कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीद्वारा शपथ ग्रहण
बझाङ क्षेत्र नम्बर (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
जलेश्वरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ ।
अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने पक्राउ
प्रहरीले अमेरिका पठाउने भनी एक करोड १८ लाख ५९ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका ४१ वर्षीय तेजराम चौधरीलाई पक्राउ गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, नर्भिकमा लगियो
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ। काठमाडौँबाट मङ्गलबार सिन्धुली हुँदै रामेछाप जिल्लामा कार्यक्रममा जाने क्रममा मुख्यमन्त्री सिन्धुलीमा बिरामी हुनुभएको हो।
गोरखापत्रको १२४ वर्षोत्सव
गोरखापत्रको १२४ वर्षोत्सव
हाम्रो प्रयास र प्रतिबद्धता
वैशाख २४ गते नेपाली समाजको विकास र रूपान्तरणका लागि एउटा महत्वपूर्ण दिन हो । १२४ वर्षअघि आजैका दिन नेपाली समाजमा आमसञ्चारको धिपधिपे दियो बल्न थालेको थियो । तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरको पहलमा १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशनको सुरुवात भयो । अनुदार शासन र पुरातनवादले जकडिएको तत्कालीन नेपाली समाजमा अखबार प्रकाशनको प्रारम्भ सजिलो र सानो काम थिएन । त्यस्तो असहज परिवेशमा पनि जनतालाई सूचना दिनु पर्छ भन्ने चेतना शासकको दिमागमा जागृत हुनु र राज्यस्तरबाटै पत्रिका प्रकाशन गर्नुलाई एउटा साहसिक कदम मान्नु पर्छ । नेपाली समाजलाई लोकतन्त्रको मार्गमा लम्किने प्रा
कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
एक सयको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय
सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो ।
एक वर्षमा विपदबाट एक अर्ब २३ करोडको क्षति
सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट एक अर्ब २३ करोड रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।
परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार
झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्नुभएको १७ वर्षीया एनिका अधिकारीमाथि दमक वडा नं. ५ ज्येष्ठ नागरिक प्रतिष्ठान नजिक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विपदमा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताउनुभएको छ ।
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनहुन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
वेस्ट इन्डिजविरुद्ध कप्तान पौडेलको अर्धशतक
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाउनुभएको छ। यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाउनुभएका पौडेलले चौथो खेलमासमेत अर्धशतक बनाउनुभएको हो।
सांसद फरार भएपछि प्रहरीले पक्राउ गर्न सकेन
पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने पहल हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ।
ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु
गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मट्टीतेल र डिजेलको लिटरमा दुई रुपियाँ मूल्य घट्यो
डिजेल र मट्टितेलको भाउ दुई रुपियाँको दरले घटेको छ । भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो ।
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।
वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी
वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबिच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो ।