राष्ट्रिय सभा निर्वाचन : एमालेले सबै सिटमा उम्मेदवारी दिने
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन
सन् २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ ।
बरहथवामा गोली चल्यो, एकको मृत्यु
सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सफाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।
अनुदानमा आएको मल दुरुपयोग
नवलपुरका सहकारीहरूमा सरकारले अनुदानमा दिएको मलको दुरुपयोग भएको छ । जिल्लाका प्राय सबै सहकारीले न्यूनतम मापदण्ड पूरा नगरी सरकारी अनुदानको मल बिक्री वितरण गरेको पाइएको हो ।
पाथीभरामा १८५ तोला सुन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा १८५ तोला बढी सुन सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म उक्त परिमाणमा सुन सङ्कलन भएको हो ।
भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण गर्न १० अर्ब अनुदान दिने
भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ।
जनकपुरधामबाट कोसेली बोकेर अयोध्या प्रस्थान
जानकी मन्दिरबाट राम जन्मभूमि अयोध्याका लागि भार (कोसेली ) बोकेर जनकपुरधामवासी अयोध्याका लागि प्रस्थान भएका छन्।
आज उल्कावर्षा, खुला आँखाले हेर्न सकिने
आज 'भूतप' उल्कावर्षा हुने भएको छ । बिहीबार राति देखिने उल्का वर्षा उत्कृष्ट अवस्थामा पुग्ने भएकाले नेपालबाट पनि अवलोकन गर्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।
न्याय परिषद्को निर्णयसँगै आयोगद्वारा निर्वाचन अधिकृत परिवर्तन
निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । बुधबारको न्याय परिषद् बैठकको निर्णयका आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले आफ्नो पूर्व निर्णय परिवर्तन गरेको हो ।
एक्काइस प्रतिशत गर्भवती उन्नाइस वर्षमुनिका
कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाइएको छ । कर्णालीमा नेपालमै सबैभन्दा बढी १९ वर्षमुनिका गर्भवती हुने गरेको पाइएको हो । कर्णालीमा १९ वर्षमुनिका बालिका २१ प्रतिशत गर्भवती हुने गरेको २०२२ भएको नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणले देखाएको हो । स्वास्थ्य सेवा कार्यालयहरूबाट लिएको तंथ्याकअनुसार सबैभन्दा बढी ३८.८३ प्रतिशत जाजरकोटमा रहेका छन् भने सबैभन्दा कम कालिकोटमा २०.२० प्रतिशत १९ वर्षमुनिका बालिका बाल विवाह गरेर गर्भवती हुने गरेका छन् ।
पवित्राको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ परेका छन् ।
बिहीबार र शुक्रबार उल्का वर्षा : नाङ्गो आँखाले हेर्न मिल्ने
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्याधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको उहाँको भनाइ छ ।
युवा सङ्घ उपमहासचिव गुरुङ जेल चलान
राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ।
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)
न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ ।
रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी
फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो ।
प्रधानमन्त्री कप : एपीएफ च्याम्पियन
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारागारमा बन्दी
पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् ।
भएन हिउँदे वर्षा, हिउँद सुख्खा हुन सक्ने
यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिए पनि अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन ।
तातो खोलेमा डुबेर बालिकाको मृत्यु
झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाँउपालिका वडा नं. ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूका उपचारको क्रममा मृत्यु भएको हो ।
भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन।१ को सङ्क्रमण बढिरहेकाले नेपालमा पनि भित्रन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
अज्ञात रोगले एकै दिन १८ बाख्रा र गाई मरे
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित आदर्श टोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट पछिल्लो २४ घण्टा भित्रमा १८ वटा बाख्रा र एउटा गाई मरेको छ ।
मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौँडा ११ स्थित थानाभर्याङमा हेटौँडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प २२२ नं.को मोटरसाइकलको ठक्करबाट बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पुष्टि गरेमा प्रिमियम लिन मिल्छ : आयोग
विद्युत् नियमन आयोगले उद्योगमा लोडसेडिङका समयमा सर्त अनुसार विद्युत् आपूर्ति गरेको प्रमाणित गरेमा महसुल असुल गर्न मिल्ने निर्णय गरेको छ । सोमबार आयोगको २१८ औँ बैठकले लोडेसिडङ अन्त्यको घोषणापछि पनि प्रिमियम महसुलको प्रावधान विद्यमान नै रहेकाले अनौचारिक विद्युत् आपूर्तिको अवस्था विद्यमान रहेको पाइएमा प्रिमियम लिन मिल्ने निर्णय गरेको हो ।