• १३ असोज २०८१, आइतबार

समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द

blog

काठमाडौँ, फागुन ६ गते । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको  छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।

बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताउनुभयो । उहाँले बैठकमा समसामयिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताउनुभयो । उहाँले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समसामयिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो । थुप्रै त्रुटि छन्, ती त्रुटिको सामना गर्दै मोर्चालाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्छ । मोर्चा जति गतिशील र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रूपमा अघि बढाउनपर्छ भन्ने कुरा भएको छ । त्यसको लागि शीर्ष नेताको बिचमा घनीभूत रुपमा छलफल हुनुपर्छ भन्ने छ । मोर्चाको नेतृत्व दुई कार्यकाल माधवकुमार नेपालजीले गर्नुभयो । अबको पालो नेकपाका महासचिव कमरेड विप्लवले गर्ने कुरा भएको छ । कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको छ ।’

महासचिव गुरुङले यसअघि मोर्चाको नेतृत्व नेकपा –एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको थियो । बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताउनुभयो ।