• १३ असोज २०८१, आइतबार

तनहुँमा जन्ती बोकेको जिप दुर्घटना: दुई जनाको मृत्यु, १६ घाइते

blog

तनहुँ, फागुन  ७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जिप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।