प्रभावकारी सुरक्षा बिना देशमा विकास असम्भव : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलियो सुरक्षा अङ्ग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको वातावरण एवम् मनोविज्ञान निर्माण गर्न सम्भावना नहुने बताउनुभएको छ ।
दसैँ लक्षित टिकट बुकिङ सोमबारदेखि, अनलाइन बुकिङको पनि व्यवस्था
चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ भोलि (सोमबार) देखि खुला हुने भएको छ ।
बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन–नेपाल र भारतको बिचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ । आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव
वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ ।
टिप्परको मनोमानीको कारक डिपो
टिप्परले ढाला थपेर क्षमताभन्दा बढी बालुवा र गिट्टी ढुवानी गर्नुपर्ने अवस्थाका लागि आमउपभोक्ता नभएर त्यसको बिचौलिया वर्गमा पर्ने डिपोहरू कारक रहेका छन् । डालाभरि सामान ल्याउन नसके बिक्री नै नहुने भएकाले ओभरलोड बोक्नु बाध्यता रहेको टिप्परचालक बताउँछन् । सधैँभरि सिधै उपभोक्ताले सामान नलिने हुँदा उनीहरूले डिपोमा लगेर बेच्नै पर्ने बाध्यता हुन्छ । डिपोले सरकारले तोकेसरह सामान लिएर जाँदा नउठाउने भएपछि बाध्य भएर ओभरलोड बोकेको स्वयम् टिप्परचालक बताउँछन् ।
कोरियनको उडान नरोकिने
सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने विन्टर सेड्युलका टिकट बिक्री नगर्न निर्देशन दिएको थियो।
राष्ट्रपतिसँग प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीद्वयको भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गर्नुभएको छ । अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभा तथा छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले शनिवार साँझ शीतलनिवासमा भेट गर्नुभएको हो ।
यो पदक देशका लागि हो : एरिका
हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार एरिकाले महिला ६८ केजी तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाउनुभएको हो । फाइनलमा उहाँ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित हुनुभयो ।
गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाललाई कराँतेमा ऐतिहासिक रजत
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ ।
मुख्यमन्त्री कार्कीद्वारा राजीनामा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेश सभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।
राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप भएमात्रै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताउनुभएको छ ।
विधेयकका सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता हो : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।
चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्प
बझाङ केन्द्रबिन्दु भएर आज (शनिबार) दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।
भोलिदेखि देशैभर सहुलियत पसल सञ्चालन
भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दै छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखेर पसल सञ्चालन गर्ने जनाएको हो ।
नेपालले पायो महिला कबड्डीको कांस्य पदक
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीतर्फ जितेको कांस्य पदक शनिबार पाएको छ ।
दसैँ बजार छैन उत्साह
दसैँ आएसँगै यो चाड मनाउन किनमेल गर्नेको घुइँचो बजारमा देखिन्छ । उपत्यकाबाट बाहिर जानेहरूका लागि त दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन । उपत्यकका मुख्य मुुख्य बजारहरू न्युरोड, भोटाहिटी, असन, इन्द्रचोक, भाटभटेनी, लगनखेल, थिमीलगायत बजारमा दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न
घर [कथा]
सय वर्षअघिको घर त होइन यो । सय वर्षअघिकै भए पनि नियति यही नै थियो । संरक्षण गर्न लायकको थियो त्यो । कारण यो पुरातात्त्विक सम्पदा पनि होइन । पुरातत्वको दृष्टि सबैतिर पुगेको पनि हुँदैन तर यस घरमा जन्मेकाहरूको घर संरक्षणमा केही कर्तव्य बन्थ्यो भनिए पनि ती अहिले कताकता गइसके । घर खाली छ । भन्नाले अधिकांश चोटाकोठाहरू खाली छन् । घर बुढो भइसक्यो । यसमा बस्नेहरूले छाडेको पनि तीन पुस्ता लाग्न थालेको छ । जति पुस्तान्तर भए पनि घर उदास छ । घरले रमाइलो अनुभव गर्न पाएको छैन । उति बेला घरमा दसैँ, तिहार र तिज पर्व आउँथे । घरमा हल्लीखल्ली भइरहन्थ्यो । मानौँ संसारभ
एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य
घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्नेगरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो । २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो । ऐन पारित भएको १४ महिनापछि नियमावली जारी भएको हो ।
जहाज बिग्रिँदा तिस घण्टा अलपत्र
हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६२ जना यात्रुले दुबईमा ३० घण्टा सास्ती भोग्नु परेको छ । उडान नम्बर एच–९–५६८ मार्फत मध्याह्न १२ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल आउने यात्रु शुक्रबार साँझसम्म उडान नभएपछि विमानस्थलमै अलपत्र परेका हुन् । हिमालय एयरलाइन्सको ब्रान्ड एन्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्ज्वला दलीले बिहीबार जहाजमा आएको समस्या समाधान गर्दा समय लागेको बताउँदै उडान दलमा सहभागीहरूको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि जहाज नेपाल फर्किन समय लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा उडानपूर्व गरिएको जहाजको निरीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि जहाज उतै रोकिएको हो ।
निजामती विधेयक संसद्मा दर्ता गरिँदै
सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाको भाषागत शुद्धाशुद्धि मिलाएर संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। गत भदौ २१ गते मन्त्रीपरिषद्को बैठकले शिक्षा र सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्णय गरेको थियो। विद्यालय शिक्षासम्बन्धी विधेयक यस अगाडि नै संसद्मा दर्ता भइसकेको छ भने सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा भने संसद्मा अझै दर्ता हुन सकेको छैन। अहिले विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा नै रहेको छ।
रित्तिँदै हुम्लाको लिमी उपत्यका (फोटो फिचर)
दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्यूनतम आधारभूत सेवाको अभावमा बसाइँ सर्न बाध्य भएका छन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ ।