खुकुलो मौद्रिक नीतिले अर्थतन्त्र सुध्रिने अनुमान
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो । खास गरी खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएपछि अर्थतन्त्रमा सुधार देखिने अनुमान प्रतिवेदनमा गरिएको छ । जस अनुसार चालु आवमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ जुन गत आवको १.९ प्रतिशतले सुधार हो ।
नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ ।
घर र गोठमा आगलागी, ४५ वटा बाख्रा मरे
खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो ।
तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते
तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन् । बुधबार बिहान ९ः३० बजे भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।
धनगढीका लागि उडेको जहाज सुर्खेतमा अवतरण
काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।
नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै
नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।
‘पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गर्नुभएको छ ।
भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई आपत्ति छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभएको छ ।
सन्दीप लामिछानेको सजाय आज तोकिँदै
बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने भएको हो ।
कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा : पति–पत्नीले पनि पाउने
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ । अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ ।
साक्षरता दर बढाउने महत्वाकाङ्क्षी लक्ष्य
राष्ट्रिय योजना आयोगले १६ औँ योजनामा पाँच वर्ष र सोभन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६ औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मङ्गलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदामा यस्तो दर शतप्रतिशत पुर्याउने उल्लेख छ ।
सर्वोच्च अदालतमा पुनरावेदन
तत्कालीन कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध आफूले दायर गरेको मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
वैदेशिक रोजगारीमा ठगीको आरोपमा चारजना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ परेका छन् ।
संवैधानिक परिषद् सदस्य नियुक्तिका लागि छुट्टै समिति आवश्यक छैन : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् सदस्य नियुक्तिका लागि छुट्टै समिति बनाउनु आवश्यक नरहेको बताउनुभएको छ।
सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टीकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणाको तयारी गर्दैछौँ : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवर्द्धन दशकको तयारी गरिरहेको बताउनुभएको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयसँगको छलफलमा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
कर्णालीमा गठबन्धनको तीन गुणा बढी मतभार
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत कर्णालीमा तीनवटा स्थानका लागि निर्वाचन हुँदैछ । सोमबार सत्तारुढ गठबन्धन र नेकपा एमालेका गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कोशीमा सभामुख चयन गर्न आज निर्वाचन हुँदै
कोशी प्रदेश सभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । केहीबेर अघि सम्पन्न कार्यव्यवस्था बैठकले आजै सभामुख निर्वाचन सम्पन्न गर्ने गरी कार्यसूची तय गरेको हो । सभामुख पदको निर्वाचन दिउँसो ३ बजे हुँदैछ ।
श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो
सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो ।
सुन तस्करीमा संलग्न आठजनालाई थुनामा पठाउने आदेश
जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
विपक्षीबिनाको बङ्गलादेश निर्वाचन : वैध कि अवैध ?
सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गर्नुभएको छ ।
नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।
वन अधिकृतविरुद्ध एक करोड २५ लाख भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।