गर्ने दलको प्रतिबद्धता चुनावी नारामै सीमित
ठूला राजनीतिक दलहरूले देशभित्रै सबै रोजगारी सिर्जना गरी स्वदेशको रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि त्यसअनुसारको काम भने हुन सकेन । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र बेरोजगारको सङ्ख्या घटाउने दलहरूको प्रतिबद्धता भए पनि पाँच वर्षमा बेरोजगारको सङ्ख्या दोब्बर भएको तथ्याङ्क सार्वजनिक भएको छ ।