कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा
नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।
२०८१ सालका बिदा सार्वजनिक (विस्तृत विवरणसहित)
नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ ।
एसिसी महिला प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुलाउने प्राधिकरणको निर्णय
नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ ।
विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति
विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विधानमाथि सामूहिक छलफल जारी, २ बजे निष्कर्ष पेस गरिने
नेकपा (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो ।
पाल्पा दुर्घटना अपडेट: मृतकको सङ्ख्या १० पुग्यो, १६ जना घाइते (विवरणसहित)
पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
छ केजी सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ
कास्की प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो ।
पाल्पा दुर्घटना अपडेट : आठ जनाको मृत्यु, १८ घाइते
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल
नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो ।
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पोखरास्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।
समावेशी राज्यको चरित्रलाई सरकारी निकायले अनुसरण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।
एक महिनाभित्रमा हेटौँडा ४०० केभी सब-स्टेसन निर्माण सकिने
देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सब-स्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।
नेपालमा अझै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि
नेपालमा २० प्रतिशतभन्दा बढी जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौँमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।
झण्डै दुई करोड नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ
सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ ।
क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ ।
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।
राष्ट्रिय सभा बैठक(प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा बैठक सुरू भएको छ ।
क्यानडाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।
छोराछोरीको हत्यापछि आमाले चार तलाबाट हाम्फालेपछि...
ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराति मृत्यु भयो ।
पल्सर स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी
एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित हुनुभएको छ ।
बाघले १९ वटा खसी–बाख्रा मार्यो
मकवानपुरको बकैया गाउँपालिकामा बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ । बाघले बकैया–६, सुधास्थित स्थानीयका खसी बाख्रा मारेको हो ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाइएको हो ।