अध्यागमन हातपात घटनाका दोषीमाथि कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ।
इजरायली बमबारीमा २५ जना प्यालेस्टिनीको मृत्यु
दक्षिणी गाजापट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।
‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुने छ ।
मोहम्मद आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रौतहट जिल्ला अदालतमा रौतहटको एक इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
मेलामा तेजपातको करोड कारोबार
जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम पर्छ । यहाँ हरेक वर्ष माघमा एक महिने मकरसङ्क्रान्ति मेला लाग्छ । सो मेलामा करिब एक करोड रुपियाँ बरावरको तेजपातको कारोबार भएको छ ।
नेपालले क्यानडाविरुद्धको सिरिज जित्यो
नेपालले क्यानडाविरुद्धको तीन एक दिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो ।
कवाडी पसलमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
भक्तपुरको मध्यपुर थिमी नगरपालिका –६ कमेरोटारको एक कवाडी पसलमा भीषण आगलागी भएको छ । दिउँसो २ बजे लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त थिमीका प्रहरी जवान दीपेन्द्र जोशीले बताउनुभयो ।
करोडौँ रकम हिनामिना गरी बैङ्कका कर्मचारी फरार
रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले ग्राहकको रकम हिनामिना गरी फरार भएका छन् ।
अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छ : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ ।
नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु
एक दिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो ।
चितवनमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर
चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।
कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ : सरकारले पायो पूर्णता
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ। शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो।
६ महिनामा पाँच हजार ३६४ जना पक्राउ, एक अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल
नेपाल प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १९ करोड ८५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ । साथै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा पाँच हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जानकारी दिनएको छ ।
वडाध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
कोशी सरकार र पहिचान पक्षधरबिच सहमति
कोशी प्रदेश सरकार र प्रदेश १ को पुनः नामकरण संयुक्त सघ्घर्ष समितिबिच भएको वार्तामा आज पाँचबुँदे सहमति भएको छ ।
नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध
नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
४३ जना न्यायाधीशका लागि आवेदन माग
न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।
प्रहरीले ३६५ जना असईमा भर्ना खोल्यो
नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो ।
दुई दर्जन बढी सरकारी कार्यालय प्रमुख विहीन
हुम्लामा दुई दर्जन बढी सरकारी कार्यालयहरू कार्यालय प्रमुख विहीन भएको पाइएको छ । लामो समयदेखि कार्यालयहरू प्रमुख विहीन भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
नक्कली कागजपत्र बनाएर सरकारी जग्गा हडप्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली कागजपत्र बनाएर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ।
विकासको आधार भ्रष्टाचारमुक्त समाज : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन भएको बताउनुभएको छ।